• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने

भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

युरोपमा गर्मीले ५० हजारभन्दा बढीको मृत्यु

नेकपाले कात्तिक ७ गतेदेखि जागरण अभियान सुरु गर्दै

यमनमा संयम अपनाउन राष्ट्रसङ्घको आग्रह

नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तरराष्ट्रिय प्रतियोगिता खेल्ने

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान

  • ३. सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ

  • ४. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ५. चार माग पूरा गर्न डा. गोविन्द केसीको सरकारलाई एक हप्ते अल्टिमेटम

  • ६. किशोर श्रेष्ठबारे पत्रकार महासङ्घ : श्रेष्ठलाई रिहा गर, प्रेस काउन्सिल सक्रिय बन

  • ७. दुर्गापूजा मण्डपमा भागदौड हुँदा १९ जनाको मृत्यु

  • ८. कङ्ग्रेस संस्थापनको पदाधिकारीमा को को छन् ?

  • ९. शिक्षक सङ्घद्वारा दाङमा शुभकामना आदानप्रदान कार्यक्रम

  • १०. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

साइबर सेक्युरिटी समस्याले बैङ्कका पनि वेबसाइट बन्द


  •   शुक्रबार, कार्तिक ०६, २०८३ मा प्रकाशित
  • काठमाडौँ । विश्वव्यापी रूपमा इन्टरनेटका अधिकांश वेबसाइट तथा प्रणालीमा प्रयोग हुने पिएचपी प्रोग्रामिङ भाषामा गम्भीर सुरक्षा कमजोरी देखिएपछि त्यसको प्रभावस्वरूप नेपालका बैङ्कका वेबसाइट पनि बन्द भएका छन् ।

    Advertisement

    सम्भावित साइबर जोखिम तथा अनधिकृत पहुँचबाट प्रणाली र ग्राहकको डेटा सुरक्षित राख्न नियामक निकाय नेपाल राष्ट्र बैङ्कसहित अधिकांश वाणिज्य बैङ्कले आफ्ना वेबसाइट तथा विभिन्न अनलाइन सेवा अस्थायी रूपमा बन्द गरेका हुन् ।

    नेपालमा सरकारी तथा सार्वजनिक सेवाका वेबसाइट बन्द हुनुअघि राष्ट्रिय साइबर सुरक्षा केन्द्रले एक आपतकालीन साइबर सुरक्षा एड्भाइजरी जारी गरेको थियो । उक्त एड्भाइजरीमा आवश्यक सुरक्षा सतर्कता अपनाउन सबै निकाय तथा वेभसाइट प्रयोगकर्तालाई निर्देशन दिइएको थियो ।

    केन्द्रले जारी गरेको एड्भाइजरीमा पिएचपी र सोसँग सम्बन्धित रनटाइम (अपाचे, मोड) पिएचपी, पिएचपी–एफपिएम, पिएचपी–सिजिआई, फ्रान्केनपिएचपी, लाइटस्पिड आदि) तथा इकोसिस्टम (वर्डप्रेस, ड्रुपलआदि) मा गम्भीर प्रकृतिका जोखिम पहिचान भएको बताइएको छ ।

    केन्द्रले प्रणालीमा प्रयोग भएका पिएचपीलाई तत्काल ८.२.३५+, ८.३.३६+, ८.४.२७+ वा ८.५.१२+ संस्करणमा अपग्रेड गर्न तथा पुराना संस्करणका प्रणालीलाई पूर्ण रूपमा अद्यावधिक गर्न भनेको छ ।

    त्यस्तै, तत्काल प्याच गर्न नसकिने अवस्थामा प्रणालीलाई पब्लिक इन्टरनेटबाट अलग (आइसोलेट) गरी सेवा अस्थायी रूपमा रोक्नसमेत सुझाव दिइएको छ ।

    यता, राष्ट्र बैङ्कले पनि सूचना जारी गर्दै पिएचपी प्रविधिमा देखिएको जोखिमका कारण आफ्नो आधिकारिक वेबसाइटलगायतका सेवा अस्थायी रूपमा बन्द गरिएको जनाएको छ । राष्ट्र बैङ्कले सम्पूर्ण बैङ्क तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक, भुक्तानी सेवा प्रदायक तथा विप्रेषण कम्पनीलाई प्रणालीको सबलीकरण गर्न र नियमित सुरक्षा निगरानी बढाउन निर्देशन दिएको छ ।

    बैङ्कका कुनकुन सेवा बन्द भए ?

    जोखिम न्यूनीकरणका लागि अधिकांश वाणिज्य बैङ्कले सावधानीस्वरूप आफ्ना वेबसाइट र वेबमा आधारित पोर्टल बन्द गरेका छन्।

    नेपाल राष्ट्र बैङ्क : बैङ्कको आधिकारिक वेबसाइट तथा वेबमा आधारित सूचना सेवा अस्थायी रूपमा बन्द ।

    ग्लोबल आइएमई बैङ्क : प्रणाली सुरक्षा तथा मर्मतसम्भारका लागि बैङ्कको डिजिटल युनिभर्स सेवा हाललाई केही समयका लागि बन्द । यसअन्तर्गत एटिएम कार्ड रिप्लेसमेन्ट, अनलाइन चेक क्लियरिङ, क्यास डिपोजिट मेसिनलगायत सेवा रहेको । अन्य बैङ्किङ सेवा भने सुचारु रहेको ।

    नबिल बैङ्क : प्रविधिगत सुधारका लागि ‘एनबैङ्क माइक्रोसाइट’ ‘जेनअल्फा एप’ अनलाइन डेबिट कार्ड रिक्वेस्ट, क्रेडिट कार्ड रिक्वेस्ट तथा मुद्दति निक्षेप कर्जा सेवा अस्थायी रूपमा प्रभावित भएको ।

