• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, भदौ ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

महिला सङ्घ राप्ती–१ को अध्यक्षमा जिसी

सकुन्तला रानानिधनको छैटौँ दिन मसालको श्रद्धाञ्जली सभा

स्वास्थ्य उपकरण खरिदमा विवादित पन्तलाई जिम्मेवारी, दरबन्दीविपरीत दुई चिकित्सकको सरुवा

कर्णालीमा मन्त्रालय बाँडफाँटसहित सत्ता गठबन्धन, दलबीच छबुँदे सहमति

राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ?

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

‘महेन्द्रतन्त्र, ज्ञानेन्द्रतन्त्रपछि अहिले वालेन्द्रतन्त्र’ : बादल

रङ्गुन नदीले बगाउँदा महिलाको मृत्यु

लुम्बिनी प्रदेशमा राष्ट्रिय जनमोर्चा सरकारमा सहभागी हुँदैन – मोहनविक्रम सिंह

लोकप्रिय समाचार

  • १. भारतस्थित तीन नेपाली संगठनका नेताबीच महत्वपूर्ण छलफल

  • २. बाबुराम नेपालीको उपचार अभियान बन्द गरिएको जानकारी

  • ३. मूल प्रवाहद्वारा शकुन्तला रानाको श्रद्धाञ्जली सभा सम्पन्न

  • ४. कम्युनिस्ट नेतृ सकुन्तला रानाको निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

  • ५. स्वदेश र प्रवासका प्रशिक्षण सैद्धान्तिक रूपमा एउटै हुन्छन् : विक (भिडियोसहित)

  • ६. महिला संघकी महासचिव शकुन्तला रानाको निधन

  • ७. मूल प्रवाहले गर्‍यो वीरबहादुर बिकलाई स्वदेश विदाइ

  • ८. महासचिव रानाको निधनप्रति महिला सङ्घको श्रद्धाञ्जली

  • ९. तीन मन्त्री र एक राज्यमन्त्रीसहित एमाले सरकारमा

  • १०. बालेन्द्र सरकार सिद्धान्त र कार्यक्रम नभएको स्वेच्छाचारी : सिंह (भिडियोसहित)

मूल प्रवाहले गर्‍यो वीरबहादुर बिकलाई स्वदेश विदाइ


  •   सोमबार, भदौ ०१, २०८३ मा प्रकाशित
  • हैदराबाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य–दक्षिण क्षेत्रीय समितिको आयोजनामा मध्य–दक्षिण क्षेत्रीय सचिवालय सदस्य वीरबहादुर बिकको सम्मानपूर्वक विदाइ गरिएको छ । नोकरीबाट अवकाश लिएर सदाका लागि स्वदेश फर्किन लाग्नुभएका बिकले संगठनमा पुर्‍याउनुभएको लामो समयको योगदानको उच्च सम्मान गर्दै विदाइ कार्यक्रम आयोजना गरिएको हो ।

    Advertisement

    कृष्णबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भूपाल ठाडा रानाले गर्नुभएको थियो । कार्यक्रममा मूल प्रवाह केन्द्रीय समितिका सदस्यहरू फूलबीना पौडेल र रतनसिंह कर्माले वीरबहादुर बिक तथा उहाँकी धर्मपत्नी फूलमाया बिकलाई खादा ओढाई सम्मान गर्नुभएको थियो ।

