• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

सन्धिखर्कमा ‘रक्तिम साँझ–२०८३’ भव्य रूपमा सम्पन्न (फोटा फिचर सहित)


  •   सोमबार, असार ०१, २०८३ मा प्रकाशित
  • अर्घाखाँची, जेठ ३१ । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कस्थित सभाहलमा रक्तिम सांस्कृतिक अभियानद्वारा आयोजित विशेष सांस्कृतिक कार्यक्रम ‘रक्तिम साँझ–२०८३’ शनिबार भव्य रूपमा सम्पन्न भएको छ । जनवादी कला, साहित्य तथा संस्कृतिको संरक्षण, प्रवद्र्धन र सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा जिल्लाका विभिन्न क्षेत्रबाट आएका दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

    Advertisement

    कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय कलाकारहरूले जनवादी गीत, नृत्य तथा सशक्त सन्देश बोकेको नाटक ॅयुग बोल्छ’ प्रस्तुत गरेका थिए। कलाकारहरूको जीवन्त प्रस्तुति, सन्देशमूलक गीत–संगीत र नाट्य प्रदर्शनले दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो । कार्यक्रमभर दर्शकहरूको उत्साहजनक सहभागिता तथा प्रशंसाले सभाहलको वातावरण थप उत्साहपूर्ण बनेको आयोजकले जनाएको छ।

    रक्तिम सांस्कृतिक अभियानले लामो समयदेखि सांस्कृतिक आन्दोलनमार्फत समाजमा जनचेतना फैलाउने कार्य गर्दै आएको छ। पञ्चायती व्यवस्थाकै समयदेखि गाउँ–गाउँ र बस्ती–बस्तीमा पुगेर गीत, संगीत, नाटक तथा नृत्यमार्फत सामाजिक, राजनीतिक र सांस्कृतिक विषयमा जनतालाई सचेत बनाउने अभियान सञ्चालन गर्दै आएको इतिहास रहेको अभियानका प्रतिनिधिहरूले बताएका छन्।

    आयोजकका अनुसार संस्कृति केवल मनोरञ्जनको माध्यम मात्र नभई समाज रूपान्तरण र चेतना विस्तारको प्रभावकारी साधन पनि हो। यही मान्यतालाई आत्मसात् गर्दै रक्तिम सांस्कृतिक अभियानले देशभर विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ। काठमाडौंबाट सुरु गरिएको यस वर्षको सांस्कृतिक यात्रा अन्तर्गत विभिन्न जिल्लामा कार्यक्रम सम्पन्न गर्दै अभियान अर्घाखाँचीको सन्धिखर्क पुगेको हो।

    कार्यक्रममा प्रस्तुत गीत, नृत्य तथा नाटकहरूले समसामयिक सामाजिक विषय, श्रमजीवी वर्गको जीवन, राष्ट्रिय एकता, सामाजिक न्याय तथा परिवर्तनका सन्देशहरूलाई कलात्मक ढंगले प्रस्तुत गरेका थिए। दर्शकहरूले कलाकारहरूको प्रस्तुति मन पराउँदै यस्ता कार्यक्रमले समाजमा सकारात्मक सोच, जागरण र एकताको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।

    रक्तिम सांस्कृतिक अभियानले आगामी दिनहरूमा पनि देशका विभिन्न जिल्लाहरूमा यस्ता सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। आयोजकका अनुसार कला र संस्कृतिमार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै जनचेतना अभिवृद्धि गर्ने अभियानलाई अझ सशक्त रूपमा अघि बढाइनेछ ।

    सांस्कृतिक कार्यक्रमले स्थानीय दर्शकहरूमा उत्साह थप्नुका साथै कला, संस्कृति र सामाजिक चेतनाबीचको सम्बन्धलाई थप मजबुत बनाएको सहभागीहरूको भनाइ रहेको छ ।

    कार्यक्रम असार ६ गते प्यूठानको जुम्री, असार ७ गते रोल्पाको सुलिचौर र असार १३ गते बुटवलमा पुगी पहिलो चरणको कार्यक्रम सम्पन्न गरिने अध्यक्ष गिरीप्रसाद बुढाले युगदर्शनलाई जानकारी दिनुभयो ।

     

    सोमबार, असार ०१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.