    प्राइम कमर्सियल बैङ्क : ग्राहकको सुरक्षाका लागि अनलाइन खाता खोल्ने पोर्टल, अनलाइन मुद्दति निक्षेप पोर्टल, कस्टमर पोर्टल, अनलाइन खाता रोक्का पोर्टल र ब्यालेन्स सर्टिफिकेट प्रमाणीकरण पोर्टल बन्द गरेको ।

    एनआइसी एसिया बैङ्क : आधिकारिक वेबसाइट तथा अन्य अनलाइन वेबसेवा जोखिम मूल्याङ्कन र प्रणाली सुरक्षित नभएसम्मका लागि अस्थायी रूपमा बन्द गरेको ।

    सिद्धार्थ बैङ्क : पिएचपी प्रविधिको जोखिमलाई ध्यानमा राख्दै आधिकारिक वेबसाइट तथा वेबसाइटबाट सञ्चालन हुने सम्पूर्ण अनलाइन सेवा हाललाई स्थगित गरिएको ।

    माछापुच्छ्रे बैङ्क : पिएचपीमा आधारित प्रणाली अपडेट गर्नका लागि वेबसाइट तथा वेबमा आधारित केही सेवा केही समयका लागि बन्द गरिएको ।

    नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क : सुरक्षा मर्मत तथा अद्यावधिकका लागि आफ्नो आधिकारिक वेबसाइट अस्थायी रूपमा बन्द गरेको ।

    बैङ्कहरूले कोर बैङ्किङ तथा मोबाइल बैङ्किङका मुख्य कारोबार सुचारु रहे पनि वेबमा आधारित सार्वजनिक सेवाहरू जोखिममुक्त नभएसम्म बन्द रहने जनाएका छन् । यीबाहेक सबैजसो बैङ्कको वेभसाइट भने अस्थायी रूपमा बन्द भएका छन् ।

    पिएचपी सफ्टवेयरमा देखिएको कमजोरी

    पिएचपी विश्वभरका अधिकांश वेबसाइट तथा वेब एप्लिकेसन निर्माण गर्न प्रयोग गरिने एक अत्यन्त लोकप्रिय प्रोग्रामिङ भाषा हो । हालै यसको कोर आर्किटेक्चरमा गम्भीर सुरक्षात्रुटि फेला परेको थियो, जसको फाइदा उठाएर ह्याकरले सर्भरभित्रै छिरेर अनधिकृत कमान्ड चलाउन सक्ने जोखिम सिर्जना भएको छ ।

    आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी वर्षौँदेखि कोडभित्र लुकेर रहेका यी कमजोरी पत्ता लागेको समाचारमा उल्लेख छ । यो सुरक्षा कमजोरी सार्वजनिक हुनासाथ विश्वभर साइबर आक्रमण र ह्याकिङको प्रयास एक्कासि तीव्र भएको छ ।

    अन्तर्राष्ट्रिय क्लाउड सेवा प्रदायक क्लाउडफ्लेयरका अनुसार कमजोरी सार्वजनिक भएको ४५ मिनेटभित्रै लाखौँ आक्रमणका प्रयास रेकर्ड गरिएका थिए । अमेजनलगायत अन्य प्रविधि कम्पनीले पनि विश्वभर प्रणाली स्क्यान गर्ने र दुरुपयोग गर्ने व्यापक प्रयास भइरहेको चेतावनी दिएका छन् ।

    यसको प्रभाव नेपालमा मात्र नभई विश्वव्यापी रूपमा देखिएको छ । जापानका नोमुरा, मित्सुबिसी युएफजे, एएनए एयरलाइन्स तथा सरकारी मन्त्रालयले समेत आफ्ना अनलाइन सेवा रोकेका छन् ।

    पुरानो पिएचपी संस्करणमा सञ्चालित प्रणालीमा यो जोखिम उच्च रहने भएकाले सम्पूर्ण कोड र सर्भरलाई नयाँ सुरक्षित संस्करणमा अपग्रेड नगरुन्जेल सेवा बन्द राख्नु नै सबैभन्दा सुरक्षित विकल्प रहेको विज्ञको भनाइ छ ।

    शुक्रबार, कार्तिक ०६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने
    भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति
    युरोपमा गर्मीले ५० हजारभन्दा बढीको मृत्यु
    नेकपाले कात्तिक ७ गतेदेखि जागरण अभियान सुरु गर्दै
    यमनमा संयम अपनाउन राष्ट्रसङ्घको आग्रह
    नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तरराष्ट्रिय प्रतियोगिता खेल्ने

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान

    • ३.
      सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ

    • ४.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    • ५.
      चार माग पूरा गर्न डा. गोविन्द केसीको सरकारलाई एक हप्ते अल्टिमेटम

    • ६.
      किशोर श्रेष्ठबारे पत्रकार महासङ्घ : श्रेष्ठलाई रिहा गर, प्रेस काउन्सिल सक्रिय बन

    भर्खरै

    • १.
      ‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      युरोपमा गर्मीले ५० हजारभन्दा बढीको मृत्यु

    • ४.
      नेकपाले कात्तिक ७ गतेदेखि जागरण अभियान सुरु गर्दै

    • ५.
      यमनमा संयम अपनाउन राष्ट्रसङ्घको आग्रह

    • ६.
      नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तरराष्ट्रिय प्रतियोगिता खेल्ने

    • ७.
      आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

    • ८.
      इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.