• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

रसुवाको भयावह बाढी : हिमालले दिएको जलवायु संकटको कठोर चेतावनी

भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू

इरानद्वारा अमेरिका–इजरायललाई चेतावनी

भोटेकोशी बाढी : मृतक ५३८, ९७७ अझै बेपत्ता

भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’

जी–२० मा इरानमाथि दबाब बढाउने अमेरिकी तयारी

तिब्बत पहिरोपीडितको उद्धारमा सीको निर्देशन

नर्वेका राजा हेराल्डको निधन

नेपालका बाढी प्रभावित क्षेत्रमा आपत्कालीन सहयोग गर्ने चीनको निर्णय

लोकप्रिय समाचार

  • १. तीज गीत : देश पोलेर

  • २. जनताले विकल्प खोजिरहेका छन्, नयाँ राजनीतिक व्यवस्था सम्भव छ : मोहनविक्रम सिंह

  • ३. रोल्पामा विप्लव नेतृत्वको नेकपाबाट १३ नेता–कार्यकर्ताको विद्रोह

  • ४. काठमाडौँ मसालका प्रवक्ता रेग्मीलाई मातृशोक

  • ५. ओली–प्रचण्डको कमजोरीले कम्युनिस्ट आन्दोलन कमजोर भयो : रामप्रकाश पुरी

  • ६. मूल प्रवाह पश्चिम भारत क्षेत्रीय समितिको अध्यक्षमा प्रविण सिंह काउछा

  • ७. बाढीपीडितको उद्धार र राहतमा जुट्न अखिल (छैठौँ)को अपिल

  • ८. तीज गीत : आपराधिक मानसिकता पार्न सर्वनाश

  • ९. चिनियाँ राष्ट्रपति भन्छन् : राज्यका सम्पूर्ण संयन्त्रलाई उद्धारमा खटाउनू

  • १०. रसुवा बाढीबाट भएको जनधनको क्षतिप्रति मसालद्वारा दु:ख व्यक्त

भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू


  •   शुक्रबार, भदौ १२, २०८३ मा प्रकाशित
  • प्रकाश सिलवाल 

    Advertisement

    काठमाडौँ, १२ भदौ ।  “सायद उहाँहरु रसुवागढी नाकाबाट अध्यागमन पार गरेर चीनतर्फ जाने तयारी हुनुहुनथ्यो । नाका पार गरेर चीनतर्फ पुग्नुभयो या भएन अहिलेसम्म केही थाहा छैन । यही भदौ ९ गते बुधबार गते बिहान ८ः१५ बजेयता कुनै सम्पर्क हुन सकेको छैन ।”

    आफ्ना ससुरा शशीभूषण यादव र सासु रीता रानीसहित १७ जनालाई आफैँले भदौ ८ गते मङ्गलबार साँझ तीर्थयात्राका लागि काठमाडौँको सोह्रखुट्टेबाट बस चढाएका इञ्जिनियर प्रदीप यादवले चिन्तित मुद्रामा भन्नुभयो, “धेरैतिर सोधखोज गरिसकियो, कुनै जानकारी आएको छैन । घरपरिवारमा अन्योल र त्रास उत्पन्न भएको छ । भगवानसँग प्रार्थना गरिरहेका छौँ कि उहाँहरु सकुशल फर्कनु हुनेछ ।”

    सर्लाहीको सुखचयनाका दम्पत्ति शशिभूषण र रीतासहितको मानसरोवर तीर्थयात्रा हिँडेको १७ जनाको टोलीलाई लिएर जाने बसका चालक र सँगै गएका ‘काठमाडौँ होलिडे टुर एन्ड ट्राभल्स’का प्रतिनिधिसँग पनि अहिलेसम्म सम्पर्क हुन सकेको छैन । तीर्थयात्रामा हिँडेको टोली मात्र होइन, अन्य कामका सिलसिलामा रसुवागढी पुगेका र भन्सार नाकामा रहेर भाग्न नसकेकाहरू पनि सम्पर्कविहीन हुन पुगेका छन् ।

    यही दःखद परिवेशमा आफ्नै गाडीमा रसुवागढी नाका पुगेका काठमाडौँको सुन्दरीजल, आलपोट निवासी वर्षीय अर्जुन नगरकोटी र लक्ष्मण श्रेष्ठ पनि बेपत्ता हुनुभएको छ । चीनबाट सामान ल्याएर नेपालमा व्यवसाय गर्ने उहाँहरूको पनि कुनै सम्पर्क स्थापित हुन सकेको छैन । आफ्ना बहिनीज्वाइँ अर्जुन नगरकोटीसँग तीन दिनदेखि सम्पर्क नहुँदा परिवारमा तनाव बढेको नगरकोटीका श्रीमतीका दिदी उर्मिला तण्डुकारले राससलाई बताउनुभयो । “समय जति बित्दै जान्छ, उति अन्योल र तनाव बढ्दै गएको छ । सोधखोज गर्नुपर्ने सबै ठाउँमा बुझिसकियो । कतैबाट सकारात्मक सन्देश आएको छैन ।”

