• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

‘रक्तिम साँझ–२०८३’ अपेक्षाभन्दा बढी नै राम्रो भएको छ : बुढा (भिडियो अन्तर्वार्ता)


  •   शनिबार, असार २०, २०८३ मा प्रकाशित
  • काठमाडौँ । रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष गिरीप्रसाद बुढाले ‘रक्तिम विशेष साँझ–२०८३’ अपेक्षा गरिएकोभन्दा धेरै राम्रो भएको दाबी गर्नुभएको छ ।

    Advertisement

    युगदर्शन मिडियाका लागि कार्यकारी सम्पादक प्रकाश थापामगरसित २०८३ असार १८ गते बिहान सङ्क्षिप्त भिडियो अन्तर्वार्ता दिँदै उहाँले सो दाबी गर्नुभएको हो ।

    उहाँले भन्नुभयो– ‘रक्तिम विशेष साँझ–२०८३ हामीले अपेक्षा गरेकोभन्दा बढी नै राम्रो भएको महसुस गरेका छौँ ।’

    अध्यक्ष बुढाले यो कार्यक्रमबाट आमजनतासँगै रक्तिम अभियानको पङ्क्तिमा समेत उत्साह बढेर गएको उहाँले जिकिर गर्नुभयो ।

    ‘यो कार्यक्रमले आम जनमानस र रक्तिम सांस्कृतिक अभियानभित्र पनि नयाँ उत्साह पैदा गरेको छ’ उहाँको भनाइ थियो ।

    लामो समयपछि रक्तिमले यस खालको देशव्यापी सांस्कृतिक कार्यक्रम सञ्चालन गर्नुलाई एक प्रकारको दुस्साहसजस्तो पनि मानिएको उहाँको बुझाइ थियो ।

    कार्यक्रम सफल पार्न आयोजकको तर्फबाट विविधता ल्याउन खोजिएको, त्यसमा समावेशिता पनि सामेल गरिएको तथा नयाँ प्रतिभालाई पनि पर्याप्त मात्रामा स्थान दिन खोजिएको उहाँले खुलासा गर्नुभयो ।

    यसपटकको सांस्कृतिक अभियान रक्तिमका पुराना र नयाँ कलाकारको पुनर्मिलनजस्तो भएको सन्दर्भ जोड्दै उहाँले यसबाट सकारात्मक आशा पलाएको स्वीकार गर्नुभयो ।

    ‘विगतमा पलायन भएका वा निस्क्रिय भएका साथीहरूमा प्रतिकूल परिस्थितिमा पनि रक्तिम अगाडि बढिरहेको देख्दा खुसी महसुस भइरहेको छ’ उहाँले भन्नुभयो– ‘वास्तवमा रक्तिम निरन्तर अगाडि बढ्दो रहेछ भन्ने नयाँ आशा उहाँहरूमा पलाइरहेको हामीले महसुस गरेका छौँ ।’

    उहाँले रक्तिमसँग जोडिएका सबै नयाँपुराना कलाकार साथीहरूलाई सक्रिय हुनका लागि, रक्तिमको सिद्धान्तप्रति प्रतिबद्ध हुनका लागि आह्वान गरिरहेको जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो– ‘हामीले विगतमा कतिपय कारणले रक्तिमलाई छोडेर बाटो बिराएका साथीहरूलाई मूलघरमै फर्किन आह्वान गरिराखेका छौँ । धेरै साथीहरू सकारात्मक पनि देखिनुभएको छ ।’

    अर्कोतर्फ उहाँले कलाक्षेत्रमा रक्तिमको पुन: सक्रियताले जनतामा पनि त्यत्तिकै आशा पलाएको बताउनुभयो ।

    ‘जनताले नयाँ तरिकाले, नयाँ आशाभरोसा, नयाँ उमङ्गको रूपमा रक्तिम सांस्कृतिक अभियानको कार्यक्रमलाई बुझेको पायौँ’ उहाँको भनाइ थियो ।

    अभियानको क्रममा कतिपय जनताले रक्तिम निस्क्रिय भइसकेको गुनासो गरेको सन्दर्भ उहाँले यस सन्दर्भमा जोड्नुभयो ।

    मोबाइल, इन्टरनेट र सामाजिक सञ्जाल जस्ता आधुनिक सूचना प्रविधिको वर्तमान युगमा रक्तिमको लाइभ कार्यक्रमको सान्दर्भिकताबारे उहाँले यसलाई जनताले झन् बढी रुचाएको बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘हामीलाई प्रत्यक्ष रूपमै भेटेर, भौतिक रूपमै हाम्रो कार्यक्रममा उपस्थित भएर सुनेको, हेरेको कार्यक्रमको छाप दिगो रहने गरेको हामीले पायौँ ।’

    अहिलेको अभियान जनतालाई सिकाउने र आफूहरूले उनीहरूबाट पनि सिक्ने रूपमा रहेको उहाँको भनाइ थियो ।

    ‘हामीले जे जति प्रयास गरेका थियौँ, त्यो कुरामा आंशिक रूपमा भए पनि जनताले सही कुरा बुझ्न पाएका छन्’ उहाँले भन्नुभयो– ‘हामीले पनि अहिलेको कार्यक्रममार्फत् जनताबाट धेरै कुरा सिक्न पाएका छौँ ।’

    आगामी दिनमा आफ्ना कलाप्रस्तुतिमा सुधार गर्नुपर्ने आवश्यकता महसुस गरेको अध्यक्ष बुढाको स्वीकारोक्ति थियो ।

    रक्तिमले मूलत: गीतिनाटक प्रदर्शन गर्ने गरेकोमा अहिलेको संवादमूलक नाटक ‘युग बोल्छ’ को प्रदर्शन आफैमा दुस्साहस भएको उहाँको भनाइ थियो ।

    त्यस्तै उहाँले गीतसङ्गीत र नृत्यको क्षेत्रमा पनि पर्याप्त परिमार्जनको आवश्यकता रहेको बुढाले स्पष्ट पार्नुभयो ।

    ‘साधारण किसान वा साधारण मान्छेहरूले सम्म पनि बुझ्न सक्ने सरल खालको गीतसङ्गीत हामीले निर्माण गर्नुपर्छ भन्ने अनुभूति यो अभियानमा भएको छ’ उहाँको भनाइ थियो ।

    अन्तर्वार्ताको क्रममा लामो समयपछि रक्तिमले महत्त्वाकाङ्क्षी कार्यक्रमको रूपमा देशव्यापी सांस्कृतिक कार्यक्रम आयोजना गरेकोमा त्यसलाई सफल पार्न सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापनसमेत गर्नुभयो ।

    (अन्तर्वार्ताको पूर्ण पाठका लागि युगदर्शन मिडियाको युट्युब च्यानल वाच गर्नुहोला)

    शनिबार, असार २०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.