• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

युट्युब ट्रेन्डिङको नम्बर एकमा ‘बदला बरीलै’


  •   सोमबार, साउन १९, २०७७ मा प्रकाशित
  • रामबहादुर थापा, बागलुङ ।
    बलात्कृत चेलीको बेदना र विद्रोह झल्काउने तीज गीत ‘बदला बरीलै’ सार्वजनिक भएको दुई दिनमै युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा उक्लेको छ । गीतको भिडियो अहिले युट्युबमा सर्वाधिक हेरिएकामध्ये नम्बर एकमा छ । गीतको ‘भ्यूज’ आज साँझसम्ममा १० लाख नाघेको छ।

    Advertisement

    गीतमा लोक गायक प्रकाश सपुतको शब्द÷सङ्गीत र लोक गायिका देवी घर्तीको स्वर छ । भिडियो निर्देशन पनि सपुतले गर्नु भएको छ । भिडियोमा नायिका केकी अधिकारी र धु्रव कोइरालाको मुख्य अभिनय छ ।

    समाजको ज्वलन्त मुद्दा, मौलिक रचना र जीवन्त प्रस्तुतीले गीतलाई सम्प्रेष्य बनाएको छ । गीतले बलात्कार जस्तो जघन्य अपराधको शिकार बन्न विवश महिलाको कथालाई लोक लयात्मक ढङ्गबाट प्रस्तुत गरिएको छ ।

    ‘पहिलेदेखि नै तीज गीतमा केही न केही महिलाका विषय उठान हुन्थे’, गायक सपुतले भन्नुभयो, ‘यसपटक पनि हामीले त्यसैलाई निरन्तरता दिएका छौँ ।’

    बलात्कृत हुँदाको महिलाको पीडा र विवशताबाट शुरु भएको गीतको कथा बदलामा गएर टुङ्गिन्छ । अपराध कर्म गर्ने जो कोही एक न एक दिन सजायको भागीदार हुनै पर्ने प्रतिकात्मक सन्देश गीतले दिएको छ ।

    बलात्कारपछि मृत्युवरण गरेकी महिला प्रेतको रुपमा प्रकट भई अपराधी पुरुषको हत्या गरी बदला लिएको दृश्य भिडियोमा देख्न पाइन्छ । शक्ति, पहुँच र पैसाका आडमा बलात्कारका दोषी उम्कने प्रवृत्तिमाथि पनि गीतले तीखो व्यङ्ग्य गरेको छ ।

    समाजमा विद्यमान लैङ्गिक विभेद, छोरीछोरीबीचको असमानता जस्ता विषय पनि गीतमा अभिव्यक्त भएका छन् । सपुतको दुई वर्षअघि सार्वजनिक लोकगीत ‘बोल माया’ पनि त्यसबेला युट्युब ट्रेन्डिङको शीर्ष स्थापनमा पुगेको थियो ।

    गीत विदेशमा प्रियजन गुमाउने नेपाली परिवारको कथा÷व्यथामा आधारित छ । गीतले विदेशमा रहेका नेपालीको जीवन भोगाइलाई जीवन्त ढङ्गले उठान गरेको छ । गायक सपुत गीत तयार गर्दा विषय वस्तुको छनोट र प्रस्तुतीकरणमा ध्यान दिनुपर्ने बताउनुहुन्छ ।

    गीतको मर्म र भावलाई भिडियोमा सजीव ढङ्गले उतार्न निर्देशकका हिसाबले सपुत सफल हुनुहुन्छ । आफ्ना हरेक गीतको भिडियो निर्देशन उहाँ आफैँ गर्नुहुन्छ । सपुतको गत वर्ष सार्वजनिक लोक दोहोरी गीत ‘गलबन्दी’ पनि चर्चाको शिखरमा पुगेको थियो ।

    त्यस गीतले अहिलेसम्म युट्युबमा चार करोड बढी भ्यूज बटुलेको छ । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मनुभएका गायक सपुत चलचित्र परदेशी–२ मा नायकका रुपमा देखिँदै हुनुहुन्छ ।

    https://www.youtube.com/watch?v=CUqieRLcz2k&fbclid=IwAR2OLRxLCUWULkksBOiMtZCMIhGGFKbS3i9jIL6DxwaxU-YYMhaTwybkW10
    सोमबार, साउन १९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.