बेंगलोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, बेंगलोर दक्षिण नगर समितिका सहसचिव रामराज पौडेलकी धर्मपत्नी दीपा पौडेल लामो समयदेखि क्यान्सर रोगसँग संघर्षरत रहँदै आउनुभएको अवस्थामा उहाँको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको दक्षिण भारत क्षेत्रीय समितिले रु. ४७,२५० आर्थिक सहयोग प्रदान गरेको छ ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा दक्षिण भारत क्षेत्रीय अध्यक्ष जनकराज पौडेलको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा केन्द्रीय सदस्य नरेश बिक, दक्षिण भारत क्षेत्रीय उपाध्यक्ष दशरथ बिक, पाण्डेचेरी नगर अध्यक्ष गोविन्द शर्मा, क्षेत्रीय सदस्य पार्वती बिक, बेंगलोर दक्षिण नगर अध्यक्ष बलराम बिक, क्षेत्रीय सदस्य तथा नगर कोषाध्यक्ष रमेश राम बिक तथा महिला समितिकी संयोजक राजु बिक लगायतको उपस्थिति रहेको थियो।
उपस्थित नेतृत्व तथा सदस्यहरूले दीपा पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्दै मानवीय संवेदना र संगठनात्मक एकताको भावनासहित सहयोग रकम हस्तान्तरण गरेका थिए ।
यस प्रकारको सहयोगले कठिन परिस्थितिमा रहेका सदस्य परिवारप्रति संगठनको उत्तरदायित्व, ऐक्यबद्धता र मानवीय मूल्यलाई थप सुदृढ बनाएको सहभागीहरूले बताएका छन्।