काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले उद्घाटन गर्नुभएसँगै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण सुरु भएको छ ।
Advertisement
२०८३ कात्तिक ९ गते कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अम्पायरलाई बल हस्तान्तरण गरी उहाँले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।
एनपिएलको उद्घाटन खेल आजै साँझ ५ बजेदेखि सुरु भएको छ । उद्घाटन खेलमा दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबिचको खेल सुचारु छ ।
यो समाचार तयार पार्दासम्म सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८८ रनको लक्ष्य दिएको छ ।
प्रतियोगिता आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ ।





