• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

महाकाली सिँचाइ आयोजनाः सिँचाइ क्षेत्र विस्तार गरिँदै


  •   मङ्गलबार, जेठ २६, २०८३ मा प्रकाशित
  • महेन्द्रनगर, २६ जेठ । सुदूरपश्चिमको राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत यस वर्ष ‘कमाण्ड’ क्षेत्र विस्तार गरी सिँचाइ सुविधा प्रदान गर्ने तयारी रहेको छ ।

    Advertisement

    आगामी चालु आर्थिक वर्षको बजेटमा महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कमाण्ड क्षेत्र विस्तार गर्ने घोषणासमेत गरिएको छ । महाकाली सिँचाइ आयोजना तेस्रो चरणका सूचना अधिकारी यादव बरालले मूल नहर निर्माण भएको २८ किलोमिटरसम्मको भूभागमा सिँचाइ सुविधा प्रदान गर्नेगरी गृहकार्य अघि बढेको जानकारी दिनुभयो ।

    “बजेटमा भनेको कमाण्ड क्षेत्र विस्तार भनेको पनि बनेको नहरबाट शाखा नहरमार्फत सिँचाइ सुविधा दिने भन्ने हो”, उहाँले भन्नुभयो, “त्यसका लागि २२ शाखा नहर निर्माणको अन्तिम चरणमा छन् ।”

    नेपाल–भारत महाकाली सन्धिअनुसार महाकाली नदीबाट नेपालतर्फ पानी ल्याउने विषय भने अझै किनारा लागेको छैन । महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत मूल नहर निर्माण सम्पन्न भए तापनि भारतसँग नियमित पानीको प्रोटोकल (एकओपी) वा सम्झौता नहुँदा नहरमा नियमित पानी आउन नसकेको सूचना अधिकारी बरालले जानकारी दिनुभयो ।

    “एसओपी स्वीकृत भएको छैन तर परराष्ट्रमन्त्रीज्यूको भारत भ्रमणका बेला पानी ल्याउने विषयमा पहल भएको छ”, उहाँले भन्नुभयो, “कुन समयमा कति पानी दिनेलगायतका विषय टुङ्गो लगाउनुपर्ने हुन्छ ।”

    महाकाली सन्धिअनुसार भारतीय पक्षले पनि टनकपुरदेखि नेपाल–भारत सिमानासम्म बनाउनुपर्ने एक हजार २०० मिटर मूल नहर निर्माण गरिसकेको छ भने नेपालले आफ्नो क्षेत्र ब्रह्मदेवदेखि शुक्लाफाँटाको टोटी फुलेलीसम्म २८ किमी मूल नगर निर्माण गरिसकेको महाकाली सिँचाइ आयोजना तेस्रो चरणका सूचना अधिकारी इन्जिनियर बरालले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा पुँजीगततर्फ रु ७० करोड खर्च भएको उहाँले बताउनुभयो ।

    महाकाली नदीबाट भारतले परीक्षणका लागि पानी मूल नहरमा छाडे पनि नियमित छाडेको छैन । सिँचाइ आयोजनाले तीनपटक जलस्रोत तथा सिँचाइ विभागमा पानी ल्याउने विषयमा भारतसित समन्वय गर्न पत्राचार गरिसकेको छ ।

    कैलालीको मालाखेतीसम्म ३३ हजार ५२० हेक्टर जग्गा सिँचाइ गर्ने लक्ष्यसहित १८ वर्षअघि सुरु भएको महाकाली सिँचाइ आयोजनाको प्रगति भइरहेको भए पनि पानी ल्याउन ठोस पहल भएको छैन ।

    “अहिले मूल नहरअन्तर्गत २८ देखि ४८ किलोमिटरसम्म मूल नहर चारवटा प्याकेजमा निर्माण भइरहेको छ”, बरालले भन्नुभयो । आगामी २०८७ सम्ममा कैलालीको मालाखेतीसम्म नहर निर्माण सक्ने सरकारको लक्ष्य छ । साथै आयोजनामा रु नौ अर्ब लगानी भइसकेको छ ।

    महाकाली सिँचाइ आयोजना पहिलो र दोस्रो चरणबाट कञ्चनपुरका केही भूभागमा सिँचाइ सुविधा दिइएको छ । राजमार्गको उत्तरतर्फको भागमा पर्ने सिँचाइका लागि सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय पालिकाले ट्युबेल, बोरिङ जडानलाई प्राथमिकता लिएर सिँचाइ सुविधामा सघाउ पुर्याइरहेका छन् ।

    मङ्गलबार, जेठ २६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • २.
      शेयर कारोबार पुन : सञ्चालन

    • ३.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ४.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ५.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ६.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ७.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ८.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.