• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. बिपतराम चौधरीप्रति मसालको श्रद्धाञ्जली

  • २. विपत्तिकाे सामना

  • ३. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ४. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ५. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ६. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ७. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ८. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ९. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • १०. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

बाढीपहिरोले सात जिल्लाका सडक प्रभावित : कुनकुन सडक बन्द छन् ?


  •   शुक्रबार, भदौ २६, २०८३ मा प्रकाशित
  • काठमाडौँ । बाढीपहिरो तथा सडक मर्मतका कारण बागमती र कर्णाली प्रदेशका सात जिल्लामा मुख्य राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् ।

    Advertisement

    नेपाल प्रहरीले २०८३ भदौ २६ गते बिहान ६:२० जारी सूचनामा सो जानकारी दिइएको हो ।

    बागमती प्रदेशमा रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली–मेलुङ–स्याफ्रुबेसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ भने मुख्य राजमार्गका केही खण्डमा पनि पूर्ण अवरोध रहेको छ ।

    त्यस्तै नुवाकोटमा शिवपुरी गाउँपालिकास्थित छहरेखोलामा टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । राति १० बजेदेखि बिहान ५ बजेसम्म अर्को सूचना नभएसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । बेत्रावती नगरपालिका–१० सिमटारमा पासाङल्हामु सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ ।

    धादिङमा बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभिरमा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । सोही गाउँपालिकाको वडा नम्बर १० ज्वाङखोलामा भने सडक एकतर्फी सञ्चालन भइरहेको छ । थाक्रे गाउँपालिका–२ बाहकिलोमा पनि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा रहेको छ भने सोही क्षेत्रको अर्को खण्डमा पूर्ण अवरोध रहेको प्रहरीले जनाएको छ ।

    यता, चितवनको बेनीघाट रोराङ–१० ज्वाङखोला क्षेत्रमा पनि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा रहेको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ घट्टेखोलामा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ ।

    त्यसैगरी काभ्रेमा सम्भावित बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै बी.पी. राजमार्गमा सवारी सञ्चालनमा समयानुसार व्यवस्था गरिएको छ । खुर्कोट–नेपालथोक–काठमाडौँतर्फ चल्ने सवारी साधनलाई परिस्थिति हेरेर सञ्चालन गरिने जनाइएको छ ।

    कर्णाली प्रदेशको मुगुमा छायानाथ रारा नगरपालिका–४ ताल्चामा मुगु–मुगुम कार्मारोङ सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    शुक्रबार, भदौ २६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      बिपतराम चौधरीप्रति मसालको श्रद्धाञ्जली

    • २.
      विपत्तिकाे सामना

    • ३.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ४.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ५.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ६.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.