काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने भारत भ्रमणमा जाने भएका छन् ।
Advertisement
पार्टीप्रवक्ता जगदीश खरेलले २०८३ कात्तिक ५ गते अबेर वक्तव्य जारी गर्दै सो जानकारी दिइएको हो ।
लामिछानेको यो भ्रमणलाई निजी तथा पारिवारिक तीर्थाटन भनिएको छ । लामिछाने शुक्रबार कात्तिक ६ गतेदेखि तीन दिनका लागि भारत जान लागेको बताइएको छ ।
भ्रमणका क्रममा उनले भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैँचीधाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा परिवारसहित पूजाअर्चना गर्ने कार्यक्रम छ ।