    लामो श्वास तान्दै तण्डुकारले भन्नुभयो, “के गर्ने, कसो गर्ने, बहिनीलाई कसरी सम्झाउने केही सोच्न सकिएको छैन ।” आफूहरूलाई अहिले उहाँहरू कहाँ कस्तो अवस्थामा हुनुहुन्छ भन्ने जानकारी मात्र ठूलै राहत मिल्ने अपेक्षा गर्नु र सकुशल घर फर्कनुहुन्छ भन्ने आशा राख्नुबाहेक अरू विकल्प नभएको उर्मिलाको भनाइ छ  ।

    भारतीय पर्यटकलाई दिएर कैशाल मानसरोवर यात्रामा गएका चिकित्सकद्वय डा आयुश अधिकारी र डा कुशल आचार्य पनि बाढी आएकै दिनदेखि सम्पर्कविहीन हुनुहन्छ । उहाँहरुको परिवारसँग अन्तिम सम्पर्क भदौ ९ गते बिहान ८ः४५ मा भएको र त्यसपछि कुनै सम्पर्क नभएको डा आयुशका आमा शान्ता अधिकारीले बताउनुभयो ।

    तीर्थयात्रामा हिँडेका काठमाडौँको चन्द्रागिरि नगरपालिका–७ का २३ वर्षीय श्रीकान्त कार्की पनि बाढी आएको दिनदेखि सम्पर्कविहीन भएकाले परिवारले खोजीका लागि पहल गरिदिन आग्रह गरेको छ । चीनको केरुङस्थित एक कार्यक्रमका लागि निस्किएका राससकर्मी कालिका खड्काका पति पत्रकार टेकराज थामी पनि हालसम्म सम्पर्कविहीन हुनुहुन्छ । उहाँको खोजी र पहलका लागि नेपाल पत्रकार महासङ्घ, सम्बन्धित सञ्चारमाध्यम र परिवारले आफ्नोतर्फको पहललाई जारी राखेका छन् ।

    रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नुवाकोट र रसुवाको विभिन्न स्थानमा फसेका आफ्ना मान्छेको खोजीका लागि पहल गरिदिन प्रदीप यादव र तण्डकारजस्ता धेरै आफन्ताहरू नुवाकोटको विदुरस्थित श्री नं १ सैन्य तालिम केन्द्र परिसरमा बिहीबारदेखि नै हराएकाहरूको नाम र विवरण टिपाउन लाम लागेका छन् । ती आफन्तहरूले नेपाल र चीनका दुवैतिरका सम्बन्धित निकाय र सम्भावित सहज हुने केन्द्रहरूमा सम्पर्कविहीनहरुको बारेमा जानकारी लिने प्रयास गरिरहेका छन् तर आशाका सङ्केतहरू नभेटिँदा परिवारका सदस्यमा मन भारी हुनु स्वभाविकै हो ।

    रसुवा क्षेत्रबाट हराएको जनकपुरका अजय सिंहका श्रीमतीले सामाजिक सञ्जालबाट रुँदै ‘न श्वास फेला परेको छ, न लास’ भनेर बिलौना गरेको भिडियो सार्वजनिक भएको छ । गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका गोरखाको पालुङटार नगरपालिकाका सागर देवकोटासहित ३० जनाको टोलीसँग पनि हालसम्म सम्पर्क हुन सकेको छैन । पालुङटार नगरपालिकाले उहाँहरुको तस्बिरसहितको विवरण सार्वजनिक गरेर खोजीका लागि आग्रह गरेको छ । उहाँहरु बुधबार बिहान ८ः५० बजे नुवाकोटाको लेन्देखोला आसपाबाट सम्पर्कविहीन भएको नगरपालिकाका प्रमुख विवस चिन्तन र उपप्रमुख वन्दना पाण्डेद्वारा जारी सूचनामा जनाइएको छ ।

    भोटेकोशी नदीमा आएको अप्रत्याशित तथा अकल्पनीय बाढीका कारण तीर्थयात्रीहरूको अवस्था अज्ञात बनेपछि खोजी तथा उद्धारका लागि सम्बन्धित सुरक्षा निकाय, स्थानीय तह तथा सरोकारवाला निकायसँग आवश्यक समन्वय भइरहेको नगरपालिकाले जनाएको छ । सम्पर्कविहीन यात्रुहरूको खोजी तथा उद्धारका लागि निरन्तर समन्वय र सहकार्य भइरहेको भन्दै नगरपालिकाले आधिकारिक तथा प्रमाणित सूचना नियमितरूपमा सार्वजनिक गर्ने योजना बनाएको छ । संयोगवश तीर्थयात्रामै हिँडेको सो पालिकाको अर्काे टोली भने रसुवाको धुन्चेमा रोकिएर सुरक्षित रहेको जानकारीले राहत मिलेको छ ।

