• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, कार्तिक ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

मधेसमा विकृति बन्दै मृत्युभोज

बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

फुकेटमा बाढी, करिब एक सय परिवार प्रभावित

नाइजेरियामा बन्दुकधारीको आक्रमणमा ५८ जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

इरान आक्रमणलाई लिएर नेतान्याहु र सेनाप्रमुखबीच मतभेद


  •   सोमबार, कार्तिक ०९, २०८३ मा प्रकाशित
  • जेरुसेलम, ९ कात्तिक । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र इजरायली रक्षा बल (आइडिएफ) का प्रमुख जनरल इयाल जमीरबीच इरानमाथि सम्भावित सैन्य कारबाहीलाई लिएर मतभेद भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । च्यानल १२ का अनुसार जमीरले सैन्य कारबाही अघि बढाउनुअघि थप छलफल गर्नुपर्ने र त्यसको कानूनी अधिकार स्पष्ट हुनुपर्ने माग गर्नुभएको छ । यद्यपि, विवादित निर्देशनको विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

    Advertisement

    मङ्गलबार हुने निर्वाचनअघि सार्वजनिक भएको यो खबरले इजरायलको राजनीतिक नेतृत्व र सेनाबीचको सम्बन्धबारे प्रश्न उठाएको छ । नेतान्याहुले आरोपलाई ‘मूर्खतापूर्ण’ भन्नुभएको छ । यसअघि उहाँले इरानको शासन अपदस्थ गर्न आइडिएफ र मोसादलाई निर्देशन दिएको बताउनुभएको थियो ।

    यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार नेतान्याहुलाई समर्थन गर्दै इजरायली जनतालाई उहाँकै पक्षमा मतदान गर्न आग्रह गर्नुभएको छ । ट्रम्पले इरानको सैन्य क्षमता र अर्थतन्त्र कमजोर भएको दाबी गर्दै आफूहरूले सुरु गरेको काम पूरा गर्न नेतान्याहुलाई पुनः प्रधानमन्त्री बनाउनुपर्ने बताउनुभएको छ ।

    निर्वाचनको दुई दिनअघि नेतान्याहुले तेल अभिवमा आणविक विस्फोट भएको देखाउने कृत्रिम बौद्धिकता (एआई) बाट तयार तस्बिर सार्वजनिक गर्दै आफूलाई मतदान नगरे इजरायलीहरू ‘दोस्रो होलोकास्ट’ को जोखिममा पर्न सक्ने चेतावनी दिनुभएको थियो । उहाँले इरानले आणविक हतियार प्राप्त गरे इजरायलको अस्तित्वमै खतरा उत्पन्न हुने दाबी गर्नुभएको छ ।

    निर्वाचनपूर्वका अन्तिम सर्वेक्षणले वर्तमान सत्तारूढ गठबन्धन वा विपक्षी समूह कुनैले पनि सरकार गठन गर्न आवश्यक समर्थन जुटाउन नसक्ने देखाएका छन् । यसले निर्वाचनपछि पनि इजरायलमा राजनीतिक गतिरोध कायम रहने सम्भावना बढाएको छ ।

    सोमबार, कार्तिक ०९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित
    इथियोपियाको ओरोमियामा ४० बढीको हत्या
    मधेसमा विकृति बन्दै मृत्युभोज
    बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै
    गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते
    प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

    • २.
      इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

    • ३.
      मधेसमा विकृति बन्दै मृत्युभोज

    • ४.
      बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

    • ५.
      गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

    • ६.
      प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

    • ७.
      इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

    • ८.
      फुकेटमा बाढी, करिब एक सय परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.