• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड


  •   मङ्गलबार, जेठ २६, २०८३ मा प्रकाशित
  • काठमाडौँ, २६ जेठ । विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तनका चुनौती, समुदायमा आधारित पूर्वतयारी तथा बहुपक्षीय साझेदारीको आवश्यकतामा सम्बन्धित विज्ञहरूले जोड दिएका छन्।

    Advertisement

    विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा कार्यरत प्रकोप पूर्वतयारी सञ्जाल (डिपिनेट) नेपालले आफ्नो ३०औँ वार्षिकोत्सवका अवसरमा यहाँ “सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको तीन दशक” विषयक कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले विगतका अनुभवलाई आधार बनाएर आगामी दिनमा पूर्वतयारी, सुशासन र जोखिम व्यवस्थापनलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका हुन्।

    कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य प्रा. डा. सञ्जय आचार्यले विपद् व्यवस्थापनमा व्यक्ति र परिवारस्तरदेखि नै सचेतना अभिवृद्धि गर्नुपर्ने तथा त्यसलाई समुदाय र संस्थागत संरचनासँग जोड्नुपर्ने बताउनुभयो। उहाँले व्यक्ति, परिवार, समुदाय, स्थानीय, प्रदेश र सङ्घीय सरकार, विकास साझेदार तथा नागरिक समाजबीचको समन्वयले मात्र प्रभावकारी विपद् व्यवस्थापन सम्भव हुने धारणा राख्नुभयो। जलवायु परिवर्तनको प्रभाव विशेषगरी हिमाली क्षेत्रमा तीव्र रूपमा देखापरेको उल्लेख गर्दै उहाँले जलवायु न्याय, अनुकूलन र जलवायु वित्तमा नेपालको पहुँच विस्तार गर्न अन्तरराष्ट्रिय पहल आवश्यक रहेको बताउनुभयो।

    एसोसिएसन अफ इन्टरनेसनल एनजिओज इन नेपाल (एआइएन)का अध्यक्ष डा. एसपी कलाउनेले जलवायु परिवर्तन, सहरीकरण र वातावरणीय जोखिमका कारण विपद् व्यवस्थापनको क्षेत्र झन् जटिल बन्दै गएको उल्लेख गर्दै डिपिनेटजस्ता सञ्जालहरूको आवश्यकता अझ बढेको बताउनुभयो। समुदायलाई केन्द्रमा राखेर जोखिम न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिँदै उहाँले अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरूले पनि अहिले पूर्वतयारी, जोखिम न्यूनीकरण तथा पुनर्स्थापनामा लगानी बढाइरहेको जानकारी दिनुभयो।

    डिपिनेट नेपालका अध्यक्ष डा. वसन्तराज अधिकारीले विगतमा कम प्राथमिकतामा रहेका विपद् र जलवायु परिवर्तनका विषय अहिले राष्ट्रिय तथा अन्तरराष्ट्रिय बहसका केन्द्रमा पुगेको उल्लेख गर्दै विज्ञान, प्रविधि तथा कृत्रिम बुद्धिमत्ता, मेसिन लर्निङ र बिग डाटाजस्ता नवीन प्रविधिको उपयोग गरी जोखिम व्यवस्थापनलाई सुदृढ बनाउनुपर्ने बताउनुभयो। उपाध्यक्ष केशवदत्त भट्टले डिपिनेटले विगत तीन दशकदेखि विपद् व्यवस्थापनलाई प्रतिक्रियात्मक अवस्थाबाट पूर्वतयारीमुखी दृष्टिकोणतर्फ लैजान महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो। महासचिव सुरज गौतमले विगत ३० वर्षमा हासिल गरेका सिकाइलाई संस्थागत गर्दै समुदायसम्म पुर्‍याउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो।

    कार्यक्रमको प्राविधिक सत्रअन्तर्गत जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाईँले मनसुन तथा तापलहर जोखिमसम्बन्धी प्रस्तुति दिँदै यस वर्ष देशका अधिकांश क्षेत्रमा औसतभन्दा कम वर्षा हुने सम्भावना रहेको जानकारी दिनुभयो। उहाँले मनसुन, एल निनो तथा इन्डियन ओसन डाइपोलजस्ता जलवायु प्रणालीले नेपालमा वर्षाको अवस्था निर्धारण गर्ने बताउनुभयो।

    चट्याङ विज्ञ सञ्जोग खनालले नेपालमा चट्याङबाट हुने मानवीय क्षति दक्षिण एसियाकै उच्चमध्ये रहेको बताउनुभयो। सन् २०२० देखि २०२५ सम्म नेपालमा तीन करोडभन्दा बढी चट्याङ स्ट्रोक अभिलेख भएको जानकारी दिँदै उहाँले प्रभावकारी पूर्वसूचना प्रणाली, समुदायस्तरको तयारी र जनचेतनाले चट्याङबाट हुने क्षति न्यूनीकरण गर्न सकिने धारणा राख्नुभयो।

    मङ्गलबार, जेठ २६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • २.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ३.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ४.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ५.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ६.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ७.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ८.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.