• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक १८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

च्याउखेतीले देखाएको आत्मनिर्भरताको बाटो

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

सडकको कष्टदेखि आत्मीयताको छहारीसम्म ..

सयपत्रीले बदलेको गाउँको दृश्य

मान्छेलाई जनावरझैँ जोतिएका युगहरू

राज्यबाटै पत्रकारितामाथि आइलागेको नयाँ सङ्कट

अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च

युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता

एल निनोले विश्वभर खाद्य सङ्कटको जोखिम बढायो

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ३. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ४. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ५. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ६. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • ७. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ८. हैदरावादमा मृत्यु भएकी जानकीको प्युठान पठाइयो

  • ९. १० बुँदे सहमतिसहित नेकपा र उमा भुजेल नेतृत्वको पार्टीबीच एकता

  • १०. कवि

बागलुङका विभिन्न गन्तव्यमा बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर


  •   शुक्रबार, असोज २३, २०८३ मा प्रकाशित
  • बागलुङ । चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक भरिभराउ हुन्थे । आर्थिक गतिविधि बढ्थ्यो । रोजगारी विस्तार भएको थियो । यस वर्ष पनि त्यस्तै अपेक्षामा रहेका व्यवसायी भने निरास र खिन्न छन् । मुख्य सडक सम्पर्कविच्छेद हुँदा पर्यटन र व्यापार व्यवसाय प्रभावित भएको छ ।

    Advertisement

    दसैँको समयमा कालिका मन्दिर, पञ्चकोट हुँदै ढोरपाटनसम्म घुम्न आउने पर्यटकले बागलुङका होटल भरिभराउ हुने गरे पनि यस वर्ष बजार तथा होटलमा अपेक्षित चहलपहल देखिएको छैन । बागलुङ प्रवेश गर्ने मुख्य नाका मालढुङ्गा पुलको पहुँचमार्ग बाढीले बगाएपछि १२ दिनदेखि सिधा यातायात ठप्प भएको छ । त्यसको प्रत्यक्ष असर पर्यटन, व्यापार र सर्वसाधारणको जीवनमा पर्न गएको छ ।

    यही असोज ११ गतेको कालीगण्डकीको बाढीले पर्वततर्फको पुलको पहुँचमार्ग बगाएपछि बागलुङ र पर्वतबीचको नियमित सडक सम्पर्कविच्छेद भएको छ । मालढुङ्गा हुँदै म्याग्दी र मुस्ताङ जाने मुख्य सडक अवरुद्ध हुँदा त्यसको प्रभाव बागलुङको पर्यटन व्यवसायमा परेको छ ।

    पर्यटकीय गन्तव्यमा जाने पर्यटकका लागि बागलुङ प्रवेशद्वारका रूपमा रहेको छ । होटल व्यवसायी एन्जील शाक्यले दसैँको मुखमा होटलमा पर्यटकको चाप बढ्नुपर्ने भए पनि सुनसान रहेको बताउनुभयो । “मुख्य सडक नै छैन, पर्यटक कसरी आउँछन् ? मुस्ताङसँग सडक सम्पर्क नै विच्छेद भएको छ । मुस्ताङको प्रभावले बागलुङको होटल व्यवसाय चलायमान हुन्थ्यो”, उहाँले भन्नुभयो, “पुल सञ्चालनमा आउन जति ढिला हुन्छ, होटल व्यवसायी त्यति नै मारमा पर्छन् । वैकल्पिक बाटोबाट पर्यटक कमै आउने गरेका छन् । मुस्ताङ जाने सडक र मालढुङ्गा पुल नखुल्दासम्म होटल व्यवसायमा ठूलो नोक्सानी हुने देखिन्छ ।”

    भारत र चीनलाई जोड्ने कालीगण्डकी करिडोर तथा पहाडी क्षेत्र हुँदै गएको मध्यपहाडी लोकमार्गको महत्त्वपूर्ण सङ्गमस्थल मालढुङ्गा भएकाले यहाँको सडक अवरोधले बागलुङसँगै पश्चिम क्षेत्रको आवागमनमा असर पारेको छ ।

