• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

बर्डफ्लु नियन्त्रणका लागि प्रभावित क्षेत्रमा ‘द्रुत कार्य टोली’ परिचालन


  •   मङ्गलबार, जेठ २६, २०८३ मा प्रकाशित
  • कीर्तिपुर (काठमाडौँ), २६ जेठ । सरकारले बर्डफ्लु प्रभावित क्षेत्रमा रोग नियन्त्रण तथा थप फैलिन नदिन विशेष अभियान सञ्चालन गरेको छ। रोग पुष्टि भएका स्थानहरूमा ‘द्रुत कार्य टोली’ परिचालन गरी आवश्यक नियन्त्रणात्मक उपायहरू अवलम्बन गरिएको छ।

    Advertisement

    पशुसेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार हालसम्म १० जिल्लाका ७२ वटा फार्ममा बर्डफ्लु संक्रमण पुष्टि भएको छ। संक्रमण नियन्त्रणका क्रममा करिब पाँच लाख १५ हजार पन्छी नष्ट गरिएको उहाँले जानकारी दिनुभयो। प्रभावित पन्छीमध्ये लेयर्स तथा स्थानीय जातका कुखुरा बढी रहेको जनाइएको छ।

    सरकारको निर्देशनअनुसार खटिएको द्रुत कार्य टोलीले हालसम्म करिब सात लाख अण्डा तथा एक सय ८३ टन पशुदाना पनि नष्ट गरेको छ। रोगको थप विस्तार रोक्न प्रभावित क्षेत्रका सम्पूर्ण पन्छीजन्य उत्पादनहरू सुरक्षित रूपमा नष्ट गरिएको विभागले जनाएको छ।

    महानिर्देशक दाहालका अनुसार केही साताअघि झापा, मोरङ र सुनसरी जिल्लाबाट सुरु भएको संक्रमण क्रमशः महोत्तरी, बारा, चितवन हुँदै काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुर तथा पछिल्लो समय नवलपरासीसम्म फैलिएको छ।

    “बर्डफ्लुको प्रभावकारी उपचार उपलब्ध छैन। रोग देखिएपछि तत्काल नियन्त्रण गरी अन्यत्र फैलिन नदिनु नै सबैभन्दा प्रभावकारी उपाय हो,” दाहालले भन्नुभयो। उहाँका अनुसार संक्रमण नियन्त्रणका लागि पशु चिकित्सक तथा पशु स्वास्थ्यकर्मीहरू निरन्तर रूपमा खटिएका छन्।

    हाल काठमाडौँ उपत्यका बर्डफ्लुको उच्च जोखिममा रहेको विभागले जनाएको छ। यद्यपि चितवनसहित अन्य केही जिल्लामा भने संक्रमण क्रमशः नियन्त्रणको अवस्थामा पुगेको बताइएको छ।

    विभागका अनुसार प्रभावित क्षेत्रका पन्छी तथा पन्छीजन्य उत्पादन नष्ट गरिएको मितिबाट करिब दुई महिनासम्म व्यवसाय पुनः सञ्चालन गर्न नपाइने व्यवस्था छ। यस अवधिमा संक्रमण पूर्ण रूपमा नियन्त्रणमा आएको सुनिश्चित गरिनेछ।

    किसानलाई ७५ प्रतिशत राहत

    बर्डफ्लु नियन्त्रण नियमावली, २०७८ अनुसार संक्रमण नियन्त्रणका क्रममा पन्छी तथा पन्छीजन्य उत्पादन नष्ट गरिएका किसानलाई लागत मूल्यको ७५ प्रतिशतसम्म राहत उपलब्ध गराउने व्यवस्था गरिएको छ।

    महानिर्देशक दाहालका अनुसार राहत रकम निर्धारण गर्दा सम्बन्धित जिल्लाको लागत मूल्यलाई आधार मानिनेछ। लागत मूल्य जिल्लाअनुसार फरक हुन सक्ने भएकाले प्रमुख जिल्ला अधिकारीसहित सम्बन्धित निकायका पदाधिकारीहरूको बैठकबाट राहत रकम तय गरिने व्यवस्था रहेको छ।

    मङ्गलबार, जेठ २६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      शेयर कारोबार पुन : सञ्चालन

    • २.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ३.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ४.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ५.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ६.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ७.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ८.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.