• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

बाँदर आतङ्कका कारण खाद्यबालीको विकल्प रोज्दै किसान


  •   शनिबार, जेठ ३०, २०८३ मा प्रकाशित
  • ढोरपाटन (बागलुङ), जेठ ३० — बागलुङका किसानले बाँदरको आतङ्कका कारण परम्परागत खाद्यबाली लगाउन छाड्दै वैकल्पिक खेतीतर्फ ध्यान दिन थालेका छन्। बसाइँसराइका कारण गाउँघर सुनसान बन्दै जाँदा बाँदरको आक्रमण बढेको किसानहरूको भनाइ छ।

    Advertisement

    खेतबारीमा लगाइएका मकै, गहुँ, कोदो, फापर तथा फलफूल बाली बाँदरले नष्ट गर्न थालेपछि किसानहरू वैकल्पिक खेतीतर्फ आकर्षित भएका हुन्। हाल उनीहरूले खाद्यबालीको सट्टा अकबरे खुर्सानी (अलैंची खुर्सानी) को खेती गर्न थालेका छन्।

    काठेखोला गाउँपालिका–८ का किसान प्रेमप्रसाद कँडेलले मकै लगाउन थालेपछि बाँदरले बाली नष्ट गर्ने समस्या बढेको बताउँदै अहिले मकैको सट्टा अकबरे खुर्सानी खेती गर्न थालेको जानकारी दिनुभयो। उहाँका अनुसार अकबरे खुर्सानीलाई बाँदरले खासै नोक्सान गर्दैन।

    कँडेलले भन्नुभयो, “हामी धेरै हैरान भयौँ, बाँदरले बारी मात्र होइन, घरको बार्दलीसम्म आएर अन्नबाली नष्ट गरिदिन्छ। त्यसैले बाध्य भएर खाद्यबालीको सट्टा अकबरे लगाउन थालेका छौँ। अब मकै–गहुँ लगाएर उत्पादन सुरक्षित गर्न गाह्रो भएको छ। बाँदर नियन्त्रण गर्न नसकिँदा विकल्प खोज्नै परेको हो।”

    त्यसैगरी, बागलुङ नगरपालिका–११ रायडाँडामा पनि बाँदरको समस्याका कारण किसानहरू अकबरे खुर्सानी र अदुवा खेतीतर्फ आकर्षित भएका छन्। वडाध्यक्ष ज्ञानेन्द्र गौतमका अनुसार यस वर्ष मात्र उक्त क्षेत्रमा करिब ४० हजार अकबरे खुर्सानीका बिरुवा रोपिएका छन्।

    उहाँले भन्नुभयो, “बाँदरको समस्याले किसानलाई ठूलो मार परेको छ। त्यसैले यस वर्ष परीक्षणका रूपमा अकबरे खुर्सानी खेती सुरु गरेका छौँ। राम्रो नतिजा आए आगामी वर्षदेखि वडाभर विस्तार गर्ने योजना छ।”

    त्यस्तै, स्थानीय किसान तमबहादुर थापाले बाँदरले खाद्यबाली मात्र नभई तरकारीसमेत नष्ट गर्ने भएकाले बाध्य भएर अकबरे खुर्सानी खेती रोज्नुपरेको बताउनुभयो। उहाँले सरकारले बाँदर नियन्त्रणसम्बन्धी ठोस नीति नलिए किसानले उत्पादन बढाउन नसक्ने धारणा राख्नुभयो।

    यस वर्ष रायडाँडामा पहिलो चरणमा ७५ जना किसान अकबरे खुर्सानी उत्पादनमा संलग्न भएका छन्। करिब ४० हजार रुपैयाँ बराबरको बीउबाट ४० हजार बिरुवा उत्पादन गरिएको जनाइएको छ। यो कार्यक्रम सफल भएमा बाँदरको समस्या रहेका अन्य गाउँहरूमा पनि अकबरे खेती विस्तार गर्ने योजना रहेको छ।

    शनिबार, जेठ ३०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • २.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ३.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ४.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ५.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ६.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ७.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ८.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.