काठमाडौं । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८, वाछिममा ढुङ्गा प्रहार गरी ५२ वर्षीय हर्कबहादुर राईको हत्या गरेको आरोपमा २५ वर्षीय सन्तोष राई पक्राउ परेका छन्।
Advertisement
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार असोज ३० गते राति भएको घटनामा टाउकोलगायत भागमा चोट लागेर हर्कबहादुरको मृत्यु भएको थियो। प्रहरीले सन्तोषलाई शुक्रबार राति नियन्त्रणमा लिएको हो।
पक्राउ परेका सन्तोषविरुद्ध ज्यानसम्बन्धी कसुरमा हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिए।





