खिमराज चालिसे,
भारत । भारतको हिमाचल प्रदेशस्थित रामपुरबाट रुकुम पश्चिमका इन्द्रवीर विक सम्पर्कविहीन भएका छन्। रुकुम पश्चिम सानीभेरी गाउँपालिका–१०, अर्मी डाँडा निवासी हरि विकका ५४ वर्षीय छोरा इन्द्रवीर विक गत १७ जुलाई २०२५ देखि परिवार तथा आफन्तको सम्पर्कमा नरहेको परिवारले जनाएको छ ।
उनी हिमाचल प्रदेशको रामपुरबाट अचानक बेपत्ता भएपछि परिवार चिन्तित बनेको छ । इन्द्रवीर विकलाई कसैले फेला पारेमा वा उनको अवस्थाबारे कुनै जानकारी प्राप्त भएमा नजिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको कार्यालयमा जानकारी गराउन परिवारले अनुरोध गरेको छ ।
फेलापार्ने महानुभावले तला दिएको निम्न सम्पर्क नम्बरमा सम्पर्क गरी जानकारी दिन सकिने परिवारले जनाएको छः सीताराम बुढाः +९१ ८६२८०८६३९३, +९१ ९८१६३३४६१ छोरा हरि विकः +९१ ८८९४६४४५२ नेपालः +९७७ ९४६७८५२९५९ इन्द्रवीर विकको खोजीमा सहयोग गरिदिन परिवारले सबै महानुभावमा विनम्र अनुरोध गरेको छ ।

