• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

प्रवासी नेपालीको हकहितका लागि संगठनको विकल्प छैन : महासचिव भट्टराई


  •   शुक्रबार, साउन ०१, २०८३ मा प्रकाशित
  • खिमराज चालिसे,

    Advertisement

    भारत, १६ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव त्रिभुवन भट्टराईले भारतमा रहेका प्रवासी नेपालीहरूको हकहित, अधिकार तथा सुरक्षाका लागि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विकल्प नरहेको बताउनुभएको छ ।

    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज राजपुरा एरिया समितिको प्रथम एरिया सम्मेलनको उद्घाटन मन्तव्यको क्रममा सम्बोधन भट्टराईले भारतका विभिन्न सहर, उद्योग तथा श्रम क्षेत्रमा कार्यरत नेपालीहरूको हकअधिकार संरक्षण, श्रम शोषणविरुद्ध संघर्ष तथा कानुनी समस्यामा सहजीकरण गर्ने कार्यमा मूल प्रवाहले स्थापनाकालदेखि नै अग्रणी भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो ।

     “भारतमा रहेका नेपाली श्रमिकहरूले विभिन्न किसिमका समस्या भोगिरहेका छन् ।” उहाँले भन्नुभयो- “ती समस्याको समाधान, श्रमिकको अधिकार संरक्षण तथा कानुनी जटिलतामा साथ दिने काम मूल प्रवाहले निरन्तर गर्दै आएको छ । त्यसैले प्रवासी नेपालीहरूको हकहितका लागि यस संगठनको कुनै विकल्प छैन ।”

    सम्मेलनमा संगठनका केन्द्रीय, क्षेत्रीय तथा विभिन्न नगर समितिका पदाधिकारी र प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    कार्यक्रममा विशिष्ट अतिथिका रूपमा मूल प्रवाहका केन्द्रीय सदस्य तथा सुदूर पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष तारा सोमारेले संगठनको सुदृढीकरण, सदस्य विस्तार र प्रवासी नेपालीहरूबीच एकता अझ मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    सम्मेलनबाट निर्वाचित नयाँ कार्यसमितिको घोषणा केन्द्रीय सदस्य प्रेम आचार्यले गर्नुभएको थियो।

    सम्मेलनले राजु बनको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति तथा ७ सदस्यीय सल्लाहकार समिति गरी २८ सदस्यीय एरिया समिति सर्वसम्मत रूपमा गठन गरेको छ।

    नवनिर्वाचित समितिको उपाध्यक्षमा दिलबहादुर सुनार, सचिवमा रमेश साही, सहसचिवमा सीता शर्मा तथा कोषाध्यक्षमा मनु तामाङ चयन हुनुभएको छ। सदस्यहरूमा भुपाल सिंह, मालती पुन, चुरामणि बन, आशा पुन, नविता शर्मा, रञ्जिता कोइराला, हेमा घर्ती, कमला शर्मा, तीर्थकुमारी बिष्ट, पुष्कर बस्नेत, तुल्सीदेवी, सानु तामाङ, कुशुमदेवी, सुन्दर चन्द, लालबहादुर विक र बसन्त सुनार चयन हुनुभएको छ ।

    यसैगरी, सल्लाहकारहरूमा कविता थापा, सपना थापा, राधिका बन, निर्मला खड्का, रामराज बन, कल्पना शाही तथा सुकमाया शर्मा रहनुभएको छ।

    कार्यक्रममा केन्द्रीय सदस्य तिलक पौडेल, सुदूर पश्चिमोत्तर क्षेत्रीय सदस्य तथा पटियाला नगर अध्यक्ष विष्णुप्रसाद भुसाल, महिला संयोजक माया आचार्य, क्षेत्रीय सदस्यहरू प्रेम रसाइली, विमला बन्जाडे, रामजी भुसाल, नारायण भुसाल, पश्चिमोत्तर क्षेत्रीय सांस्कृतिक विभागका राजु खनाल तथा महिला क्षेत्रीय सदस्य सविता खनाललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    उक्त अवसरमा महासचिव त्रिभुवन भट्टराईले कार्यक्रममा सहभागी सांस्कृतिक कलाकारहरूलाई सम्मानपत्र प्रदान गरी सम्मान गर्नुभएको थियो ।

    कार्यक्रम दिलबहादुर सुनारको अध्यक्षता, गोपाल सापकोटाको सञ्चालन तथा रमेश साहीको स्वागत मन्तव्यसहित सम्पन्न भएको थियो । सम्मेलनलाई सफल बनाउन सहयोग पुर्‍याउने सबैप्रति आयोजकले आभार व्यक्त गरेको छ ।

    शुक्रबार, साउन ०१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.