• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

रेल दुर्घटनामा ज्यान गुमाएका नेपाली युवकको रेवाडीमा दाहसंस्कार


  •   आइतबार, साउन १७, २०८३ मा प्रकाशित
  • “मूल प्रवाहको पहलमा कम्पनीले आर्थिक सहयोग र रोजगारीको आश्वासन”

    Advertisement

    रेवाडी (भारत) । हरियाणा राज्यको रेवाडीमा रेलको ठक्करबाट ज्यान गुमाएका चितवनको माडी नगरपालिका–२, भैरापुर निवासी ३२ वर्षीय प्रकाश बिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको पहलमा रेवाडीमै दाहसंस्कार गरिएको छ । घटनापछि संस्थाले प्रहरी, कम्पनी र मृतकका आफन्तबीच समन्वय गर्दै पोस्टमार्टमदेखि अन्त्येष्टिसम्मको सम्पूर्ण प्रक्रिया सम्पन्न गराएको हो ।

    प्रकाश बिकको गत २४ जुलाई २०२६ को राति ड्युटी सकेर डेरातर्फ फर्कने क्रममा रेल्वे लिक पार गर्दा तीव्र गतिमा आइरहेको रेलको ठक्करबाट घटनास्थलमै मृत्यु भएको थियो । उनी चार महिनाअघि रोजगारीका लागि भारत आएका थिए र रेवाडी जिल्लाको बावल कस्बास्थित दुर्गा ट्रान्सपोर्ट कर्पोरेसनमा चालकका रूपमा कार्यरत थिए । घटनाको राति पनि उनले आफूले चलाएको सवारीसाधन कम्पनीमा पार्किङ गरी फर्कने क्रममा दुर्घटनामा परेका थिए ।

    दुर्घटना अत्यन्तै भीषण भएकाले उनको शरीरका विभिन्न अङ्गहरू छरिएका थिए भने टाउको र हात गम्भीर रूपमा क्षतविक्षत भएका थिए । शरीरको एउटा भाग करिब ५० मिटर टाढासम्म पुगेको प्रहरीले जनाएको छ ।

    भोलिपल्ट बिहान एक यात्रीले रेल्वे प्रहरी (जीआरपी)लाई जानकारी दिएपछि प्रहरी घटनास्थलमा पुगेर शव संकलन गरी रेवाडीस्थित शवगृहमा लगेको थियो । मृतकले लगाएको ड्युटीको पोसाकका आधारमा उनको पहिचान भएको थियो । त्यसपछि प्रहरीमार्फत आफन्तलाई खबर गरिएको थियो ।

    संजय बिकमार्फत घटनाबारे जानकारी पाएपछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको रेवाडी नगर समितिका प्रतिनिधिहरू अस्पताल पुगेका थिए । उनीहरूले प्रहरी, कम्पनीका सञ्चालक र मृतकका आफन्तसँग समन्वय गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाएका थिए ।

    मूल प्रवाहका केन्द्रीय सदस्य ज्ञानप्रसाद शर्मा र रेवाडी नगर समिति अध्यक्ष रामबहादुर खड्काको पहलमा कम्पनीसँग छलफल गरी मृतकका परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने र अन्त्येष्टिको सम्पूर्ण व्यवस्था मिलाइएको थियो । त्यसपछि २५ जुलाईमा पोस्टमार्टम सम्पन्न गरी रेवाडीमै दाहसंस्कार गरिएको थियो ।

    दाहसंस्कारमा मृतकका आफन्त दीपक बिक, संजय बिक, मनप्रसाद बिक, शालु र सुमित्रासहित मूल प्रवाहका क्षेत्रीय सल्लाहकार प्रेम अधिकारी, नगर समिति उपाध्यक्ष देवेन्द्र केसी, कोषाध्यक्ष जोगबहादुर आले, रूपेश रोका, लक्ष्मण श्रेष्ठ, सोम तिवारीलगायत अन्य सदस्यहरूको उपस्थिति रहेको थियो ।

    कम्पनीसँग भएको छलफलपछि मृतकका दुई जना आफन्तलाई नेपाल फर्कन यातायात खर्च तथा बाटो खर्च उपलब्ध गराउने सहमति भएको छ । साथै कम्पनीका सञ्चालकले मृतकका एक जना आफन्तलाई रोजगारी उपलब्ध गराउने आश्वासन दिएको मूल प्रवाहका केन्द्रीय सदस्य तथा पत्रकार ज्ञानप्रसाद शर्माले जानकारी दिएका छन् ।

    भारतका विभिन्न क्षेत्रमा रोजगारीका लागि गएका नेपाली श्रमिकहरू रेल तथा सडक दुर्घटनामा परेर ज्यान गुमाउने घटना समय–समयमा दोहोरिने गरेका छन् । यस्ता दुःखद घटनामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले कानुनी प्रक्रिया, शव व्यवस्थापन, अन्त्येष्टि तथा पीडित परिवारलाई आवश्यक समन्वय र सहयोग गर्दै आएको छ ।

    आइतबार, साउन १७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.