• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, साउन १९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कप्तानगञ्ज घटनाका थप एक घाइतेको उपचारकै क्रममा निधन, मृतक संख्या तीन पुग्यो

वीर अस्पतालमा स्वास्थ्यकर्मीको प्रदर्शन

मृत्यु हुने सुकुम्बासीहरूको संख्या नौ पुग्यो

बादल चाम्लिङको अनुवाद कवितासङ्ग्रह ‘नाइटमेयर’ सार्वजनिक

क्यान्सरपीडित दीपा पौडेलको उपचारका लागि मूल प्रवाहद्वारा आर्थिक सहयोग

टेकुमा ग्यास वितरणमा पहुँचवालालाई प्राथमिकता दिएको आरोप

मनसुनको प्रभावस्वरूप कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

सरकार र सत्तारूढ पार्टीको भूमिकाबाट लोकतान्त्रिक गणतन्त्र खतरामा

उद्घोषण विधामा समष्टी बुढा सम्मानित

लोकप्रिय समाचार

  • १. मसालको प्रश्न– सुनसरी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन ?

  • २. राजमोको बाइसौँ पार्टीस्कुलमा डा. सुमन्त बन्जाडेद्वारा प्रशिक्षण

  • ३. हिन्दु राष्ट्रको पक्षमा छैनौँ, त्यसले राजसंस्था फर्काउँछ : प्रधानमन्त्री बालेन

  • ४. शिक्षामन्त्री सस्मित पोखरेलले तत्काल राजीनामा दिनुपर्छ : जिसी

  • ५. गृहमन्त्रीको राजीनामा माग्दै मसालले सोध्यो– हिन्दु राष्ट्रसम्बन्धी मागमा सरकार सहमत भएको हो ?

  • ६. १२ मे १९८६ को आन्दोलनमा पक्राउ परेका ९५ जनालाई सम्मान गरिने

  • ७. मैले चिन्न नसकेको– ‘को आफ्‌नो, को पराई’

  • ८. प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङले तत्काल राजीनामा दिनुपर्छ : युवक संघ

  • ९. ‘स्रष्टाका आँखामा प्युठान’ विमोचन हुँदै

  • १०. जस्तै अप्ठ्यारोमा पनि देश र जनताको पक्षमा काम गर्ने पार्टी मसाल हो

बादल चाम्लिङको अनुवाद कवितासङ्ग्रह ‘नाइटमेयर’ सार्वजनिक


  •   मङ्गलबार, साउन १९, २०८३ मा प्रकाशित
  • बेलबारी, मोरङ। पूर्वका चर्चित कवि बादल चाम्लिङको अनुवाद कवितासङ्ग्रह ‘नाइटमेयर’ एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ।

    Advertisement

    कृतिको सार्वजनिककरण वरिष्ठ साहित्यकार तथा राजनीतिक व्यक्तित्व हर्कमान तामाङ, बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला, समीक्षक डा. मोहन तुम्बाहाङ तथा अनुवादक कवि बादल चाम्लिङले संयुक्त रूपमा गर्नुभएको थियो।

    कार्यक्रमका प्रमुख अतिथि हर्कमान तामाङले अन्तर्राष्ट्रिय स्तरका विशिष्ट साहित्यकारका कृतिको अध्ययन र मनन अझ व्यापक बनाउन आवश्यक रहेको बताउँदै नेपाली साहित्यलाई पनि अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउनुपर्नेमा जोड दिनुभयो। उहाँले ‘नाइटमेयर’ जस्ता अनुवाद कृतिले नेपाली साहित्यलाई विश्वसामु चिनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

    कृतिका समीक्षक डा. मोहन तुम्बाहाङले अनुवाद कार्य सहज नभए पनि अनुवादक चाम्लिङले साहस, लगन र मेहनतका साथ कृति प्रकाशन गर्नु उल्लेखनीय उपलब्धि भएको बताउनुभयो। उहाँले कृतिभित्र समावेश कविताहरूको संक्षिप्त समीक्षात्मक टिप्पणी गर्दै यसले अन्य लेखक तथा पाठकलाई समेत सिर्जना र अनुवादतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो।

    अनुवादक कवि बादल चाम्लिङले चुनौतीलाई अवसरका रूपमा स्वीकार गर्दै नेपाली कवितालाई अङ्ग्रेजी भाषी पाठकमाझ पुर्‍याउने उद्देश्यले अङ्ग्रेजीमा अनुवाद गरेको बताउनुभयो।

