• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा


  •   मङ्गलबार, जेठ २६, २०८३ मा प्रकाशित
  • महोत्तरी, २६ जेठ । दिनभरि जेठ तेस्रो साताको झैँ उखरमाउलो गर्मी भए पनि पछिल्ला चार दिनयता महोत्तरीसहितका आसपासका जिल्लामा प्रत्येक रात पानी पर्दै आएको छ ।

    Advertisement

    गत शुक्रबार जेठ चौथो साता सुरु भएसँगै प्रत्येक रात पानी पर्ने गरेको छ । योक्रम सोमबार पनि जारी रह्यो । यसपालि जेठ तेस्रो साता सुरु भएसँगै धेरै गर्मी बढेपछि जनजीवन निकै कष्टकर बन्दै आयो । तर चौथो साता सुरु भएसँगै प्रत्येक रात केहीबेर सघन वर्षा भएपछि दिनभरिको चर्को गर्मीले सर्वसाधारण बताउँछन् ।

    “गर्मी त खपीनसक्नु बढेको छ, तर गत शुक्रबारयता प्रत्येक रात वर्षा हुँदै आएको छ, यसले निकै राहत मिलेको छ”, गौशाला–१ रामनगरका ६५ वर्षीय गणेश महतो भन्नुहुन्छ, “निरन्तरको वर्षाले बालीनालीलाई निकै राहत मिलेको छ ।”

    शुक्रबारयता रातिको वर्षाले खेतबारीमा प्रशस्त चिस्यान भएपछि यहाँका किसान धमाधम धानको ब्याड राख्न थालेका छन् । “वर्षा दिनहुँ भए पनि हिले ब्याड भने राख्न पाइएको छैन, तर माटोमा प्रशस्त चिस्यान भएको हुँदा धुले ब्याड राख्यौँ”, बर्दिबास–६ कृष्णपुरका ६० वर्षीय किसान रघु काफ्ले भन्नुहुन्छ, “दिनभरि अचाक्ली गर्मी भए पनि प्रत्येक रातको वर्षाले खेतीपातीलाई सजिलो बनाएको हुँदा राहत मिलेको छ । किसानले यही वर्षाबीच धानसँगै कोदोको ब्याड पनि धमाधम राख्दैछन् ।”

    यसैगरी उखु,  मकै र तरकारीबालीलाई पछिल्लो वर्षा अमृत भएको किसान बताउँछन् । पानी नपरी हिउँद बित्दा पानीका स्रोतका मुहान चाँडै सुक्दा बालीनाली लगाउन नपाइने चिन्तामा थिए । त्यसमा पनि जारी जेठको तेस्रो साता सुरु भएसँगै दिनभरि ३८/३९ डिग्री सेल्सियसको सेरोफेरोमा तापक्रम रहने गरेको छ ।

    जेठ तेस्रो साताको अन्त्यतिर त गर्मीले गर्दा जिल्लाका स्थानीयतहले धमाधम विद्यालय बन्दको घोषणा गर्ने लहर नै चल्यो । तर चौथो साता लागेपछि प्रत्येक रात पर्ने पानीले मौसममा केही सुधार ल्याएसँगै बन्द गरिएका विद्यालय सोमबारदेखि सञ्चालन हुन थालेका बर्दिवास नगर कार्यपालिकाको कार्यालयका शिक्षा तथा खेलकुद शाखाका अधिकृत रमण निरौलाले जानकारी दिनुभयो ।

    पछिल्लो पटक दिनहुँजसो राति केहीबेर पानी पर्दै आएपछि यहाँका सर्वसाधारणमा पानीका स्रोतका मुहान अब चाँडै रसाउने आश पलाएको छ । “दिनहुँजसो पानी पर्दैछ, अब इनार, चापाकल र नदी, खोल्साखोल्सी र नदीका मुहानमा पानी रसाउने आस बढेको छ”, भङ्गाहा–४ रामनगरका किसान कुशेश्वर यादव भन्नुहुन्छ, “मुहान चाँडै रसाइदिए खानेपानीको समस्या नपर्ने र खेतीपातीलाई आवश्यक सिँचाइ गर्न पाइने विश्वास बढेको छ ।”

    मङ्गलबार, जेठ २६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      शेयर कारोबार पुन : सञ्चालन

    • २.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ३.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ४.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ५.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ६.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ७.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ८.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.