महेश रिजाल, भालुबाङ ।
दाङमा अखिल नेपाल शिक्षक सङ्घ गढवा–राप्तीको आयोजनामा बडादसैँ, तिहार र छठपर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय जनमोर्चाका कार्यवाहक अध्यक्ष तथा संविधानसभाका सभासद रश्मिराज नेपालीको प्रमुख आतिथ्यमा २०८३ कात्तिक १ गते शनिवार बडहरामा सो कार्यक्रम सम्पन्न भएको हो ।
गढवा गाउँपालिका–१ बडहरास्थित धार्मिक तथा पर्यटकीयस्थल कुलपानी सामुदायिक वनको सभाकक्षमा आयोजित सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेपालीले गर्नुभएको थियो ।
सो अवसरमा मन्तव्य राख्दै उहाँले आपूmलाई राजनीति गरेको भनेर तत्कालीन निरङ्कुश पञ्चायती तानाशाहि व्यवस्थाले २०३० सालतिर स्थायी शिक्षकबाट निलम्बनमा गरेको तितो अनुभव राख्नुभयो ।
शिक्षकहरू राणाशासन तथा पञ्चायती तानाशाही निरङ्कुशतन्त्रका विरुद्धमा खरो रूपमा उत्रिनुको विकल्प नरहेको स्पष्ट पार्दै उहाँले राजनीति गरेबापत् हिजोको पञ्चायती तानाशाही व्यवस्था भएजस्तै अग्रगामी व्यवस्था ल्याउन सकिने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि एवम् राजमो दाङका अध्यक्ष गणेश आचार्य, शिक्षक सङ्घका केन्द्रीय सचिव भानु जिएम, शिक्षक सङ्घका केन्द्रीय सदस्य केशवराज आचार्य, अखिल नेपाल कानुन व्यवसायी सङ्घका केन्द्रीय सदस्य अधिवक्ता कृष्णप्रसाद आचार्य, केन्द्रीय सल्लाहकार एवम् लुम्बिनि प्रदेश संयोजक लालबहादुर भण्डारी, राजमोको तर्फबाट राप्ती गाउँपालिका वडा नं. ४ का वडाअध्यक्ष वीरबहादुर चौधरी, शिक्षक सङ्घका पूर्व सदस्य एवम् सेवानिवृत शिक्षक डिलाराम पौडेल र ठाकुरप्रसाद आचार्य, शिक्षक सङ्घ दाङका पूर्व अध्यक्ष रुमालप्रसाद बसेललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
शिक्षक सङ्घ दाङ–देउखुरीका अध्यक्ष ठाकुर खनालको अध्यक्षता तथा शिक्षक सङ्घकै जिल्ला सल्लाहकार बसन्तराज भट्टराईको स्वागत मन्तव्यसँगै अगाडि बढेको उक्त कार्यक्रमको सञ्चालन शिक्षक सङ्घ दाङका सचिव रामकृष्ण पौडेलले गर्नुभएको थियो ।






