• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने

भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

युरोपमा गर्मीले ५० हजारभन्दा बढीको मृत्यु

नेकपाले कात्तिक ७ गतेदेखि जागरण अभियान सुरु गर्दै

यमनमा संयम अपनाउन राष्ट्रसङ्घको आग्रह

नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तरराष्ट्रिय प्रतियोगिता खेल्ने

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान

  • ३. सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ

  • ४. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ५. चार माग पूरा गर्न डा. गोविन्द केसीको सरकारलाई एक हप्ते अल्टिमेटम

  • ६. कङ्ग्रेस संस्थापनको पदाधिकारीमा को को छन् ?

  • ७. किशोर श्रेष्ठबारे पत्रकार महासङ्घ : श्रेष्ठलाई रिहा गर, प्रेस काउन्सिल सक्रिय बन

  • ८. दुर्गापूजा मण्डपमा भागदौड हुँदा १९ जनाको मृत्यु

  • ९. शिक्षक सङ्घद्वारा दाङमा शुभकामना आदानप्रदान कार्यक्रम

  • १०. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

यमनमा संयम अपनाउन राष्ट्रसङ्घको आग्रह


  •   शुक्रबार, कार्तिक ०६, २०८३ मा प्रकाशित
  • न्युयोर्क, ६ कात्तिक । यमनमा बढ्दो द्वन्द्व र साउदी अरबमाथि हुथी विद्रोहीका आक्रमणले क्षेत्रीय तनाव बढाइरहेका बेला संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयम अपनाउन र राजनीतिक समाधान खोज्न आग्रह गर्नुभएको छ ।

    Advertisement

    सामाजिक सञ्जाल एक्समा उहाँले साउदी अरबका नागरिक लक्ष्यविरुद्ध हुथीहरूले गरेका आक्रमण अस्वीकार्य रहेको बताउनुभयो । यस्ता गतिविधिले सर्वसाधारणलाई पीडा दिनुका साथै क्षेत्रीय तनाव बढाइरहेको उल्लेख गर्दै उहाँले यमनलाई राजनीतिक समाधानको मार्ग आवश्यक रहेकोमा जोड दिनुभयो ।

    यसैबीच, हुथी आन्दोलनलाई युरोपेली सङ्घ (इयु) को आतङ्कवादी सङ्गठनको सूचीमा राख्न आग्रह गर्ने युरोपेली संसद्को प्रस्तावलाई यमनको विदेश मन्त्रालयले स्वागत गरेको छ । मन्त्रालयले यसलाई नागरिकको सुरक्षा, क्षेत्रीय स्थायित्व र अन्तर्राष्ट्रिय जलमार्गमा सुरक्षित आवागमन सुनिश्चित गर्ने दिशामा महत्त्वपूर्ण कदम भनेको छ ।

    बिहीबार पारित प्रस्तावमा युरोपेली संसद्ले हुथीहरूका आक्रमणलाई अन्तर्राष्ट्रिय कानून र मानवीय कानूनको उल्लङ्घन भन्दै त्यसबाट यमनी नागरिकको मृत्यु तथा विस्थापन बढेको र मानवीय सङ्कट गम्भीर बनेको उल्लेख गरेको छ । संसद्ले इजरायल र संयुक्त अरब इमिरेट्सविरुद्ध भएका क्षेप्यास्त्र तथा ड्रोन आक्रमणको पनि निन्दा गरेको छ ।

    इयुकी विदेश मामिला तथा सुरक्षा नीतिकी उच्च प्रतिनिधि काजा कल्लासको प्रस्तावपछि संसद्ले हुथी आन्दोलनका राजनीतिक तथा सैन्य शाखा, नेतृत्व र सुरक्षा संरचनालाई आतङ्कवादी सङ्गठनको सूचीमा राख्न आग्रह गरेको हो । साथै, आन्दोलनको आर्थिक स्रोत रोक्न र त्यसलाई सहयोग गर्ने पक्षका कोष तथा सम्पत्ति रोक्का गर्न पनि आह्वान गरिएको छ ।

    यसैबीच, इराकले साउदी अरबमाथिका आक्रमणको निन्दा गर्दै आफ्नो भूभाग कुनै पनि पक्षले आक्रमणका लागि प्रयोग गर्न नपाउने स्पष्ट पारेको छ । अल जजिराका अनुसार इराकका विदेशमन्त्री फुआद हुसेनले साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहान अल साउदसँग टेलिफोन वार्ता गरी आक्रमण र त्यसबाट नागरिक तथा सार्वजनिक पूर्वाधारमा पुगेको क्षतिको निन्दा गर्नुभएको साउदी विदेश मन्त्रालयले जनाएको छ ।

    शुक्रबार, कार्तिक ०६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने
    भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति
    युरोपमा गर्मीले ५० हजारभन्दा बढीको मृत्यु
    नेकपाले कात्तिक ७ गतेदेखि जागरण अभियान सुरु गर्दै
    नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तरराष्ट्रिय प्रतियोगिता खेल्ने
    आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान

    • ३.
      सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ

    • ४.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    • ५.
      चार माग पूरा गर्न डा. गोविन्द केसीको सरकारलाई एक हप्ते अल्टिमेटम

    • ६.
      कङ्ग्रेस संस्थापनको पदाधिकारीमा को को छन् ?

    भर्खरै

    • १.
      ‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      युरोपमा गर्मीले ५० हजारभन्दा बढीको मृत्यु

    • ४.
      नेकपाले कात्तिक ७ गतेदेखि जागरण अभियान सुरु गर्दै

    • ५.
      यमनमा संयम अपनाउन राष्ट्रसङ्घको आग्रह

    • ६.
      नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तरराष्ट्रिय प्रतियोगिता खेल्ने

    • ७.
      आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

    • ८.
      इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.