• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न


  •   सोमबार, साउन ११, २०८३ मा प्रकाशित
  • नयाँ दिल्ली, साउन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, नयाँ दिल्ली नगर समिति अन्तर्गतको महिला विभागले आर्थिक वर्ष २०८३ को प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न गर्दै आगामी ६ सेप्टेम्बर २०२६ मा कार्यक्रम भव्य रूपमा आयोजना गर्ने निर्णय गरेको छ।

    Advertisement

    महिला विभागकी संयोजक माया कुँवरको अध्यक्षता तथा मञ्जु रायमाझीको सञ्चालनमा सम्पन्न भेलाले प्रगतिशील तीज कार्यक्रमलाई व्यवस्थित, प्रभावकारी र भव्य रूपमा सम्पन्न गर्न आवश्यक तयारीलाई तीव्र बनाउने निर्णय गरेको हो। भेलाले कार्यक्रमको समग्र व्यवस्थापनका लागि माया कुँवरको संयोजकत्वमा व्यवस्थापन समिति समेत गठन गरेको छ।

    भेलामा केन्द्रीय समितिका सदस्य तथा क्षेत्रीय समितिका सचिव शिव केसी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा केन्द्रीय समिति सल्लाहकार विनबहादुर कुँवर, क्षेत्रीय समितिकी लक्ष्मी खडायत, नगर अध्यक्ष दिनेश पन्थी, विष्णु खनाल, महिला विभागकी मिना खनाल तथा जनसम्पर्क समितिका झविलाल अधिकारी अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

    कार्यक्रमको प्रारम्भमा ज्ञात तथा अज्ञात शहीदहरूप्रति सम्मान प्रकट गर्दै एक मिनेट मौनधारण गरिएको थियो। त्यसपछि सावित्रा कुँवरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

    कार्यक्रमको तयारीसँग सम्बन्धित हल व्यवस्थापन, ड्रेसकोड, आर्थिक तथा अन्य व्यवस्थापकीय पक्षसम्बन्धी प्रस्ताव हिमा भण्डारीले प्रस्तुत गर्नुभएको थियो। प्रस्तावमाथि भएको विस्तृत छलफलपछि भेलाले सर्वसम्मत रूपमा अनुमोदन गरेको जनाएको छ।

    प्रमुख अतिथि शिव केसीले प्रगतिशील तीजको ऐतिहासिक पृष्ठभूमि, सांस्कृतिक महत्व तथा यसको सामाजिक रूपान्तरणकारी भूमिकाबारे प्रकाश पार्दै तीज पर्वलाई महिला मुक्ति, समानता, न्याय र प्रगतिशील चेतनासँग जोडेर मनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले मन्तव्यका क्रममा नेपालको समसामयिक राजनीतिक परिस्थितिबारे पनि आफ्नो धारणा राख्नुभएको थियो।

    त्यसैगरी केन्द्रीय समिति सल्लाहकार विनबहादुर कुँवर, नगर अध्यक्ष दिनेश पन्थी, विष्णु खनाल, क्षेत्रीय समितिकी लक्ष्मी खडायत तथा रेसमा अधिकारीले पनि प्रगतिशील तीजको उद्देश्य, यसको सामाजिक सान्दर्भिकता र सफल आयोजनाका लागि सबैको सक्रिय सहभागिता आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको थियो।

    कार्यक्रमको अन्त्यमा अध्यक्ष माया कुँवरले सम्पूर्ण सहभागी तथा सहयोगीहरूप्रति धन्यवाद ज्ञापन गर्दै तयारी भेला सफलतापूर्वक सम्पन्न भएको घोषणा गर्नुभयो। उहाँले आगामी ६ सेप्टेम्बरमा आयोजना हुने प्रगतिशील तीज कार्यक्रमलाई ऐतिहासिक, अनुशासित र सफल बनाउन सम्पूर्ण सदस्य तथा शुभेच्छुकहरूलाई सक्रिय रूपमा सहभागी हुन आग्रह गर्नुभयो।

    सोमबार, साउन ११, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.