• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

इतिहास खोज्दै जाँदा पुनःनिर्माण भयो हिलिहाङ दरबार


  •   शनिबार, जेठ ३०, २०८३ मा प्रकाशित
  • रवीन्द्र काफ्ले/रासस

    पाँचथर, ३० जेठ : पाँचथरको हिलिहाङ गाउँपालिका–४, हस्तपुरस्थित हरियाली जङ्गलको बीचमा भव्य संरचना निर्माण भएको छ। यहाँ पुग्ने जो–कोही पर्यटकका लागि यो स्थल आकर्षणको केन्द्र बनेको छ। कटुस, काफल र निगालोका घना जङ्गल, चराचुरुङ्गीको मधुर स्वर र प्रकृतिको अनुपम सौन्दर्यले भरिएको यो क्षेत्र इतिहास, पुरातत्व र धार्मिक विश्वासका दृष्टिले समेत उत्तिकै महत्त्वपूर्ण मानिन्छ। यही ऐतिहासिक महत्त्वको खोजी र संरक्षणका क्रममा यहाँ आकर्षक संरचनाहरू निर्माण गरिएका हुन्।

    Advertisement

    यो क्षेत्र तत्कालीन लिम्बुवानका अन्तिम राजा हिलिहाङले शासन सञ्चालन गरेको ऐतिहासिक दरबार क्षेत्र हो। इतिहासअनुसार विसं १८४२ सम्म राजा हिलिहाङले यही स्थानबाट तत्कालीन विजयपुर राज्यअन्तर्गतको याङरुप अर्थात् याङवरक थुममा शासन सञ्चालन गर्नुभएको थियो। उहाँको आकस्मिक निधनपछि दरबार संरक्षण हुन नसक्दा जीर्ण बन्दै अन्ततः भत्किएको थियो।

    यही ऐतिहासिक स्थलमा हिलिहाङ गाउँपालिकाले प्यागोडा शैलीको दरबार, सङ्ग्रहालयलगायत संरचना निर्माण गरेपछि अहिले यो क्षेत्र पर्यटकको आकर्षणको केन्द्र बनेको छ। धार्मिक, ऐतिहासिक तथा पुरातात्विक दृष्टिले महत्त्वपूर्ण मानिने हिलिहाङ दरबार क्षेत्रका पूर्वाधारले पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्‍याएको छ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र हिलिहाङ गाउँपालिकाको साझेदारीमा रु. २ करोड ५१ लाख ६८ हजारको लागतमा तीनतले प्यागोडा शैलीको दरबार निर्माण गरिएको हो। मन्त्रालयको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत लगानीमा भगवती बौद्ध जेभी, इलामले निर्माण कार्य सम्पन्न गरेको हो।

    हाल दरबारभित्र ऐतिहासिक सामग्रीहरूको पर्याप्त सङ्कलन नभए पनि यसको आकर्षक बनावट, प्राकृतिक परिवेश तथा इतिहासप्रतिको चासोले पर्यटकलाई आकर्षित गरिरहेको छ।

    यहाँ पुग्ने पर्यटकले तत्कालीन राजा हिलिहाङको बैठक स्थल, राजसभा स्थल, पुराना पर्खाल, दरबारमा प्रयोग गरिएका इँटा तथा खड्पाललगायत संरचनाको अवलोकन गर्न सक्छन्। साथै, राजा हिलिहाङले शक्ति प्राप्त गर्ने गरेको जनविश्वास रहेको महारानी शक्तिपीठको दर्शन गर्ने प्रचलन पनि रहिआएको छ।

    स्थानीय तह पुनर्संरचनाका क्रममा साविकका भारपा, सुभाङ, पञ्चमी र अमरपुर गाविसलाई समेटेर हिलिहाङ गाउँपालिका गठन गरिएपछि राजा हिलिहाङ तथा उहाँको दरबारबारे चासो थप बढेको हो। हिलिहाङ फाउन्डेसनले मेची राजमार्गअन्तर्गत याङवरक गाउँपालिका–६ नागीमा प्रवेशद्वार निर्माण गर्नुका साथै दरबार परिसरअगाडि राजा हिलिहाङको सालिक स्थापना गरेको छ।

    हिलिहाङ गाउँपालिकाले हिलिहाङ महोत्सव आयोजना गरी यस क्षेत्रको प्रचारप्रसार गर्दै आएको छ। कोशी प्रदेश सरकारसँगको साझेदारीमा गाउँपालिकाले सङ्ग्रहालय निर्माण गरिसकेको छ भने पुरातत्व विभागले दरबार क्षेत्रका पुरातात्विक सम्पदाबारे थप अनुसन्धान गरिरहेको छ।

    समुद्री सतहबाट एक हजार ८२० मिटर उचाइमा अवस्थित हिलिहाङ दरबार क्षेत्र घना जङ्गलको बीचमा रहेको छ। शान्त, एकान्त र हरियाली वातावरणले भरिएको यस पर्यटकीय क्षेत्रमा गाउँपालिकाले सडक विस्तार गरेपछि पर्यटकको आवागमन सहज बनेको छ। गाउँपालिकाले पछिल्ला पाँच वर्षदेखि राजा हिलिहाङको जन्मोत्सवसमेत मनाउँदै आएको छ।

    हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीका अनुसार दरबार क्षेत्रलाई थप व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने, राजा हिलिहाङको शासनकालसँग सम्बन्धित सामग्री सङ्कलन गरी सङ्ग्रहालयमा राख्ने तथा ऐतिहासिक सम्पदाको संरक्षण गर्ने प्रयास भइरहेको छ।

    उहाँका अनुसार हिलिहाङ दरबार क्षेत्रसँगै जोडिएको भोटेगढीलगायत पर्यटकीय स्थलमा पूर्वाधार विकास तथा प्रचारप्रसारका लागि गाउँपालिकाले निरन्तर लगानी गरिरहेको छ।

    इतिहासअनुसार नेपाल एकीकरणका क्रममा तत्कालीन गोरखा फौजसँग हिलिहाङको फौज १७ पटकसम्म अपराजित रहेको विश्वास गरिन्छ। तर, विसं १८३१ साउन २२ गते राजा हिलिहाङले नेपाल एकीकरण अभियानलाई सहजीकरण गर्दै याङवरक थुमलाई नेपाल मातहत राखी स्वशासनको अधिकार प्राप्त गर्नुभएको थियो। विसं १८४२ मा उहाँको अकस्मात् निधन भएपछि याङवरक थुम पूर्ण रूपमा नेपाल राज्यमा समाहित भएको इतिहास पाइन्छ। यही कारण उहाँलाई लिम्बुवानका अन्तिम राजा मान्ने गरिन्छ।

    पराक्रमी राजा हिलिहाङको निधनपछि दरबार र राज्यसत्तामा विभिन्न पक्षको हस्तक्षेप बढ्दा दरबार संरक्षण हुन नसकी जीर्ण बन्दै गएको थियो। दरबारमा प्रयोग गरिएका इँटा तथा तत्कालीन पर्खालका अवशेष अझै पनि दरबार परिसरमा देख्न सकिन्छ।

    इतिहासको खोजी र संरक्षणका क्रममा पुनःनिर्माण गरिएका दरबारका संरचनाले नेपाल एकीकरण, राष्ट्रिय एकता तथा ऐतिहासिक चेतनाको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको यस क्षेत्रका अग्रज कृष्णबहादुर योङहाङ बताउनुहुन्छ।

    शनिबार, जेठ ३०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • २.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ३.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ४.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ५.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ६.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ७.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ८.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.