• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जापानमा शक्तिशाली भूकम्प, १३ जनाको मृत्यु

विश्व बाघ दिवस : नेपालमा बाघको सङ्ख्या ४२९

पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

एकै दिन विपद्का ४२ घटना, तीन जनाको मृत्यु

१२ मे १९८६ को आन्दोलनमा पक्राउ परेका ९५ जनालाई सम्मान गरिने

रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री अनुपस्थित

भ्याली पब्लिक फुटसल आजदेखि

बुधबार, आजका लागि कृषिउपजको थोक मूल्य

शिक्षामन्त्री सस्मित पोखरेलले तत्काल राजीनामा दिनुपर्छ : जिसी

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ८. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • ९. जनजाति मुक्ति आन्दोलन

  • १०. राज्यसत्ता

प्रलेसद्वारा जनगायक जीवन शर्माको उपस्थितिमा सिन्धुपाल्चोक मुडेमा विचारचौतारी–८६ सम्पन्न


  •   मङ्गलबार, जेठ २६, २०८३ मा प्रकाशित
  • काठमाडौँ । प्रगतिशील लेखक सङ्घ वैचारिक विमर्श तथा परिसंवाद विभागको आयोजनामा सिन्धुपाल्चोकको मुडेमा विचार चौतारी–८६ भव्यताका साथ सम्पन्न भएको छ ।

    Advertisement

    जनगायक जीवन शर्माको उपस्थिति तथा स्थानीय पर्यटन तथा उत्पादनका साथै प्रगतिशील साहित्यलाई समन्वय गर्ने उद्देश्यका साथ विविध साहित्यिक गतिविधिसँगै २०८३ जेठ २४ र २५ सो कार्यक्रम सम्पन्न भएको थियो ।

    दुईदिने उक्त कार्यक्रमको सिलसिलामा सिन्धुपाल्चोकसँगै र दोलखाको सैलुङमा पनि कार्यक्रम सम्पन्न भएको थियो ।

    विभागको छयासिऔँ विचारचौतारी शृङ्खलाअन्तर्गत सम्पन्न कार्यक्रमको विषयवस्तु प्रगतिशील आन्दोलनमा गीत तथा कविताको योगदान रहेको थियो ।

    आलुबाली विकास केन्द्र मुडे सिन्धुपाल्चोकमा आयोजनमा भएको विचारचौतारी कार्यक्रम प्रमुख वक्तामा जनगायक जीवन शर्मा र सङ्घकी केन्द्रीय सल्लाहकार डा. बिन्दु शर्मा हुनुहुन्थ्यो । कार्यक्रमको विशिष्ट अतिथिमा प्रगतिवादी साहित्यकार सरल सहयात्री, लिशङ्खुपाखर गाउँपालिका अध्यक्ष राजु लामाका साथै सङ्घका सल्लाहकारहरू सीता शर्मा । शोभा दुलाल हुनुहुन्थ्यो ।

    अन्तरक्रियात्मक प्रकारले चलेको कार्यक्रम विभागका अध्यक्ष समीर सिंहको अध्यक्षता, सङ्घका उपाध्यक्ष डा. अमृता शर्माको सञ्चालन तथा सचिवालय सदस्य दिनेश दुलालको स्वागत मन्तव्यका साथ अगाडि बढेको थियो ।

    कार्यक्रमको अन्त्यमा विभाग सदस्य दुर्गा परियारले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा पूरक टिप्पणी राख्नेहरूमा प्रोल्लास सिन्धुलीय, नमुना शर्मा, भक्त विश्वकर्मा, भीष्म जोशी, शेखर अर्याललगायत हुनुहुन्थ्यो ।
    कार्यक्रममा जनगायक आरोहले प्रगतिशील गीतसमेत प्रस्तुत गर्नुभएको थियो ।

    पहिलो दिन दोलखाको कालापानीदेखि दोलखा र रामेछापको सिमानाअन्तर्गत तीन हजार एक सय ४६ मिटरको उचाइमा रहेको सैलुङको थुम्कोसम्म साहित्यिक पदयात्रा सम्पन्न भएको थियो ।

