काठमाडौं, ९ असार । कतारको रास लाफान इन्डस्ट्रियल सिटीस्थित एक कारखानामा भएको विस्फोटमा १२ भारतीयसहित १३ जनाको मृत्यु भएको छ।
Advertisement
दोहास्थित भारतीय दूतावासले सामाजिक सञ्जाल ‘एक्स’मार्फत कतारी अधिकारीहरूको हवाला दिँदै घटनामा १२ भारतीय नागरिकको मृत्यु भएको पुष्टि गरेको जनाएको छ। घाइते सबैको अवस्था स्थिर रहेको र उपचार जारी रहेको पनि दूतावासले जानकारी दिएको छ।
दूतावासका अनुसार प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन तथा मृतकको शव यथाशीघ्र भारत पठाउने व्यवस्था मिलाउन कतारी अधिकारीहरूसँग समन्वय भइरहेको छ।
यसअघि कतारका ऊर्जामन्त्री साद बिन श्रैदा अल–काबीले घटनामा भारतीय र पाकिस्तानी मूलका गरी १३ जनाको मृत्यु भएको पुष्टि गरेका थिए। कतारमा आठ लाखभन्दा बढी भारतीय कामदार कार्यरत छन्।