• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने

भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

युरोपमा गर्मीले ५० हजारभन्दा बढीको मृत्यु

नेकपाले कात्तिक ७ गतेदेखि जागरण अभियान सुरु गर्दै

यमनमा संयम अपनाउन राष्ट्रसङ्घको आग्रह

नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तरराष्ट्रिय प्रतियोगिता खेल्ने

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान

  • ३. सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ

  • ४. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ५. चार माग पूरा गर्न डा. गोविन्द केसीको सरकारलाई एक हप्ते अल्टिमेटम

  • ६. किशोर श्रेष्ठबारे पत्रकार महासङ्घ : श्रेष्ठलाई रिहा गर, प्रेस काउन्सिल सक्रिय बन

  • ७. दुर्गापूजा मण्डपमा भागदौड हुँदा १९ जनाको मृत्यु

  • ८. कङ्ग्रेस संस्थापनको पदाधिकारीमा को को छन् ?

  • ९. शिक्षक सङ्घद्वारा दाङमा शुभकामना आदानप्रदान कार्यक्रम

  • १०. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति


  •   शुक्रबार, कार्तिक ०६, २०८३ मा प्रकाशित
  • तेहरान, ६ कात्तिक ।  इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको आणविक कार्यक्रमसम्बन्धी अभिव्यक्तिको आलोचना गर्दै आफ्नो भनाइमा एकरूपता कायम राख्न आग्रह गर्नुभएको छ । उहाँले म्याक्रोनको पछिल्लो भनाइ सन् २०१५ को आणविक सम्झौताप्रतिको तत्कालीन अडानसँग बाझिएको बताउनुभएको छ ।

    Advertisement

    सामाजिक सञ्जाल एक्समा अराघचीले सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आणविक सम्झौताबाट बाहिरिनुअघि म्याक्रोनले अमेरिकी कङ्ग्रेसमा फ्रान्स सम्झौताबाट पछि नहट्ने बताउनुभएको स्मरण गराउनुभयो । उहाँले म्याक्रोनलाई आफ्नो भनाइ स्पष्ट राख्न आग्रह गर्दै इरानमा कुनै पनि प्रकारको आणविक गतिविधिको सधैँ विरोध गर्दै आएको दाबीप्रति प्रश्न उठाउनुभयो ।

    अराघचीले आफ्नो पोस्टसँगै म्याक्रोनले सन् २०१८ को अप्रिलमा अमेरिकी कङ्ग्रेसलाई सम्बोधन गर्नुभएको तस्बिर पनि साझा गर्नुभएको छ । उक्त सम्बोधनमा म्याक्रोनले सन् २०१५ को सम्झौता कायम राख्नुपर्ने धारणा राख्दै त्यसलाई इरानको आणविक कार्यक्रम अनुगमन र नियमन गर्ने अन्तर्राष्ट्रिय ढाँचाका रूपमा प्रस्तुत गर्नुभएको थियो ।

    सन् २०१५ जुलाई १४ मा इरान, चीन, फ्रान्स, जर्मनी, रुस, बेलायत, अमेरिका र युरोपेली सङ्घको सहभागितामा संयुक्त व्यापक कार्ययोजना (जेसिपिओए) सम्झौता भएको थियो । यसको उद्देश्य इरानको आणविक कार्यक्रम शान्तिपूर्ण प्रयोजनमा सीमित रहेको सुनिश्चित गर्नु थियो ।

    यसै साता अल जजिरासँगको कुराकानीमा म्याक्रोनले फ्रान्सले इरानमा कुनै पनि प्रकारको आणविक गतिविधिको सधैँ विरोध गर्दै आएको बताउनुभएको थियो । यही अभिव्यक्तिलाई लिएर अराघचीले उहाँको आलोचना गर्नुभएको हो ।

    यसैबीच, अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानको आर्थिक स्रोतमा दबाब बढाउने नीति जारी रहने बताउनुभएको छ । इरानी नेतृत्वको गतिविधिमा सहयोग पु¥याउने आर्थिक माध्यमहरू बन्द नगरेसम्म अमेरिकी प्रशासन पछि नहट्ने उहाँको भनाइ छ । उहाँले इरानको आर्थिक स्रोतमा दबाब बढाउँदै युद्ध सञ्चालनमा सहयोग गर्ने वित्तीय माध्यमसमेत रोक्ने नीति कायम रहने बताउनुभएको छ ।

    शुक्रबार, कार्तिक ०६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने
    भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति
    युरोपमा गर्मीले ५० हजारभन्दा बढीको मृत्यु
    नेकपाले कात्तिक ७ गतेदेखि जागरण अभियान सुरु गर्दै
    यमनमा संयम अपनाउन राष्ट्रसङ्घको आग्रह
    नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तरराष्ट्रिय प्रतियोगिता खेल्ने

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान

    • ३.
      सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ

    • ४.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    • ५.
      चार माग पूरा गर्न डा. गोविन्द केसीको सरकारलाई एक हप्ते अल्टिमेटम

    • ६.
      किशोर श्रेष्ठबारे पत्रकार महासङ्घ : श्रेष्ठलाई रिहा गर, प्रेस काउन्सिल सक्रिय बन

    भर्खरै

    • १.
      ‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      युरोपमा गर्मीले ५० हजारभन्दा बढीको मृत्यु

    • ४.
      नेकपाले कात्तिक ७ गतेदेखि जागरण अभियान सुरु गर्दै

    • ५.
      यमनमा संयम अपनाउन राष्ट्रसङ्घको आग्रह

    • ६.
      नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तरराष्ट्रिय प्रतियोगिता खेल्ने

    • ७.
      आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

    • ८.
      इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.