काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी थालेको छ ।
Advertisement
बोर्डका अनुसार परीक्षा नतिजा सार्वजनिकका लागि सबै कामहरू अन्तिम चरणमा पुगेका छन् ।
बोर्डकी प्रवक्ता जयन्ती सत्यालले उत्तर पुस्तिका परीक्षणको काम सकिएको बताइन् ।
प्रवक्ताका अनुसार नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको छ । उत्तर पुस्तीका परीक्षण सकिएको छ । इन्ट्री रुजुको काम भइरहेको छ । सम्भवतः असारको पहिलो हप्ता नभए दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी काम अघि बढाएका छौँ ।’
कक्षा १२ को परीक्षा गत वैशाख १४ गतेदेखि भएको थियो ।