बागलुङबजार । रसुवाको भोटेकोशी बाढीपछि बेपत्ता बागलुङका इन्जिनियर दम्पत्ति र उनीहरूका दुई सन्तान फेला नपरेपछि परिवारले २०८३ भदौ २५ गते बिहीबार चारै जनाको कुशको शव बनाएर अन्तिम संस्कार गरेको छ ।
त्रिशूली–३ बी जलविद्युत् आयोजनामा कार्यरत बागलुङ नगरपालिका–९ तित्याङका इन्जिनियर दम्पत्ति ३३ वर्षीय राजेश शर्मा पौडेल र ३१ वर्षीया प्रमिला पाठक तथा उनीहरूका चार वर्षीय छोरा आदित्य र दुई वर्षकी अदिती १६ दिनसम्म नभेटिएपछि उनीहरूका अभिभावकले हिन्दु परम्पराअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरेका हुन् ।
बेपत्ता इन्जिनियर दम्पत्तिका आफन्ती विष्ण्ॉ शर्माका अनुसार राजेश पौडेल परिवारका एक मात्र छोरा हुन् ।
यता, त्रिशूली हाइड्रोपावरमा कार्यरत तमानखोला गाउँपालिकाका नौ, ढोरपाटन नगरपालिकाका दुई, गलकोट नगरपालिकाका एक तथा त्रिशूली–३ बी आयोजनामा कार्यरत बागलुङ नगरपालिकाका चारसहित १६ जना अझै बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
