• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

हुरीबाट शुक्लाफाँटाका ८० परिवार प्रभावित


  •   शनिबार, जेठ ३०, २०८३ मा प्रकाशित
  • कञ्चनपुर, ३० जेठ : “राति खाना पकाउने तयारी गर्दै थियौँ। एक्कासि आएको हावाहुरीले घरको छाना उडाएर लग्यो। अन्नपात, लुगाफाटा सबै भिजे। ज्यान जोगाउनमै व्यस्त भयौँ, अरू सामान बचाउने समय नै पाएनौँ,” शुक्लाफाँटा नगरपालिका–९ का महेश जोशीले दुई दिनअघि (बुधबार राति) आएको हुरीले निम्त्याएको पीडा सुनाउँदै भन्नुभयो। उहाँले थप्नुभयो, “अहिले खुला आकाशमुनि बस्न बाध्य छौँ। हुरीले हाम्रो विचल्ली बनाइदियो।”

    Advertisement

    शुक्लाफाँटा नगरपालिका–९ मा आएको भीषण हावाहुरीबाट ८० परिवार प्रभावित भएका छन्। हुरीले ६० वटा घर र २० वटा गोठमा क्षति पुर्‍याउँदा दर्जनौँ परिवारको बासस्थान, खाद्यान्न तथा दैनिक जीवन प्रभावित भएको हो।

    शुक्लाफाँटा नगरपालिका–९ का वडाध्यक्ष रमेशबहादुर ऐरका अनुसार हावाहुरीले अधिकांश घरका जस्तापाता र टायलका छाना उडाएको छ। त्यसलगत्तै परेको वर्षाले घरभित्र राखिएका अन्नपात, खाद्यान्नलगायत सामग्री भिजाएर प्रयोग गर्न नमिल्ने बनाएको छ।

    “धेरै परिवार अहिले समस्यामा छन्,” अध्यक्ष ऐरले भन्नुभयो, “कतिपय आफन्तकहाँ आश्रय लिएर बसेका छन् भने केही परिवार अझै अस्थायी व्यवस्थामा खुला आकाशमुनि बसिरहेका छन्।”

    हुरीले विद्युत् संरचनामा पनि ठूलो क्षति पुर्‍याएको छ। वडाका विभिन्न स्थानमा १८ वटा विद्युत् पोल ढलेका छन् भने केही पोल भाँचिएका छन्। २०० केभीएको ट्रान्सफर्मर जडित पोल ढलेपछि दुई दिनदेखि सम्पूर्ण क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ।

    “घर तथा गोठका छानामात्र होइन, विद्युत् संरचनामा पनि व्यापक क्षति पुगेको छ,” अध्यक्ष ऐरले भन्नुभयो, “वडाभरि जडान गरिएका पाँच वटा सिसिटिभी क्यामेरा क्षतिग्रस्त भएका छन् भने करिब डेढ किलोमिटर क्षेत्रमा सिसिटिभीका तार चुँडिएका छन्।”

    उहाँका अनुसार हावाहुरीका कारण केही घर तथा विद्यालयमा रुख ढल्दा थप क्षति पुगेको छ।

    क्षतिग्रस्त क्षेत्रमा विद्युत् सेवा पुनःस्थापनाका लागि नेपाल विद्युत् प्राधिकरणका प्राविधिक टोली परिचालित भएका छन्। ढलेका पोल हटाउने, नयाँ पोल गाड्ने तथा विद्युत् लाइन विस्तार गर्ने कार्य तीव्र गतिमा भइरहेको जनाइएको छ।

    “विद्युत् आपूर्ति पुनः सञ्चालनका लागि आवश्यक काम भइरहेको छ,” अध्यक्ष ऐरले भन्नुभयो, “मौसमले साथ दिए भोलिसम्म विद्युत् सेवा पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।”

    हुरीबाट भएको क्षतिको यकिन विवरण सङ्कलन गर्न प्रहरी तथा स्थानीय जनप्रतिनिधिको टोलीले मुचुल्का तयार पार्ने काम सुरु गरेको छ। प्रभावित परिवारको तथ्याङ्क सङ्कलनसँगै राहत तथा पुनःस्थापनाका लागि आवश्यक प्रक्रिया अघि बढाइएको अध्यक्ष ऐरले जानकारी दिनुभयो।

    स्थानीयवासीका अनुसार केही मिनेटसम्म चलेको हावाहुरीले वर्षौँको मेहनतबाट निर्माण गरिएका घर तथा संरचनामा ठूलो क्षति पुर्‍याएको छ। विशेषगरी न्यून आय भएका परिवार बढी प्रभावित भएका छन्। स्थानीय तहले प्रदेश तथा सङ्घीय सरकारसँग समन्वय गरी प्रभावित परिवारका लागि राहत तथा पुनःस्थापनाका कार्यक्रम अघि बढाउने जनाएको छ।

    शनिबार, जेठ ३०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • २.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ३.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ४.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ५.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ६.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ७.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ८.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.