• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, कार्तिक ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

मधेसमा विकृति बन्दै मृत्युभोज

बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

फुकेटमा बाढी, करिब एक सय परिवार प्रभावित

नाइजेरियामा बन्दुकधारीको आक्रमणमा ५८ जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

युक्रेन युद्ध अन्त्यका लागि पुटिनसँग अमेरिकी दूतहरूको ‘ठोस योजना’बारे छलफल


  •   आइतबार, भदौ २१, २०८३ मा प्रकाशित
  • किएभ, २१ भदौ । युक्रेन युद्ध अन्त्य गर्ने प्रयासस्वरूप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेषदूत स्टिभ विटकफ र जारेड कुशनरले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ‘ठोस योजनाहरू’बारे छलफल गर्नुभएको छ ।

    Advertisement

    मस्कोमा शनिबार भएको तीन घण्टाभन्दा लामो वार्तापछि क्रेमलिनका वरिष्ठ अधिकारी युरी उशाकोभले छलफल ‘अत्यन्त स्पष्ट’ र रचनात्मक भएको बताउनुभयो । उहाँका अनुसार अमेरिकी पक्षले युद्ध अन्त्य गर्ने सम्भावित उपायबारे विभिन्न प्रस्ताव अघि सारेको थियो । तर, तत्काल कुनै ठोस सहमति वा सफलता घोषणा गरिएको छैन ।

    ट्रम्पले यसअघि आफ्ना दूतहरू युक्रेन युद्ध अन्त्य गर्ने प्रस्ताव लिएर मस्को र किएभ जान लागेको बताउनुभएको थियो । उहाँले ‘शान्तिका लागि एउटा योजना’ रहेको बताए पनि त्यसको विस्तृत विवरण सार्वजनिक गर्नुभएको छैन् ।

    पुटिनसँगको भेटपछि विटकफ र कुशनर आइतबार युक्रेनको राजधानी किएभतर्फ प्रस्थान गर्नुभएको छ । उहाँहरूले त्यहाँ राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग युद्ध अन्त्य गर्ने सम्भावित उपायबारे छलफल गर्ने अपेक्षा गरिएको छ ।

    यो विटकफ र कुशनरको युद्ध सुरु भएयता पहिलो किएभ भ्रमण हो । उहाँहरूले यसअघि मस्कोमा पटक–पटक रुसी अधिकारीसँग वार्ता गर्दै आउनुभएको छ ।

    क्रेमलिनका अनुसार पुटिनले वार्ताका क्रममा रुसको सैन्य अवस्थाबारे आफ्नो धारणा प्रस्तुत गर्दै पूर्वी युक्रेनमा बाँकी भू–भाग कब्जा गर्ने लक्ष्यबाट पछि नहट्ने सङ्केत दिनुभएको छ । यसले वार्तामा रुस र युक्रेनबीचको मुख्य मतभेद अझै कायमै रहेको देखाएको छ ।

    अमेरिकी दूतहरूको वार्ताका लागि वातावरण सहज बनाउन रुस र युक्रेनले आफ्ना राजधानीमा तीन दिनसम्म आक्रमण नगर्ने प्रतिबद्धता जनाएका छन् ।

    क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार पुटिनले किभमा तीन दिनसम्म आक्रमण नगर्न रुसी सेनालाई आदेश दिनुभएको छ । जेलेन्स्कीले पनि युक्रेनले मस्कोमाथि आक्रमण नगर्ने बताउनुभएको छ ।

    तर, सीमित आक्रमणविरामका बीच पनि युक्रेनका विभिन्न क्षेत्रमा रुसी आक्रमण जारी रहेको र त्यसबाट सर्वसाधारणको मृत्यु भएको युक्रेनी पक्षले जनाएको छ ।

    रुसले पूर्वी र दक्षिणी युक्रेनको ठूलो भू–भाग कब्जा गरेको छ र आफ्नो सैन्य लक्ष्य पूरा गर्ने अडान दोहो¥याउँदै आएको छ । अर्कोतर्फ, युक्रेनले आफ्नो भू–भाग त्याग्ने कुनै पनि सम्झौता स्वीकार नगर्ने अडान राख्दै आएको छ ।

    यही कारण अमेरिकी मध्यस्थतामा वार्ता पुनः सुरु गर्ने प्रयास भए पनि तत्काल युद्धविराम वा शान्ति सम्झौता हुने अवस्था अझै स्पष्ट छैन ।

    अमेरिकी दूतहरूको किएभ भ्रमणलाई भने वासिङ्टनको शान्ति प्रयासलाई पुनः गति दिने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

    आइतबार, भदौ २१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित
    मधेसमा विकृति बन्दै मृत्युभोज
    बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै
    गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते
    प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु
    इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

    • २.
      इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

    • ३.
      मधेसमा विकृति बन्दै मृत्युभोज

    • ४.
      बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

    • ५.
      गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

    • ६.
      प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

    • ७.
      इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

    • ८.
      फुकेटमा बाढी, करिब एक सय परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.