• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै तेजनारायण श्रेष्ठ


  •   बुधबार, जेठ २७, २०८३ मा प्रकाशित
  • गलकोट (बागलुङ), २७ जेठ । आधुनिक प्रविधि गाउँ–गाउँसम्म पुगे पनि बागलुङको बडिगाड गाउँपालिका–९ दर्लिङका तेजनारायण श्रेष्ठ भने आज पनि परम्परागत पानी घट्टमै आफ्नो जीवनयापन गरिरहनुभएको छ। तीन दशकअघि सुरु गरेको पानी घट्ट व्यवसायलाई उहाँले निरन्तरता दिँदै ग्रामीण समुदायलाई सेवा प्रदान गरिरहनुभएको छ।

    Advertisement

    श्रेष्ठले करिब ३० वर्षअघि आफ्नै पहलमा स्थापना गरेको पानी घट्ट अहिले पनि सञ्चालनमा रहेको छ। गाउँमा विद्युतीय कुटानी–पिसानी मिल भित्रिए पनि स्थानीय बासिन्दाका लागि पानी घट्ट अझै अन्न पिस्ने भरपर्दो माध्यम बनेको छ।

    “तीस वर्षअघि सुरु गरेको घट्ट आज पनि चलिरहेको छ। घरखर्च चलाउन र परिवारका लागि आवश्यक अन्न जुटाउन यही पेसाले साथ दिएको छ,” श्रेष्ठ भन्नुहुन्छ। “पहिले खरले छाएको घट्ट अहिले जस्तापाताले छाएको छु। मकै पिस्न छुट्टै र गहुँ तथा कोदो पिस्न छुट्टै घट्ट सञ्चालन गरेको छु।”

    श्रेष्ठले अन्न पिसेबापत परम्परागत रूपमा ज्याला लिने प्रचलनलाई पनि कायम राख्नुभएको छ। उहाँका अनुसार अन्नमा ज्याला लिए एक पाथी बराबर पाँच मुठी अन्न लिने गरिन्छ भने नगदमा प्रतिपाथी १० रुपैयाँ शुल्क लिने गरिएको छ।

    उमेर बढ्दै गए पनि परम्परागत पेसाप्रतिको मोह भने घटेको छैन। आधुनिक प्रविधिको विस्तारसँगै धेरै परम्परागत सीप र व्यवसाय लोप हुने अवस्थामा पुगेका बेला श्रेष्ठले भने आफ्नो पुर्ख्यौली सीपलाई जोगाउँदै आउनुभएको छ।

    ग्रामीण भेगमा अझै पनि पानी घट्ट जीवनयापन र कृषि उत्पादनसँग जोडिएको महत्वपूर्ण साधनका रूपमा रहेको छ। पानीलाई पाइप वा काठको ढुङ्ग्रोमार्फत उच्च गतिमा खसालेर त्यसको बलले जाँतो घुमाई अन्न पिस्ने प्रविधिलाई पानी घट्ट भनिन्छ।

    स्थानीय संस्कृतिसँग गाँसिएको यो परम्परागत प्रविधि आज पनि ग्रामीण जनजीवनको अभिन्न हिस्सा बनेको छ। तेजनारायण श्रेष्ठजस्ता व्यक्तिहरूको निरन्तरताले परम्परागत ज्ञान, सीप र जीवनशैलीलाई संरक्षण गर्न महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ।

    बुधबार, जेठ २७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • २.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ३.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ४.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ५.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ६.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ७.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ८.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.