परासी, साउन ४। पश्चिम नवलपरासी (परासी) की २६ वर्षीया नाओमी सुनार विगत ६ दिनदेखि सम्पर्कविहीन भएकी छन्। परिवारले उनको खोजीमा सहयोग गरिदिन सम्बन्धित सुरक्षा निकाय तथा सर्वसाधारणसँग आग्रह गरेको छ।
नाओमी सुनार (जन्म मिति: ६ फेब्रुअरी २०००) अन्तिम पटक नेपालमै देखिएकी थिइन्। त्यसयता उनी परिवारको सम्पर्कमा नआएको उनका पिता हरि विकले बताएका छन्।
हरि विकका अनुसार नाओमीको विवाह ईश्वर विश्वकर्मासँग भएको छ। उनीहरूको चार वर्षीया छोरी एलिजाबेथ छिन्। नाओमी लामो समयसम्म सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ।
हाल नागाबजार, कोहिमा, नागाल्याण्ड (भारत) मा बसोबास गर्दै आएका पिता हरि विकले सम्बन्धित निकायसँग खोजी कार्यलाई प्रभावकारी बनाउन अनुरोध गरेका छन्। साथै, नाओमी सुनारको अवस्थाबारे कुनै जानकारी भए नजिकको प्रहरी कार्यालय वा परिवारलाई तत्काल जानकारी गराइदिन सर्वसाधारणसँग अपिल गरेका छन्।