• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको जित

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना

उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

इस्टर हमला मुद्दाको फैसला हुँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

इस्टर हमला मुद्दाको फैसला हुँदै


  •   मङ्गलबार, असोज ०६, २०८३ मा प्रकाशित
  • कोलम्बो, ६ असोज । श्रीलङ्काको इतिहासकै घातक आक्रमण मानिएको सन् २०१९ को इस्टर सन्डे बम विस्फोटसम्बन्धी मुद्दामा मङ्गलबार फैसला सुनाइँदैछ । आत्मघाती बम विस्फोटमा संलग्न भएको आरोपमा २४ जनाविरुद्ध चलेको मुद्दामा कोलम्बो उच्च अदालतले फैसला सुनाउने भएको हो ।

    Advertisement

    सन् २०१९ अप्रिल २१ मा तीन होटल र तीन चर्चमा भएका आत्मघाती विस्फोटमा ४५ विदेशी नागरिकसहित २७९ जनाको मृत्यु भएको थियो । घरेलु इस्लामवादी अतिवादी समूहलाई आक्रमणको जिम्मेवार ठहर गरिएको छ । पच्चीस अभियुक्तमध्ये एक जनाको हिरासतमै मृत्यु भएपछि २४ जनामाथि मुद्दा चलिरहेको हो ।

    अदालत परिसरमा विशेष सुरक्षा व्यवस्था गरिएको प्रहरीले जनाएको छ । मुद्दामा हत्या, आतङ्कवादी गतिविधिको षड्यन्त्र तथा बन्दुक र विस्फोटक पदार्थ राखेको आरोपसहित २३ हजार २७० अभियोग लगाइएका छन् । अभियोजनकर्ताहरूले मोहम्मद नौफरलाई आक्रमणका कथित प्रमुख योजनाकारका रूपमा पहिचान गरेका छन् । सबै अभियुक्तले आरोप अस्वीकार गरेका छन् ।

    दोषी ठहर भए केही अभियुक्तलाई मृत्युदण्ड हुनसक्ने स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । श्रीलङ्काले सन् १९७६ यता मृत्युदण्ड कार्यान्वयन गरेको छैन र सामान्यतः यस्तो सजायलाई आजीवन कारावासमा परिणत गर्ने गरिएको छ ।

    यसैबीच, पूर्वगुप्तचर प्रमुख सुरेश सल्ले पनि आक्रमणको योजना बनाएको आरोपमा हिरासतमा हुनुहुन्छ । उहाँले आरोप अस्वीकार गर्नुभएको छ । सार्वजनिक सुरक्षा मन्त्री आनन्द विजेपालाले अनुसन्धानकर्ताहरूले उहाँलाई आक्रमणका मुख्य योजनाकारका रूपमा हेरेको बताउनुभएको थियो ।

    अनुसन्धानकर्ताहरूले आक्रमणबाट उत्पन्न सुरक्षा त्रासलाई राजापाक्ष परिवारको राजनीतिक समर्थन बढाउन प्रयोग गर्ने उद्देश्य रहेको आरोप लगाएका छन् । राजापाक्ष परिवारको राजनीतिक समूहले राज्यका निकाय आक्रमणमा संलग्न रहेको आरोप अस्वीकार गरेको छ । राजापाक्ष समर्थकहरूले इस्लामवादी अतिवादीहरूले आफ्ना सम्पर्क व्यक्तिलाई धोका दिँदै आक्रमण स्वतन्त्र रूपमा गरेको दाबी गर्दै आएका छन् ।

    मङ्गलबार, असोज ०६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार
    जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा
    अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन
    डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै
    एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको जित
    असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • २.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ३.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    • ४.
      डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

    • ५.
      एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको जित

    • ६.
      असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना

    • ७.
      उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव

    • ८.
      संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.