    काठमाडौँ उपत्यकाबाट गएका २९ जना प्रगतिशील स्रष्टाका साथै सिन्धुपाल्चोक र दोलखाकाका स्थानीय स्रष्टाको सहभागितामा सो कार्यक्रम सम्पन्न भएको थियो । सो अवधिमा सैलुङको प्राकृतिक सौन्दर्यमा रमाउँदै विभिन्न गीत तथा कवितासमेत प्रस्तुत भएको थियो ।

    कार्यक्रमको दोस्रो दिन बिहानै मुडेको भ्यू टावरसम्म साहित्यिक पदयात्रा तथा साहित्यिक प्रस्तुतिसमेत भएको थियो । दोस्रो दिनको दिउँसो १२ बजेबाट स्थानीय सङ्घसंस्थाको आयोजना तथा प्रलेसको सहकार्यमा ‘प्रथम मुडे कविता महोत्सव’ कार्यक्रम सम्पन्न भएको थियो ।

    सारथी अभियान नेपालकी संयोजक सुमित्रा अधिकारीको अध्यक्षता तथा प्रलेसका सचिवालय सदस्य दिनेश दुलालको सञ्चालनमा अगाडि बढेको उक्त कार्यक्रमको प्रमुख अतिथि लिशङ्खुपाखर गाउँपालिका अध्यक्ष राजु लामा हुनुहुन्थ्यो ।

    काठमाडौँबाट गएका स्रष्टालाई स्थानीय मुडेको आलु प्रवर्धन गर्ने उद्देश्यका साथ आलुका पात र मुडेको आलुले बनाएको माला लगाएर स्वागत गरिएको थियो ।

    कार्यक्रममा जनगायक जीवन शर्मा तथा आरोह नेपालीका विभिन्न साङ्गीतिक प्रस्तुतिका, सङ्घका विभिन्न प्रगतिशील स्रष्टाका साथै स्थानीय विद्यालयका बालबालिका तथा शिक्षकले गीत तथा कविता प्रस्तुत गर्नुभएको थियो । त्यसरी प्रस्तुति दिनेमा सीता शर्मा, समीर सिंह, शेखर अर्याल, दुर्गा परियार, नमुना शर्मा, बाबा बस्नेत, प्रोल्लास सिन्धुलीय, अच्युत घिमिरे, भीष्म जोशी, भक्त विश्वकर्मा, केशु कार्की, डा. यादेवी ढकाल, पार्वती राउत, वासुदेव पौडयाल, यदुनाथ बसन्तपुरे, रमेश पौडेल, कृष्णप्रसाद दुमरु, चन्द्र न्यौपाने, विष्णु परियार, बालकवि सान्वी जोशीलगायत हुनुहुन्थ्यो ।

    कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि लामाले प्रगतिशील स्रष्टालाई मायाको चिनो र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

    कार्यक्रममा सहभागी हुने अन्य स्रष्टामा डा. प्रतिभा पुन, प्राज्ञ अगिव बनेपाली, इसु भट्ट, सगर सुवेदी, सहारा थापा, प्रेम कार्कीलगायत हुनुहुन्थ्यो ।

    मङ्गलबार, जेठ २६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानमा शक्तिशाली भूकम्प, १३ जनाको मृत्यु
    विश्व बाघ दिवस : नेपालमा बाघको सङ्ख्या ४२९
    पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
    एकै दिन विपद्का ४२ घटना, तीन जनाको मृत्यु
    १२ मे १९८६ को आन्दोलनमा पक्राउ परेका ९५ जनालाई सम्मान गरिने
    रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री अनुपस्थित

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      जापानमा शक्तिशाली भूकम्प, १३ जनाको मृत्यु

    • २.
      विश्व बाघ दिवस : नेपालमा बाघको सङ्ख्या ४२९

    • ३.
      पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

    • ४.
      एकै दिन विपद्का ४२ घटना, तीन जनाको मृत्यु

    • ५.
      १२ मे १९८६ को आन्दोलनमा पक्राउ परेका ९५ जनालाई सम्मान गरिने

    • ६.
      रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री अनुपस्थित

    • ७.
      भ्याली पब्लिक फुटसल आजदेखि

    • ८.
      बुधबार, आजका लागि कृषिउपजको थोक मूल्य

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.