    नुवाकोटको विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटीका अनुसार पालिकाको वडा नं ७ सोलेका ६० जना, सिपीटारका १० जना, वडा नं १० बेत्रावती र भैँसेका २० जना र वडा नं १ ढुङ्गोका ४० जना गरेर १४० जना हराइएको जानकारी प्राप्त भएको छ । बेपत्ताहरूको खोजीका लागि बाढीग्रस्त क्षेत्रमा स्थानीय तह आफैँ जान नसक्ने र केन्द्र सरकारबाट पनि ठोस रणनीति बनिनसकेको उपप्रमुख बोगटीको भनाइ छ ।

    रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले हराएकाहरूको उद्धार र खोजीका लागि सरकारलाई आफूहरूले गरेको आग्रहअनुसार काम हुन नसक्दा शव सङ्कलन कार्य पनि हुन नसकेको गुनासो गर्नुभयो । उहाँले भोटेकोशी नदीमा पुनः जलसतह बढ्ने र खतरा हुन सक्ने सूचना स्थानीयवासीमा त्रास उत्पन्न भएको बताउनुभयो । सो गाउँपालिकाका कम्प्युटर इञ्जिनियर जनक आचार्य बाढी आउने पूर्वसूचनाको माइकिङ गर्दागर्दै बेपत्ता हुनु भई साँझ मृत फेला पर्नुभएको थियो ।

    आचार्यका आफन्त बाल अधिकारकर्मी तिलोत्तम पौडेलले आफूहरु रसुवा पुगेर ज्वाइँको अन्त्येष्टि गरिएको र भान्जाको सकुशल उद्धार गरिएको तर हराएका अन्य कर्मचारी र स्थानीयवासीको पत्तो नहुँदा गाउँमा त्रास देखिएको बताउनुभयो । पुनः बाढी आउने सूचनाले खोज, उद्धारमा पनि असर परेको पौडेलको भनाइ छ ।

    सो केन्द्रमा अहिलेसम्म करिब पाँचभन्दा बढी हराएकाहरूको विवरण उपलब्ध गराइएको छ । केन्द्रमा नपुगी अन्य सम्पर्कका माध्यमबाट पनि उनीहरुको परिवार तथा आफन्तले सुरक्षा निकायलाई खोजतलासका लागि औपचारिक र अनौपचारिक रुपमा अनुरोध गरेका गर्यै छन् ।

    परिवारजनले तीर्थयात्री टोलीको तत्काल खोजी गरी उनीहरूको अवस्थाबारे जानकारी सार्वजनिक गर्न सम्बन्धित निकायसँग आग्रह गरिरहेका छन् । हराएकाहरूको मोबाइल सम्पर्क हुन नसकेपछि आफन्तहरू थप चिन्तित बनेका छन् । कतिपय आफन्तले रुँदै–चिच्याउँदै सामाजिक सञ्जालबाट हारगुहार गरिरहेका छन् । हराइरहेकाहरूको खोजी तथा अवस्थाबारे यथार्थ जानकारी लिन स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायबीच समन्वय आवश्यक देखिएको आफन्तहरूको भनाइ छ ।

    विनाशकारी बाढीपछि बेपत्ता भएका नागरिकहरूको खोजी तथा शव व्यवस्थापन (रिकभरी) मा ढिलाइ भएको भन्दै जनस्तरबाट आइरहेको गुनासोलाई सम्बोधन गर्दै नेपाली सेनाले आफ्नो ‘अपरेसन’लाई भने थप तीव्र बनाएको छ । शव सङ्कलन तथा खोजी कार्य ढिलो भन्दै उठेका गुनासोहरूलाई गम्भीरताका साथ लिँदै सेनाले विशेष टोली परिचालन गरी धमाधम शव सङ्कलन गरिरहेको छ ।

    बाढीले तल्लो तटीय क्षेत्रसम्म बगाएर ल्याएका शवहरूको खोजी तथा सङ्कलनका लागि रसुवादेखि चितवनसम्मको नदी तटीय क्षेत्रमा आज थप एक हजार २०० सैनिक जनशक्ति परिचालन गरिएको जनाइएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका अनुसार नेपाली सेनाले प्रभावित क्षेत्रका साथै त्रिशूली र नारायणी नदी किनारका सम्भावित सम्पूर्ण स्थानहरूमा आफ्ना जनशक्तिलाई टोलीगत रूपमा खटाएर सङ्कलन कार्यलाई उच्च प्राथमिकताका साथ अगाडि बढाएको छ ।

