• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

सरकार देश र जनताको दायित्वमा कि विदेशी प्रभावको छायामा


  •   मङ्गलबार, असार ०२, २०८३ मा प्रकाशित
  • जापान, नवीन बस्याल

    Advertisement

    नेपालले लामो राजनीतिक सङ्घर्षपछि करिब २४० वर्ष पुरानो राजतन्त्रको अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको यात्रा तय गर्‍यो । त्यसपछि संविधानसभा निर्वाचन दुईपटक सम्पन्न भए । नयाँ संविधान जारी भयो । देशमा पटकपटक आम निर्वाचन सम्पन्न भए । कहिले एकल बहुमतका त कहिले गठबन्धनका सरकार बने । राजनीतिक व्यवस्था परिवर्तनसँगै जनताले समृद्धि, सुशासन, राष्ट्रिय स्वाभिमान र सामाजिक न्यायको अपेक्षा गरेका थिए तर जनताले भनेको जस्तो नहुन सकेको सत्य तपाईंहाम्रो अगाडि छर्लङ्ग छ ।

    गणतन्त्र भनेको जनताको सार्वभौम अधिकार स्थापित हुने, राज्यसत्ता जनताप्रति उत्तरदायी बन्ने र जनताको आवश्यकता तथा चाहनाअनुसार शासन सञ्चालन हुने व्यवस्था हो तर विगतका धेरै सरकारको कार्यशैली हेर्दा जनताले अपेक्षा गरेअनुसार परिणाम प्राप्त गर्न नसकेको गुनासो निरन्तर सुनिँदै आएको छ । अझ कतिपय पूर्व प्रधानमन्त्री र शीर्ष नेताहरूले नै सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको स्वीकारोक्ति सार्वजनिक रूपमा गरेका उदाहरण छन् । यो एउटा सत्य ताजा छ ।

    नेपालमा राष्ट्रिय स्वाधीनता, सीमा सुरक्षा, कालापानी, लिम्पियाधुरा–लिपुलेक विवाद, सन् १९५० को नेपाल–भारत सन्धि, सङ्घीयताको कार्यान्वयन, एमसिसी, एसपिपी, सहकारी ठगी प्रकरण तथा विभिन्न भ्रष्टाचारका घटनाको निष्पक्ष छानबिनलगायत विषयमा विभिन्न समयमा आन्दोलन र विरोध प्रदर्शन हुँदै आएका छन् । यी विषय केवल राजनीतिक बहसका विषय मात्र होइनन्, राष्ट्रिय हितसँग जोडिएका संवेदनशील सवाल पनि हुन् सरकार यी विषयमा सचेत नभएको पनि त हामीले भोगेका छौँ ।

    हालको राजनीतिक परिस्थिति हेर्दा सरकार गठनको प्रक्रिया, दलका गठबन्धन र शक्तिसन्तुलनबारे विभिन्न कोणबाट बहस भइरहनु पनि यसको परिणाम हो । विशेष गरी सामाजिक सञ्जालसम्बन्धी सरकारी नीतिको विरोधमा भएको विद्यार्थी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमलाई लिएर अनेक विश्लेषण सार्वजनिक भएका छन् । केहीले त्यसलाई लोकतान्त्रिक असन्तुष्टिको अभिव्यक्ति मानेका छन् भने केहीले बाह्य प्रभाव र स्वार्थसमूहको भूमिका रहेको आशङ्का व्यक्त गरेका छन् । यसको मुख्य केन्द्रबिन्दु तत्कालीन जेनजी आन्दोलन एउटा उदाहरण हो । यो केवल सामान्य माग मात्र थियो तर विषयवस्तु अन्तै मोडियो र विध्वंस मच्चियो र सङ्कट निर्माण भएको हो ।

