काठमाडौं, साउन २८ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५औँ बोर्ड बैठकले दशौँ राष्ट्रिय खेलकुद २०८३ साल मंसिर १६ देखि २९ गतेसम्म सुर्खेतमा आयोजना गर्ने निर्णय गरेको छ। परिषद्का अध्यक्ष तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको बैठकले प्रथम राष्ट्रिय पारा खेलकुद पुस १५ गतेदेखि सञ्चालन गर्ने निर्णयसमेत गरेको छ।
Advertisement
बैठकले २०औँ एसियाली खेलकुदमा सहभागी हुने खेलाडी तथा अफिसियलको नामावली अनुमोदन गरेको छ। मन्त्री पोखरेलले दशौँ राष्ट्रिय खेलकुद सफल बनाउन सबै पक्ष एकजुट भएर लाग्न आग्रह गर्नुभयो।

