सर्बियाका राष्ट्रपति अलेक्जान्डर भुसिचको सर्बियन प्रोग्रेसिभ पार्टी (एसएनएस) आकस्मिक संसदीय निर्वाचनमा पराजित भएको छ। प्रारम्भिक नतिजाले हार स्पष्ट देखाएपछि भुसिचले चुनावी पराजय स्वीकार गरेका छन्।
Advertisement
भ्रष्टाचार र सरकारी लापरबाहीविरुद्ध दुई वर्षदेखि जारी विद्यार्थी नेतृत्वको आन्दोलनले निर्वाचनमा सरकारविरोधी मत आकर्षित गरेको हो। सन् २०२४ मा नोभी साद सहरको रेल्वे स्टेसनको छत खस्दा १६ जनाको मृत्यु भएपछि आन्दोलन चर्किएको थियो।
विद्यार्थी समूहले भ्रष्टाचारमा संलग्नमाथि कारबाही, सार्वजनिक संस्थामा दलीय हस्तक्षेप अन्त्य र सरकारी सञ्चारमाध्यमलाई राजनीतिक नियन्त्रणबाट मुक्त गर्ने प्रतिबद्धता जनाएको छ। भुसिचले हार स्वीकार गरेपछि राजधानी बेलग्रेडसहित विभिन्न सहरमा नागरिकले उत्सव मनाएका छन्।