    कार्यक्रममा मूल प्रवाह केन्द्रीय समितिका सदस्यहरू फूलबीना पौडेल, रतनसिंह कर्मा र भीमबहादुर थापा, केन्द्रीय सदस्य तथा मध्य–दक्षिण क्षेत्रीय अध्यक्ष कृष्णबहादुर थापा, मध्य–दक्षिण क्षेत्रीय उपाध्यक्ष गगनसिंह बिक, मध्य–दक्षिण क्षेत्रीय सचिव तिलक राना, उत्तर नगर समिति अध्यक्ष सूर्यबहादुर पुन, रक्तिम सांस्कृतिक क्षेत्रीय विभागकी माया थामा, मध्य–दक्षिण क्षेत्रीय महिला विभाग संयोजक सोबिता पौडेल तथा मध्य नगर महिला विभाग संयोजक ईश्वरा पौडेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रममा वक्ताहरूले वीरबहादुर बिकले सन् १९९० देखि हालसम्म ३६ वर्षको अवधिमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका विभिन्न तह र तप्कामा रहेर संगठनलाई निरन्तर योगदान पुर्‍याउँदै आउनुभएको स्मरण गर्नुभयो। संगठनभित्रका आरोह–अवरोह तथा विभिन्न चुनौतीका बीच पनि उहाँ अविचलित र अडिग रूपमा संगठनप्रति समर्पित रहँदै आएको बताउँदै वक्ताहरूले उहाँलाई संगठनको एक मजबुत खम्बाका रूपमा चित्रण गर्नुभयो ।

    भारतमा रहेका नेपालीहरूका समस्या समाधानका लागि अग्रपंक्तिमा रहेर निरन्तर काम गर्दै आउनुभएका बिकले संगठनको विस्तार, सुदृढीकरण र नेपाली समुदायका समस्याको समाधानमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएको वक्ताहरूले उल्लेख गर्नुभयो। साथै, उहाँको स्वदेशको आगामी बसाइ सुखद, सहज र सफल रहोस् भन्ने शुभकामना व्यक्त गरिएको थियो ।

    विदाइ मन्तव्य व्यक्त गर्दै वीरबहादुर बिकले भारतमा रहँदा संगठनप्रति जुन रूपमा योगदान पुर्‍याउँदै आएको भए पनि स्वदेश फर्किएपछि पनि देश र जनताको पक्षमा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    कार्यक्रमले लामो समयदेखि संगठनमा सक्रिय रही योगदान पुर्‍याउनुभएका वीरबहादुर बिकप्रति सम्मान व्यक्त गर्दै उहाँको आगामी जीवनका लागि सुख, शान्ति र सफलताको शुभकामना व्यक्त गरेको छ ।

    सोमबार, भदौ ०१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    महिला सङ्घ राप्ती–१ को अध्यक्षमा जिसी
    सकुन्तला रानानिधनको छैटौँ दिन मसालको श्रद्धाञ्जली सभा
    स्वास्थ्य उपकरण खरिदमा विवादित पन्तलाई जिम्मेवारी, दरबन्दीविपरीत दुई चिकित्सकको सरुवा
    कर्णालीमा मन्त्रालय बाँडफाँटसहित सत्ता गठबन्धन, दलबीच छबुँदे सहमति
    राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ?
    सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      भारतस्थित तीन नेपाली संगठनका नेताबीच महत्वपूर्ण छलफल

    • २.
      बाबुराम नेपालीको उपचार अभियान बन्द गरिएको जानकारी

    • ३.
      मूल प्रवाहद्वारा शकुन्तला रानाको श्रद्धाञ्जली सभा सम्पन्न

    • ४.
      कम्युनिस्ट नेतृ सकुन्तला रानाको निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

    • ५.
      स्वदेश र प्रवासका प्रशिक्षण सैद्धान्तिक रूपमा एउटै हुन्छन् : विक (भिडियोसहित)

    • ६.
      महिला संघकी महासचिव शकुन्तला रानाको निधन

    भर्खरै

    • १.
      महिला सङ्घ राप्ती–१ को अध्यक्षमा जिसी

    • २.
      सकुन्तला रानानिधनको छैटौँ दिन मसालको श्रद्धाञ्जली सभा

    • ३.
      स्वास्थ्य उपकरण खरिदमा विवादित पन्तलाई जिम्मेवारी, दरबन्दीविपरीत दुई चिकित्सकको सरुवा

    • ४.
      कर्णालीमा मन्त्रालय बाँडफाँटसहित सत्ता गठबन्धन, दलबीच छबुँदे सहमति

    • ५.
      राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ?

    • ६.
      सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

    • ७.
      ‘महेन्द्रतन्त्र, ज्ञानेन्द्रतन्त्रपछि अहिले वालेन्द्रतन्त्र’ : बादल

    • ८.
      रङ्गुन नदीले बगाउँदा महिलाको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.