• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

मीनराज रानाको सङ्क्षिप्त जीवनी


  •   मङ्गलबार, असार ३०, २०८३ मा प्रकाशित
  • ज्ञामुराम न्यौपाने ##

    Advertisement

    आमा बिनसरी राना र बुबा नरबहादुर रानाका पाँच सन्तानमध्ये पहिलो सन्तानको रूपमा २०३१ फागुन १४ गते मीनराज रानाको स्वर्गद्वारी नगरपालिका–२ धनबाङमा जन्म भएको थियो । उहाँको माध्यमिक तहको शिक्षा श्री बालसंस्कृत माध्यमिक विद्यालय धरमपानीमा भएको थियो । उहाँ विद्यार्थी कालदेखि नै अन्याय नसहने, समाजिक काममा सरोकार राख्ने र विद्यार्थीको हकहितका लागि आन्दोलनमा समाहित हुनुभएको थियो । अनेरास्ववियु (छैठौ), रक्तिम परिवार, युवक सङ्घ, हुँदै उहाँ जिम्मेवार सामाजिक कार्यकर्ता र पार्टी नेताको रूपमा अगाडि बढ्नुभएको थियो ।

    २०४६ सालको पञ्चायत विरोधी आन्दोलनमा उहाँको सहभागिता रहेको थियो । २०६२–६३ सालमा सञ्चालित गणतन्त्रप्राप्तिको आन्दोलन र सङ्घीयता विरोधी काठमाडौँकेन्द्रित आन्दोलनमा पनि उहाँको सक्रिय सहभागिता रहेको थियो । प्युठानलाई ५ नम्बर प्रदेशबाट ४ नम्बर प्रदेशमा लैजाने सरकारको निर्णय विरुद्धको आन्दोलन २०७२ सालमा पनि उहाँको सशक्त सहभागिता रहेको थियो ।

    पार्टीनिकट रहेका विभिन्न जनवर्गीय सङ्गठनमा उहाँले सक्रियतापूर्वक काम गर्नुभएको थियो । पछिल्लो समयमा उहाँले अखिल नेपाल जनजाति सम्मेलन केन्द्रीय समितिको सल्लाहकार र प्युठान जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

    शिक्षाविना समाजमा परिवर्तन हुन सक्दैन भन्ने उहाँको दृढ विश्वास थियो । उहाँले शैक्षिक वातावरण सिर्जना गर्न आफ्नो जीवनको उर्वर समय समर्पण गर्नुभएको पाइन्छ । आफू जन्मेको गाउँ धनबाङमा रहेको पृथ्वी नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको २०५८ सालमा सम्पन्न चुनावबाट विद्यालय व्यवस्थापन समितिमा उहाँ अध्यक्ष रहँदा विद्यालयको राम्रो प्रगति भएको स्थानीयहरू बताउँछन् ।

    आफूले अध्ययन गरेको बालसंस्कृत माध्यमिक विद्यालय धरमपानीको २०६४ सालमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनेर जनतामा शिक्षाको ज्योति फैलाउन उहाँले सक्रिय भुमिका खेल्नुभएको थियो । उहाँ अध्यक्ष भइरहेको समयमा त्यहाँको ठुलो जनसङ्ख्यालाई अध्ययन गर्नको लागि धरपानी अपायक रहेको, जनतालाई अनुकूल स्थानमा विद्यालय हुनुपर्छ भनेर उहाँले लामो सङ्घर्ष गर्नुभएको थियो । यस विषयमा पुनरावेदन अदालत तुलसीपुर हुँदै सर्वोच्च अदालतसम्म उहाँहरूले मुद्दाको सामनासमेत गर्नुपर्‍यो । लामो सङ्घर्षपश्चात् जनचाहनाअनुरूप २०६५ सालमा अडेबासमा नयाँ विद्यालय बाल माध्यमिक विद्यालय स्थापना भयो । बाल मावि स्थापना गर्न मीनराज राना, वीरबहादुर पुन, इमानसिंह खड्कालगायतका व्यक्तिहरूले लामो अवधि खटेर सम्भव भएको थियो । विद्यालय स्थापना भएपछि मीनराज राना सो विद्यालयको अध्यक्ष हुनुभयो । उहाँले विद्यालय भवनलगायतका पूर्वाधारको विकास, विषय शिक्षकको व्यवस्था गर्न दत्तचित्त भएर लामो समयसम्म काम गर्नुभयो ।