    वैकल्पिक मार्गले बढायो ढुवानी खर्च
    मुख्य सडक अवरुद्ध भएपछि अहिले फलेवास–बलेवा हुँदै बागलुङ तथा मालढुङ्गा–बेनी हुँदै बागलुङसम्म वैकल्पिक मार्गबाट यात्रुवाहक बस र साना मालवाहक सवारी सञ्चालन भइरहेका छन् । लामो र घुमाउरो वैकल्पिक बाटो प्रयोग गर्नुपर्दा ढुवानीमा समय र खर्च दुवै बढेको व्यवसायीको भनाइ छ । यसको प्रत्यक्ष प्रभाव दैनिक उपभोग्य वस्तुको मूल्यमा पर्न थालेको छ ।

    ग्यास ढुवानीमा वैकल्पिक मार्ग प्रयोग गर्दा प्रतिसिलिन्डर रु १५० देखि रु १७० सम्म अतिरिक्त ढुवानी खर्च लाग्न थालेको ग्यास विक्रेता हरि आचार्यले बताउनुभयो । ढुवानी खर्च बढेपछि बजारमा ग्यासको मूल्य रु १०० ले बढाउनुपरेको उहाँको भनाइ छ ।

    सडक अवरुद्ध हुँदा समयमै आपूर्ति हुन नसकेपछि बागलुङमा तरकारीलगायत खाद्यवस्तुको आपूर्तिमा समस्या देखिन थालेको छ । पेट्रोलियम पदार्थ, खाद्यान्न, लत्ताकपडा र अन्य उपभोग्य वस्तुको आपूर्ति नियमित हुनसकेको छैन ।

    मुख्य सडक अवरुद्ध हुँदा सर्वसाधारणको दैनिक जीवनसँगै स्वास्थ्य सेवामा असर परेको छ । गम्भीर बिरामी तथा नियमित उपचारका लागि पोखरा जानैपर्ने सर्वसाधारणले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने वा केही दूरी पैदल हिँड्नुपर्ने अवस्था आएको छ ।

    दसैँअघि पुल सञ्चालनको तयारी
    सडक डिभिजन कार्यालय पोखराले दसैँअघि नै मालढुङ्गा पुलको पहुँचमार्ग सञ्चालनमा ल्याउने गरी काम तीव्र पारेको छ । पुलको पहुँचमार्गमा करिब ३० मिटर सडक बाढीले क्षति पुर्याएपछि मर्मत तथा पुन:स्थापनाको काम भइरहेको छ ।

    सडक डिभिजन कार्यालय पोखराका प्रमुख कृष्णराज अधिकारीले चाडपर्व नजिकिँदै गएको र बागलुङमा खाद्यान्न, ग्यासलगायत अत्यावश्यक वस्तुको आपूर्तिमा असर पर्न थालेकाले चौबीसै घण्टा काम गरेर पुल सञ्चालनमा ल्याउने तयारी भइरहेको बताउनुभयो ।

    कुल ११४ मिटर लामो मालढुङ्गा पुलको पहुँचमार्गमा क्षति पुगेपछि दुई जिल्लाबीचको नियमित सडक सम्पर्कविच्छेद भएको हो । यही मार्ग हुँदै मध्यपहाडी लोकमार्गमा जोडिएर बागलुङसँगै पूर्वीरुकुम र रोल्पातर्फ जाने यातायात प्रभावित भएको छ । पुल सञ्चालनमा आएपछि लामो समयदेखि प्रभावित व्यापार, पर्यटन र दैनिक उपभोग्य वस्तुको आपूर्ति क्रमश: सहज हुने अपेक्षा गरिएको छ ।

    शुक्रबार, असोज २३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    च्याउखेतीले देखाएको आत्मनिर्भरताको बाटो
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
    सडकको कष्टदेखि आत्मीयताको छहारीसम्म ..
    सयपत्रीले बदलेको गाउँको दृश्य
    अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च
    युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ३.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ४.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ५.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ६.
      सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

    भर्खरै

    • १.
      च्याउखेतीले देखाएको आत्मनिर्भरताको बाटो

    • २.
      आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    • ३.
      सडकको कष्टदेखि आत्मीयताको छहारीसम्म ..

    • ४.
      सयपत्रीले बदलेको गाउँको दृश्य

    • ५.
      मान्छेलाई जनावरझैँ जोतिएका युगहरू

    • ६.
      राज्यबाटै पत्रकारितामाथि आइलागेको नयाँ सङ्कट

    • ७.
      अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च

    • ८.
      युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.