• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

निउरे समाज जापानको प्रथम अधिवेशन सम्पन्न


  •   बुधबार, साउन २०, २०८३ मा प्रकाशित
  • टोकियो (जापान), ४ अगस्ट। निउरे समाज जापानको प्रथम अधिवेशन टोकियोस्थित सोलमारी मुरा हल, सिन–ओकुबोमा भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले खिमानन्द निउरेको अध्यक्षतामा सन् २०२६–२०२८ कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

    Advertisement

    समाजका अध्यक्ष रुद्रमणि निउरेको सभापतित्वमा सम्पन्न अधिवेशनमा जापानका विभिन्न क्षेत्रबाट निउरे समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। प्रवासमा रहेका निउरे समुदायबीच आपसी एकता, भाइचारा, सहकार्य र सामाजिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यका साथ आयोजित अधिवेशनले समाजको भावी कार्यदिशासमेत तय गरेको छ।

    कार्यक्रममा प्रमुख अतिथिका रूपमा गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका निवर्तमान अध्यक्ष तथा निउरे समाज जापानको विधान तयारी समितिका सदस्य नवीन निउरे सहभागी हुनुहुन्थ्यो। विशेष अतिथिका रूपमा नेपालबाट भ्रमणका क्रममा जापान आउनुभएका टिकाराम निउरे र सीता देवी निउरे उपस्थित हुनुहुन्थ्यो भने विशिष्ट अतिथिका रूपमा नवलपुर समाज जापानका सल्लाहकार मेघराज सापकोटाको उपस्थिति रहेको थियो।

    त्यसैगरी समाजका प्रमुख सल्लाहकार तथा परिकल्पनाकार खिमानन्द निउरे, परिकल्पनाकार तथा निर्वाचन समिति संयोजक डिलाराम निउरे, सल्लाहकार चित्रप्रसाद निउरे, खिमबहादुर निउरे (ठाना), नेपाल कल्याण समाज जापानका अध्यक्ष विष्णु शर्मा निउरे, समाजसेवी प्रकाश निउरे, संस्थापक सदस्य डण्डपानी निउरे तथा वरिष्ठ उपाध्यक्ष देवेन्द्र निउरेलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

    कार्यक्रमको सञ्चालन खिम निउरेले गर्नुभएको थियो भने स्वागत मन्तव्य बाबुराम निउरेले व्यक्त गर्नुभएको थियो। स्वागत मन्तव्यका क्रममा उहाँले प्रवासमा रहेका निउरे समुदायलाई एउटै साझा चौतारीमा आबद्ध गर्दै आपसी सद्भाव, सहकार्य, सांस्कृतिक पहिचानको संरक्षण तथा सामाजिक सहयोगका क्षेत्रमा समाजले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो।

    अधिवेशनमा कोषाध्यक्ष दयाराम निउरेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो भने सचिव मनप्रसाद निउरेले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्दै समाज स्थापना भएयता भएका गतिविधि, सदस्य विस्तार, संस्थागत विकास तथा आगामी कार्ययोजनाबारे जानकारी गराउनुभयो।

    प्रमुख अतिथि नवीन निउरेले शुभकामना मन्तव्य व्यक्त गर्दै निउरे समाज जापानको सदस्य हुन पाएकोमा खुसी व्यक्त गर्नुभयो। प्रवासमा रहेर पनि निउरे समुदाय यति संगठित, सक्रिय र एकताबद्ध भएको देख्दा गर्व लागेको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि समाजलाई आफ्नो निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता जनाउनुभयो।

    नवनिर्वाचित कार्यसमितिको अध्यक्ष : खिमानन्द निउरे, वरिष्ठ उपाध्यक्ष : मनप्रसाद निउरे, उपाध्यक्ष : प्रकाश निउरे, उपाध्यक्ष : विष्णु शर्मा निउरे, उपाध्यक्ष : अगन्धर निउरे, सचिव : खिमबहादुर निउरे, सहसचिव : देवीप्रसाद निउरे, सहसचिव : विनोद निउरे, कोषाध्यक्ष : दयाराम निउरे, सहकोषाध्यक्ष : बाबुराम निउरे, सहकोषाध्यक्ष : राजु निउरे, महिला संयोजक : योगमाया निउरे, युवा संयोजक : प्रेम निउरे, लेखा समिति, संयोजक : मिलन निउरे (मन), लेखा समिति, सहसंयोजक : खिम निउरे (दपसा) रहेनका छन् ।

    त्यसैगरि सदस्यहरू: रम्मी निउरे, अनिता निउरे, बिनिता निउरे, दिल्लीप्रसाद निउरे (शिव), डण्डपानी निउरे, रुद्रलाल निउरे, गोकुल निउरे, खिमप्रसाद निउरे, बाबुराम निउरे (मेहेले), सन्तोष निउरे, मन्दीप निउरे, केशब निउरे, नारायणप्रसाद निउरे, शिव निउरे (बिहु) तथा दिलीप निउरे रहेनका छन् ।

    अधिवेशनले संरक्षक तथा सल्लाहकार समिति पनि गठन गरेको छ। समितिको संरक्षकमा निवर्तमान अध्यक्ष रुद्रमणि निउरे र डिलाराम निउरे चयन हुनुभएको छ। सल्लाहकार समिति संयोजकमा देवेन्द्र निउरे चयन हुनुभएको छ भने सल्लाहकारहरूमा नवीन निउरे, खिमबहादुर निउरे (ठाना), चित्रप्रसाद निउरे, नरबहादुर निउरे तथा उमेश निउरे चयन हुनुभएको छ।

    नवनिर्वाचित अध्यक्ष खिमानन्द निउरेले सम्पूर्ण सदस्यप्रति आभार व्यक्त गर्दै आफूलाई प्रदान गरिएको जिम्मेवारी इमानदारी, पारदर्शिता र समन्वयका साथ निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले समाजलाई सबै सदस्यको साझा संस्थाका रूपमा विकास गर्दै सामाजिक एकता, पारस्परिक सहयोग, सांस्कृतिक संरक्षण, युवा सहभागिता, महिला सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइने बताउनुभयो।

    कार्यक्रमको समापनमा आयोजकले प्रमुख अतिथि, विशेष तथा विशिष्ट अतिथिहरू, संरक्षक, सल्लाहकार, अग्रज व्यक्तित्व, विभिन्न क्षेत्रबाट सहभागी सम्पूर्ण निउरे समुदाय, सहयोगी तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ। जापानको व्यस्त जीवनशैलीका बाबजुद पनि आफ्नो बहुमूल्य समय निकालेर कार्यक्रममा सहभागी भई सफल बनाउन योगदान पुर्‍याउने सबैप्रति समाजले धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै साथ, सहयोग, एकता र सद्भाव कायम रहने विश्वास व्यक्त गरेको जनाएको छ।

    आयोजकका अनुसार प्रथम अधिवेशनले प्रवासमा रहेका निउरे समुदायलाई अझ संगठित, सक्रिय र एकताबद्ध बनाउँदै समाजलाई नयाँ उचाइमा पुर्‍याउने आधार तयार गरेको छ।

    बुधबार, साउन २०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.