    कृतिकारको परिचय गराउँदै चर्चाकार ईरान राईले भाषा शिक्षकले साहित्यको सैद्धान्तिक व्याख्यामात्र नभई सिर्जनात्मक अभ्यासमार्फत सिकाउनुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले ‘नाइटमेयर’ले सिर्जना र अनुवाद दुवै कार्यको महत्वलाई उजागर गरेको धारणा व्यक्त गर्नुभयो।

    कार्यक्रमका अध्यक्ष तथा बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाले स्थानीय स्तरमा सिर्जित नेपाली साहित्यको अङ्ग्रेजी अनुवाद न्यून रहेको उल्लेख गर्दै ‘नाइटमेयर’ले यस क्षेत्रमा नयाँ सम्भावना र फराकिलो बाटो खोल्ने विश्वास व्यक्त गर्नुभयो।

    कार्यक्रममा साहित्यकार तथा समाजसेवी चन्द्रमणि राई, डा. छवि वैरागी घिमिरे, परशुराम सुवेदी, छत्र लिम्बू, शङ्कर गुरुङ, भगवतीप्रसाद घिमिरे, तिला लेकाली, देवान किराँती, प्रकाश दिप्साली राई, केपी घिमिरे, गगन याक्पाङ्देन, कृष्ण गुरुङ, धनजित पराजुली, हिरा खड्का अधिकारी, सञ्जीव धिमाल, अर्जुन कुलुङ राई तथा अजित धिमाललगायतको उपस्थिति रहेको थियो।

    कृतिमा २७ जना विभिन्न कविका एक–एक कविता तथा अनुवादक स्वयंका १६ कविता गरी कुल ४३ वटा कविता समावेश गरिएका छन् ।

    कार्यक्रम बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाको अध्यक्षता तथा कवि जे.बी. थुलुङको सञ्चालनमा बेलबारी–३ स्थित यालाङ होटलको सभाहलमा सम्पन्न भएको थियो।

    मङ्गलबार, साउन १९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कप्तानगञ्ज घटनाका थप एक घाइतेको उपचारकै क्रममा निधन, मृतक संख्या तीन पुग्यो
    वीर अस्पतालमा स्वास्थ्यकर्मीको प्रदर्शन
    मृत्यु हुने सुकुम्बासीहरूको संख्या नौ पुग्यो
    क्यान्सरपीडित दीपा पौडेलको उपचारका लागि मूल प्रवाहद्वारा आर्थिक सहयोग
    टेकुमा ग्यास वितरणमा पहुँचवालालाई प्राथमिकता दिएको आरोप
    मनसुनको प्रभावस्वरूप कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      मसालको प्रश्न– सुनसरी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन ?

    • २.
      राजमोको बाइसौँ पार्टीस्कुलमा डा. सुमन्त बन्जाडेद्वारा प्रशिक्षण

    • ३.
      हिन्दु राष्ट्रको पक्षमा छैनौँ, त्यसले राजसंस्था फर्काउँछ : प्रधानमन्त्री बालेन

    • ४.
      शिक्षामन्त्री सस्मित पोखरेलले तत्काल राजीनामा दिनुपर्छ : जिसी

    • ५.
      गृहमन्त्रीको राजीनामा माग्दै मसालले सोध्यो– हिन्दु राष्ट्रसम्बन्धी मागमा सरकार सहमत भएको हो ?

    • ६.
      १२ मे १९८६ को आन्दोलनमा पक्राउ परेका ९५ जनालाई सम्मान गरिने

    भर्खरै

    • १.
      कप्तानगञ्ज घटनाका थप एक घाइतेको उपचारकै क्रममा निधन, मृतक संख्या तीन पुग्यो

    • २.
      वीर अस्पतालमा स्वास्थ्यकर्मीको प्रदर्शन

    • ३.
      मृत्यु हुने सुकुम्बासीहरूको संख्या नौ पुग्यो

    • ४.
      बादल चाम्लिङको अनुवाद कवितासङ्ग्रह ‘नाइटमेयर’ सार्वजनिक

    • ५.
      क्यान्सरपीडित दीपा पौडेलको उपचारका लागि मूल प्रवाहद्वारा आर्थिक सहयोग

    • ६.
      टेकुमा ग्यास वितरणमा पहुँचवालालाई प्राथमिकता दिएको आरोप

    • ७.
      मनसुनको प्रभावस्वरूप कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

    • ८.
      सरकार र सत्तारूढ पार्टीको भूमिकाबाट लोकतान्त्रिक गणतन्त्र खतरामा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.