    यसअघि सेनाले प्रभावित नागरिकहरूको उद्धार, राहत तथा अस्थायी व्यवस्थापनका लागि एक हजार ६०० जनशक्ति खटाएको थियो । बाढी प्रभावित क्षेत्र तथा तटीय इलाकामा उद्धार, राहत र शव सङ्कलनका लागि परिचालन हुने नेपाली सेनाको कुल सङ्ख्या दुई हजार ८०० पुगेको जनाइएको छ ।

    भोटेकोशी नदीको तीव्र बहाव र कठिन भौगोलिक अवस्थाका बाबजुद पनि सैनिक टोलीले निरन्तर रूपमा शव फेला पार्ने र सङ्कलन गर्ने कार्यलाई अघि बढाइरहेको छ । खोज, उद्धार र राहतका लागि नेपाल प्रहरीले चार हजार २०० र सशस्त्र प्रहरी बलले एक हजार ८४५ सुरक्षाकर्मी परिचालित छन् । हालसम्म तीन हजार २५३ जनाको उद्धार गरिएको छ । उद्धारमा नेपाली सेनाको छ र निजी क्षेत्रका नौ गरी १५ हेलिकोप्टर परिचालन गरिएको छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरणअनुसार उक्त बाढीबाट ९७७ सम्पर्कविहीन रहेका छन् । त्यसमध्ये नेपाल प्रहरीका २८, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बल नेपालका १३, रसुवागढी भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका चार, रसुवा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रबाट प्राप्त १६१ र नुवाकोट जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रबाट प्राप्त एक, मकवानपुर जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रबाट प्राप्त ६६, सम्पर्कविहीन विदेशी नागरिक ५१७ र नेपाल घुम्न आएका विदेशमा बस्ने नेपाली १२७ जना रहेका छन् ।

    नेपाली सेनासहित सुरक्षा निकायको समन्वयमा हालसम्म रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, तनहुँ र चितवनमा गरी ४६९ को शव सङ्कलन भइसकेको छ । प्राधिकरणले बेपत्ताहरूको विवरण सङ्कलन र खोजीका लागि एक प्रणाली सञ्चालनमा ल्याएको छ तर भीषण बाढीको भेलमा परेकाहरूको सहजै पत्ता लाग्न कठिन भइरहेको छ । विपद्को यस संवेदनशील अवस्थामा अपुष्ट सूचना, अफवाह वा अनुमानका आधारमा सामाजिक सञ्जालमा सामग्री सम्प्रेषण नगर्न तथा आधिकारिक निकायबाट प्राप्त प्रमाणित सूचना मात्र प्रकाशन तथा शेयर गर्न सरकार र पीडितका आफन्तहरूको आग्रह रहेको छ ।

    रासस

    शुक्रबार, भदौ १२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रसुवाको भयावह बाढी : हिमालले दिएको जलवायु संकटको कठोर चेतावनी
    इरानद्वारा अमेरिका–इजरायललाई चेतावनी
    भोटेकोशी बाढी : मृतक ५३८, ९७७ अझै बेपत्ता
    भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’
    जी–२० मा इरानमाथि दबाब बढाउने अमेरिकी तयारी
    तिब्बत पहिरोपीडितको उद्धारमा सीको निर्देशन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      तीज गीत : देश पोलेर

    • २.
      जनताले विकल्प खोजिरहेका छन्, नयाँ राजनीतिक व्यवस्था सम्भव छ : मोहनविक्रम सिंह

    • ३.
      रोल्पामा विप्लव नेतृत्वको नेकपाबाट १३ नेता–कार्यकर्ताको विद्रोह

    • ४.
      काठमाडौँ मसालका प्रवक्ता रेग्मीलाई मातृशोक

    • ५.
      ओली–प्रचण्डको कमजोरीले कम्युनिस्ट आन्दोलन कमजोर भयो : रामप्रकाश पुरी

    • ६.
      मूल प्रवाह पश्चिम भारत क्षेत्रीय समितिको अध्यक्षमा प्रविण सिंह काउछा

    भर्खरै

    • १.
      रसुवाको भयावह बाढी : हिमालले दिएको जलवायु संकटको कठोर चेतावनी

    • २.
      भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू

    • ३.
      इरानद्वारा अमेरिका–इजरायललाई चेतावनी

    • ४.
      भोटेकोशी बाढी : मृतक ५३८, ९७७ अझै बेपत्ता

    • ५.
      भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’

    • ६.
      जी–२० मा इरानमाथि दबाब बढाउने अमेरिकी तयारी

    • ७.
      तिब्बत पहिरोपीडितको उद्धारमा सीको निर्देशन

    • ८.
      नर्वेका राजा हेराल्डको निधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.