रौतहट, असोज ३ । रक्तिम सांस्कृतिक अभियान, रौतहटको प्रथम जिल्ला भेला सम्पन्न भएको छ। भेलाले दीप गोले तामाङको अध्यक्षतामा नयाँ जिल्ला समिति गठन गरेको छ।
असोज ३ गते सम्पन्न भेलामा रोहित मोक्तानले कार्यक्रमको सञ्चालन गरेका थिए भने रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय कोषाध्यक्ष दीप गोले तामाङले अध्यक्षता गरेका थिए। कार्यक्रममा अभियानका केन्द्रीय महासचिव हेमराज पुन ‘आश्रम’को प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा रेशम गोलेले स्वागत मन्तव्य राखेका थिए। सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण पछि प्रमुख अतिथिद्वारा ब्यानर पढेर औपचारिक रूपमा भेलाको उद्घाटन गरिएको थियो।
भेलाले दीप गोले तामाङको अध्यक्षतामा रौतहट जिल्ला समिति गठन गरेको हो। नवगठित समितिको उपाध्यक्षमा श्यामलाल गोले, सचिवमा स्वस्ति पाझी र कोषाध्यक्षमा सफलता स्याङ्तान चयन भएका छन्।
त्यस्तै, सदस्यहरूमा अजय स्याङ्तान, सुशान्त कटुवाल, संस्कृति मोक्तान, शिवानी कुस्वार र साम्रागी वाईबा चयन भएका छन्।
भेलाले रोहित मोक्तान, रेशम गोले र हरिकिशोर महतोलाई जिल्ला समितिको सल्लाहकारमा चयन गरेको छ।
नवगठित समितिले रौतहटमा सांस्कृतिक गतिविधिलाई विस्तार गर्दै संगठनात्मक तथा सांस्कृतिक अभियानलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।

