• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

फतेहाबादमा अखिल भारत नेपाली विद्यार्थी संघको प्रथम नगर भेला सम्पन्न

"वाम कार्यगत एकतामा महासचिव भट्टराईको जोड "

  •   आइतबार, असार १४, २०८३ मा प्रकाशित
  • खिमराज चालिसे

    Advertisement

    फतेहाबाद (भारत), २८ जुन । अखिल भारत नेपाली विद्यार्थी संघको फतेहाबाद नगर समितिको प्रथम नगर भेला आइतबार विशेष समारोहका बीच भव्य रूपमा सम्पन्न भएको छ।

    भेलाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा मूल प्रवाहका महासचिव त्रिभुवन भट्टराई ले घरपरिवार र आफ्नो देश छाडेर नयाँ वातावरणमा अध्ययनका लागि पुगेका विद्यार्थीहरूले विभिन्न प्रकारका चुनौतीहरूको सामना गर्नुपर्ने उल्लेख गर्दै त्यस्तो अवस्थामा विद्यार्थी संगठनले बलियो अभिभावकको भूमिका निर्वाह गर्ने बताउनुभयो। उहाँले विद्यार्थीहरूलाई संगठित हुन आग्रह गर्नुभयो।

    सम्बोधनका क्रममा महासचिव भट्टराईले नेपालको वर्तमान राजनीतिक परिस्थितिमा व्यापक वाम एकताको आवश्यकता औँल्याउनुभयो। विगतका गल्ती तथा कमजोरीहरूलाई सच्याउँदै अघि बढ्नुपर्ने समय आएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “समयको माग र नेपाली श्रमिक वर्गको हितका लागि विगतका गल्ती–कमजोरीहरूलाई सच्याउँदै बृहत् वाम कार्यगत एकता कायम गर्नु आजको अपरिहार्य आवश्यकता हो।”

    समारोहमा मूल प्रवाहका केन्द्रीय सदस्य तथा सुदूर पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष तारा सोमारे ले मूल प्रवाहको गौरवमय इतिहास तथा विद्यार्थी संघसँग रहेको संगठनात्मक सम्बन्धबारे प्रकाश पार्नुभएको थियो।

    भेलाद्वारा निर्वाचित पदाधिकारी तथा सदस्यहरूको प्यानल अखिल भारत नेपाली विद्यार्थी संघका सुदूर पश्चिमोत्तर क्षेत्रीय सदस्य एवं हिसार नगर अध्यक्ष लक्ष्मी रास्कोटी ले प्रस्तुत गर्नुभएको थियो।

    भेलाले नविन विक को अध्यक्षतामा १५ सदस्यीय नगर समिति गठन गरेको छ। समितिको उपाध्यक्षमा विनीता थापा, सचिवमा युवराज जिसी, सहसचिवमा नेहा शर्मा तथा कोषाध्यक्षमा हिना सुनार निर्वाचित हुनुभएको छ।

    त्यसैगरी सदस्यहरूमा वंशिका थापा, निखिल सुनार, पर्विन सुनार, आयुष सुनार, कार्तिक सुनार, आर्यन सुनार, जस्सन जिसी, अक्षिता लगायत निर्वाचित भएका छन्।

    भेलामा मूल प्रवाह फतेहाबाद नगर समितिका अध्यक्ष केबी किशन, उपाध्यक्ष शिवलाल सुनार, सदस्य सुष्मा सुनार, सुशीला विक तथा विद्यार्थी संघका कृति बीसी, कमला थापा, सुशीला सुनार, शिवलाल सुनार र सङ्गीता ताम्राकारलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

    कार्यक्रम नविन विकको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन कमला बगालेले गर्नुभएको थियो। कार्यक्रममा बाबुराम बीसीले स्वागत मन्तव्य राख्नुभएको थियो।

    आइतबार, असार १४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.