    मीनराज रानाको १८ वर्षको उमेरमा डिमा रानासँग प्रेमविवाह भएको थियो । उहाँहरूका कुलबहादुर राना, मनोज राना र दीपक राना गरी तीन जना छोरा रहनुभएको छ ।

    परिवारको जेठो सन्तान भएकाले आफ्ना चार भाइबहिनी र बुबाआमाको ख्याल गर्ने जिम्मेवारी पनि उहाँको थाप्लोमै थियो । बुबाको स्वास्थ्य अवस्था राम्रो थिएन । पटकपटक उपचार गरिरहनपथ्र्यो । घरको आर्थिक अवस्था कमजोर भएका कारण उहाँ २०५६ सालतिर रोजगारीको लागि भारतमा गएर दुई वर्ष नोकरी पनि गर्नुभएको थियो । त्यहाँ रहँदा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा आबद्ध हुनु भएको थियो । प्रवासमा बसेर समाजको काम गर्न अनुकूल नभएपछि उहाँ फेरि स्वदेशमै केही गरौँ भन्ने भावनाले गाउँ फर्केर पार्टी र सामाजिक काममा सक्रिय हुनभयो ।

    उहाँमा जनताप्रतिको सेवाभाव उच्च प्रकारको रहेको थियो । उहाँ सरल जीवनशैली, अनुशासित र वामपन्थी आन्दोलनप्रति निष्ठावान् सामाजिक कार्यकर्ताका रूपमा चिनिनुहुन्थ्यो । स्थानीय निर्वाचन नभएको समयमा उहाँले सर्वदलीय समितिमा रहेर जनताका आवश्यकताका विषयमा लामो अवधिसम्म काम गर्नुभएको थियो । यसले उहाँलाई जनताको बिचमा स्थापित गरेको थियो ।

    पर्यटकीय केन्द्र स्वर्गद्वारीलाई मदत पुग्ने गरी धनबाङलाई ग्रामीण होमस्टेको रूपमा विकास गर्न उहाँको विशेष भूमिका रहेको थियो । सुन्तलाको पकेटक्षेत्र निर्माण गर्न उहाँ उत्तिकै सक्रियतापूर्वक लाग्नुभयो, जसले गर्दा स्थानीय किसानमा उत्साह सिर्जना गर्‍यो । उहाँ स्वर्गद्वारी नगरपालिका–२ को २०७४ सालको निर्वाचित वडाध्यक्ष बनेपछि जनताको पक्षमा महत्त्वपूर्ण काम गर्नुभएको थियो । २०७९ सालमा उहाँ स्वर्गद्वारी नगरपालिकाको उपप्रमुख निर्वाचित भएपछि शिक्षा, खानेपानी, सडक यातायात, कृषि, ग्रामीण पर्यटनजस्ता क्षेत्रमा महत्त्वपूर्ण सामाजिक योगदान पुर्‍याउनुभएको थियो । कठिन भूगोलको बिचमा भिङ्ग्री–धनबाङ सडक निर्माणमा उहाँ अहोरात्र खट्नुभएको थियो ।

    मीनराज रानामगर स्वर्गद्वारी नगरपालिकाको विकास निर्माणको काममा सक्रियतापूर्वक खटिरहनु भएको समयमा नगरपालिकाद्वारा सञ्चालित विभिन्न योजनाको अनुगमन गरेर फर्कने क्रममा २०८३ असार १३ गते स्वर्गद्वारी–२ धबवाङको बाङ्गेसल्ला भन्ने ठाउँमा सवारी दुर्घटना हुँदा उहाँको घटनास्थलमै दुःखद निधन हुन पुग्यो ।

