नवलपुर, ९ अगस्ट। अखिल नेपाल जनजाति सम्मेलन नवलपुरको आयोजनामा ३२औँ विश्व आदिवासी दिवस कार्यक्रम सम्पन्न भएको छ।
अखिल नेपाल जनजाति सम्मेलन नवलपुरका अध्यक्ष विकाराम चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सूर्य छन्त्यालले गर्नुभएको थियो। कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य भागीरथ भट्टराई प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रममा जातीय समता समाजकी केन्द्रीय उपाध्यक्ष लक्ष्मी बी.के. तथा अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय सदस्य शालिकराम सापकोटा विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। त्यसैगरी नेकपा (मसाल) नवलपुरका प्रवक्ता चन्द्र सापकोटा, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैटौँ) की केन्द्रीय सदस्य वर्षा पोख्रेल, तराई–मधेस जनवादी मोर्चाका केन्द्रीय सदस्य रूपनारायण महत्तोलगायत विभिन्न जनवर्गीय संगठनका प्रतिनिधि तथा जनजाति समुदायका व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी अतिथिहरूले विश्व आदिवासी दिवस मनाउनुको उद्देश्य, आदिवासी जनजातिका अधिकार, पहिचान र सामाजिक समानताका विषयमा आ–आफ्ना धारणा राख्नुभएको थियो।
अन्त्यमा कार्यक्रमका सभापति विकाराम चौधरीले शुभकामना मन्तव्यसहित कार्यक्रम समापन गर्नुभएको थियो।

