• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

विश्व रक्तदाता दिवस: सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता


  •   आइतबार, जेठ ३१, २०८३ मा प्रकाशित
  • काठमाडौँ, ३१ जेठ । आज विश्व रक्तदाता दिवस हो । ‘मानवताका लागि एक थोपा रगत, रक्तदान गरौँ, जीवन बचाऔँ’ नाराका साथ विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ यो दिवस मनाइँदै छ ।

    Advertisement

    सुरक्षित रगत तथा रगतजन्य पदार्थको आवश्यकताबारे चेतना अभिवृद्धि गर्नुका साथै निःशुल्क तथा स्वेच्छिक रूपमा रक्तदान गर्ने रक्तदाताप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले हरेक वर्ष जुन १४ मा यो दिवस मनाइन्छ ।

    विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार विश्वव्यापी रूपमा सुरक्षित रगतको आपूर्ति सुधारतर्फ उल्लेखनीय प्रगति भए पनि सुरक्षित रगतमा पहुँचका दृष्टिले अझै ठूलो असमानता कायम  छ । डब्लुएचओले सङ्कलन गरेको १३२ देशको तथ्याङ्कअनुसार सन् २०१३ देखि २०२३ सम्म विश्वभर रगत सङ्कलन करिब १९ प्रतिशतले वृद्धि भएको छ । सन् २०२३ मा प्राप्त अनुमानित १२ करोड रक्तदानमध्ये ८५ प्रतिशतभन्दा बढी योगदान स्वेच्छिक तथा निःशुल्क रक्तदाताबाट आएको छ ।

    सुरक्षित रगत तथा रगतजन्य पदार्थमा पहुँच विश्वका सबै क्षेत्रमा समान छैन । विशेषगरी कम आय भएका मुलुकमा प्रसूतिको समयमा अत्यधिक रक्तस्राव भएका महिला, गम्भीर रक्तअल्पताबाट पीडित बालबालिका, दुर्घटना तथा आगलागीका घाइते, शल्यक्रिया गराइरहेका बिरामी तथा ‘थालासेमिया, हेमोफिलिया,’ रोग प्रतिरोधात्मक कमजोरी र केही प्रकारका क्यान्सरबाट प्रभावित बिरामीले आवश्यक रगत समयमै प्राप्त गर्न कठिनाइ भोगिरहेका छन् ।

    डब्ल्युएचओका महानिर्देशक डा टेड्रोस अधानोम घेब्रेयससले सुरक्षित रगतको अभावका कारण कसैले पनि ज्यान गुमाउन नपर्ने बताउनुभएको छ ।

    विश्व रक्तदाता दिवसका अवसरमा एक सन्देश जारी गर्दै उहाँले स्वेच्छिक तथा निःशुल्क रक्तदाताको बढ्दो सहभागिताले उत्साहजनक प्रगति देखाएको भए पनि व्यक्तिले बसोबास गर्ने स्थानले अझै आवश्यक रक्तसञ्चार सेवा प्राप्त हुने वा नहुने अवस्था निर्धारण गरिरहेको उल्लेख गर्नुभएको छ । उहाँले सरकारहरूलाई दिगो राष्ट्रिय रक्त प्रणाली निर्माण तथा स्वेच्छिक रक्तदातालाई प्रोत्साहन गर्न लगानी बढाउन आग्रह गर्नुभएको छ ।

    डब्ल्युएचओका अनुसार विश्वको कुल जनसङ्ख्याको केवल १५ प्रतिशत हिस्सा ओगटेका उच्च आय भएका देशहरूले विश्वभर सङ्लित कुल रक्तदानको ३६ प्रतिशत सङ्कलन गर्छन् । यसको विपरीत, सीमित वित्तीय स्रोत, कमजोर पूर्वाधार, ढुवानी तथा व्यवस्थापनसम्बन्धी चुनौती र पर्याप्त रक्तदाता अभावका कारण धेरै कम आय भएका देशहरूमा रगतको आपूर्ति अपुग हुने समस्या कायम छ ।

    देशअनुसार रक्तदान दरमा पनि ठूलो भिन्नता देखिएको छ । केही देशमा प्रति एक हजार जनसङ्ख्यामा शून्य दशमलब चार पटक मात्र रक्तदान हुने गरेको छ भने केही देशमा यो दर ५३ सम्म पुगेको छ । चौबिस देशले प्रति एक हजार जनसङ्ख्यामा पाँचभन्दा कम रक्तदान सङ्कलन गरेको डब्ल्युएचओले जनाएको छ ।

    रक्त प्रणालीको सुशासन, नियमन र वित्तीय व्यवस्थापनमा समेत कमजोरी देखिएको, विश्वका करिब एकतिहाइ देशमा रगत तथा रगतजन्य पदार्थको सुरक्षा र गुणस्तर सुनिश्चित गर्ने स्पष्ट कानुनी व्यवस्था नभएको तथा  केवल ६४ प्रतिशत देशमा रक्त सेवाको नियमित अनुगमन प्रणाली रहेको, ६२ प्रतिशतमा अनुमतिपत्र प्रणाली लागू भएको र ४० प्रतिशत देशमा मात्र केही रक्तसञ्चार सेवालाई मान्यता दिइएको छ ।

    डब्ल्युएचओका अनुसार सातमध्ये एकभन्दा बढी देशमा रक्त सेवाका लागि छुट्टै सरकारी बजेट वा लागत व्यवस्थापनको प्रणाली नरहेको पाइएको छ, जसले दीर्घकालीन रक्त आपूर्तिको स्थायित्वप्रति चिन्ता बढाएको छ । प्रत्येक रक्तदानले बिरामीको जीवन बचाउनुका साथै समुदायलाई सुदृढ बनाउने र स्वास्थ्य प्रणालीलाई थप सबल बनाउन योगदान पु¥याउने छ ।

    डब्ल्युएचओले सबै देशलाई रक्त सेवाको सुशासन र नियमन सुदृढ गर्न, दिगो वित्तीय स्रोत सुनिश्चित गर्न, गुणस्तर प्रत्याभूति कार्यक्रम विस्तार गर्न, सुरक्षित रक्तसञ्चार अभ्यास प्रवद्र्धन गर्न तथा तथ्यमा आधारित निर्णयका लागि निगरानी र सूचना प्रणाली सुदृढ  बनाउन आह्वान पनि गरेको छ ।

    आइतबार, जेठ ३१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.