हैदराबाद — १८ अगस्ट । जिल्ला तनहुँ, व्यास नगरपालिका–८, क्यामिन मियाँबारी निवासी सुकराम कामीका छोरा प्रेम बि.क.को संझनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
प्रेम बि.क. लामो समयदेखि तेलंगाना राज्यको हैदराबादस्थित जुबली हिल्सलाई आफ्नो कर्मथलो बनाई बस्दै आएका थिए । लामो समयदेखि बिरामी रहेका उनको उपचारकै क्रममा ६८ वर्षको उमेरमा निधन भएको हो।
उनले जातीय समता समाजका पूर्व जिल्ला सदस्य तथा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, उत्तर हैदराबाद नगर समितिका पूर्व नगर सदस्यका रूपमा लामो समयसम्म संगठनमा आबद्ध भई शोषित, पीडित तथा उत्पीडित वर्गको पक्षमा काम गर्दै आएका थिए ।
श्रद्धाञ्जली सभाको अध्यक्षता रतन सिंह कर्माले गर्नुभएको थियो भने सञ्चालन राजु दुलालले गर्नुभएको थियो।
सभामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य रतन सिंह कर्मा, मूल प्रवाह मध्य–दक्षिण क्षेत्रीय समितिका सदस्य राजु दुलाल, मूल प्रवाह उत्तर नगर समितिका सदस्य यामबहादुर थापा, अखिल भारत नेपाली एकता समाजका केदार शर्मा, समाजसेवी रवि थापा तथा मृतकका छोरा चन्द्रकुमार बि.क.ले श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्नुभएको थियो ।