    मीनराज रानामगर नेपाल कम्युनिस्ट पार्टी (मसाल) प्युठान जिल्ला समितिको सचिवालय सदस्य तथा राष्ट्रिय जनमोर्चा जिल्ला समिति प्युठानका सल्लाहकारसमेत रहनुभएको थियो ।

    मृत्युपश्चात् स्थानीय धनबाङ खोलामा भएको उहाँको अन्त्येष्टिमा पार्टी नेता, जनप्रतिनिधि र ठुलो सङ्ख्यामा स्थानीय जनताको उपस्थिति रहेको थियो । अन्त्येष्टिको परिदृश्यले उहाँप्रति जनतामा अपार श्रद्धाभाव रहेको जो जोकोहीलाई महसुस हुन्थ्यो ।

    उहाँ बितेको तेह्रौँ दिनको स्मृतिमा २०८३ असार २५ गते निवासमा आयोजित श्रद्धाञ्जली सभामा पार्टीका केन्द्रीय नेताहरू बोमबहादुर खत्री, कृष्णबहादुर खड्का, सुरेश थापा, तिलकबहादुर जिसीलगायतका वक्ताले दिवङ्गत मीनराज रानाको विषयमा प्रकाश पार्नुभएको थियो । श्रद्धाञ्जली सभामा दाङ, प्युठान र रोल्पाका नेता तथा जनप्रतिनिधिको उल्लेखनीय सहभागिता रहेको थियो ।

    उहाँका सहकर्मी तथा स्वर्गद्वारी नगरपालिकाका प्रमुख टेकप्रसाद भण्डारीले शोकशोभामा उहाँ आर्थिक व्यवहारमा अत्यन्त अनुशासित, कर्मचारीप्रति असाध्यै राम्रो व्यवहार गर्ने, नगरपालिका सञ्चालनमा आपसी परामर्श र सहमति कायम गरेर नगर विकासमा दत्तचित्त भएर लाग्ने गर्नुहुन्थ्यो भनी टिप्पणी गर्नुभएको थियो। कार्यसम्पादनको क्रमममा दिवङ्गत हुनुभएका नगर उपप्रमुखको स्मृतिमा नगरपालिकाअगाडि सालिक निर्माण गर्ने उहाँले जानकारी गराउनुभएको थियो ।

    उहाँका भाइहरू भीम राना र योगेश रानामा पनि राजनीतिक समर्पण र सामाजिक भावना उत्तिकै विद्यमान रहेको थियो । उहाँका माहिलो भाइ भीम रानाको २०७४ सालमा र साहिलो भाइ योगेश रानाको २०७७ सालमा असामयिक निधन भएको थियो । उहाँकी आमा बिनसरी रानाको २०६८ सालमा र बुबा नरबहादुर रानाको २०७२ सालमा निधन भइसकेको छ । अकाल मृत्युले उहाँको घर आक्रान्त बनेको छ ।

    परिवर्तनप्रति दृढ विश्वास राख्नु, समाजवादी व्यवस्थाप्रति अठोटको भावना र विचार गरेर थोरै बोल्नु, अरूप्रति पनि समान व्यवहार गर्नु, सबैसँग संवाद र सहमति कायम गर्नु, विकासप्रति सधैँ जागरुक रहनु उहाँका विशेषता थिए ।

    मीनराज रानाको असामयिक निधनले प्युठानको वामपन्थी आन्दोलन र सामाजिक विकासमा अपुरणीय क्षति पुगेको छ । इमानदार सामाजिक कार्यकर्ता र जिम्मेवार नेताको मृत्युले पार्टी पङ्क्ति र सिङ्गो जिल्लावासीलाई स्तब्ध बनाएको महसुस भइरहेको छ । उहाँ मरेर पनि सबैका बिचमा अमर रहनुहुनेछ ।

    मङ्गलबार, असार ३०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.