    हालै निर्वाचनपछि सत्तामा पुगेका राजनीतिक शक्तिले आन्दोलनका क्रममा गरेका प्रतिबद्धता र अहिलेको व्यवहारबिच कति समानता छ भन्ने प्रश्न पनि उठ्न थालेको छ । जनताले परिवर्तनको पक्षमा मतदान गरे पनि परिवर्तनको अनुभूति किन गर्न सकेका छैनन् भन्ने विषय आजको प्रमुख राजनीतिक बहस बनेको छ । सरकारका केही अभिव्यक्ति र गतिविधिले पनि जनस्तरमा प्रश्न जन्माएका छन् । राष्ट्रियता, सीमा समस्या तथा नेपाल–भारत सम्बन्धका विषयमा व्यक्त गरिएका कतिपय धारणा सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म विवाद र बहसको विषय बनेका छन् । यस्ता विषयमा सरकार स्पष्ट, जिम्मेवार र राष्ट्रहित केन्द्रित हुनुपर्ने अपेक्षा स्वाभाविक हो । यी विषयमा देशको जिम्मेवार तह नै असंवेदनशील भएको हामीले देखिरहेका छौँ ।

    प्रधानमन्त्री जस्तो जिम्मेवार मान्छेले नै “भारतको सीमा पनि नेपालले मिचेको छ” भन्नु कतिको सत्य हो ? भविष्यले मूल्याङ्कन गर्ला । त्यसैगरी संसद्को प्रभावकारी सञ्चालन, जनप्रतिनिधिको सक्रिय उपस्थिति, प्रतिपक्षको भूमिकाको सम्मान तथा राष्ट्रिय महŒवका विषयमा खुला बहस लोकतन्त्रका आधारभूत आवश्यकता हुन् । यदि संसद् प्रभावकारी बन्न सकेन, जनताको आवाज नीतिनिर्माणमा प्रतिबिम्बित हुन सकेन र सरकार जनउत्तरदायी देखिएन भने लोकतान्त्रिक व्यवस्थाप्रति नै नागरिकको विश्वास कमजोर हुन सक्छ ।

    आज आवश्यकता सरकारको आलोचना वा समर्थन मात्र होइन, राष्ट्रिय हितको पक्षमा निष्पक्ष मूल्याङ्कन गर्नु हो । सरकार जुनसुकै दलको किन नहोस्, त्यसको पहिलो दायित्व नेपाली जनता, नेपालको सार्वभौमिकता, राष्ट्रिय स्वाभिमान र संविधानप्रति हुनुपर्छ । विदेशी सम्बन्ध आवश्यक हुन्छन् तर ती सम्बन्ध राष्ट्रिय हितभन्दा माथि हुन सक्दैनन् । नेपालको भविष्य सुरक्षित, स्वाधीन र समृद्ध बनाउन नागरिक सचेतना, जनउत्तरदायी शासन र राष्ट्रिय हितप्रति अडिग प्रतिबद्धता अपरिहार्य छ । लोकतन्त्रको सफलताको मापन चुनाव सम्पन्न हुनुमा मात्र होइन, जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्नुमा निर्भर रहन्छ । त्यसैले आजको मूल प्रश्न यही हो– सरकार जनताको पक्षमा छ कि जनताले अझै आफ्‌नो सरकार खोजिरहेका छन् ? यी यस्ता सामान्य गतिविधिका कारण पनि सरकारप्रति सहजै प्रश्न उठाउन सकिन्छ ।

    लोकतन्त्र सरकारको मूल्याङ्कन समर्थन वा विरोधका आधारमा होइन, कार्यसम्पादन, पारदर्शिता र जनउत्तरदायित्वका आधारमा गरिनुपर्छ । सरकार जुनसुकै दलको नेतृत्वमा बनेको भए पनि त्यसको पहिलो दायित्व नेपाली जनता, नेपालको सार्वभौमिकता, राष्ट्रिय स्वाभिमान र संविधानप्रति नै हुनुपर्छ । अन्तर्राष्ट्रिय सम्बन्ध आवश्यक र अपरिहार्य भए पनि ती सम्बन्ध राष्ट्रिय हितभन्दा माथि हुन सक्दैनन् । आज नेपाली जनताले सरकारसँग केवल आश्वासन होइन, परिणाम खोजिरहेका छन् । त्यसैले मूल प्रश्न अझै जीवित छ : के सरकार वास्तवमै जनताको अपेक्षा र राष्ट्रिय हितको पक्षमा उभिएको छ कि जनताले अझै पनि आफ्‌नो सपना पूरा गर्ने सरकारको प्रतीक्षा गरिरहेका छन् कि अर्को आन्दोलन आवश्यक हुन गएको छ । यो गम्भीर विषय बनेका छन् ।

    मङ्गलबार, असार ०२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.