• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

पोखरा सभागृहमा रक्तिमको सांस्कृतिक प्रस्तुति : परिवर्तनको आशा र जनचेतनाको सन्देश

"पोखरेली जनतामा क्रान्तिको आशा पलायो "

  •   मङ्गलबार, जेठ २६, २०८३ मा प्रकाशित
  • पोखरा, कास्की । राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका इन्चार्ज शंकर बराल तथा आदरणीय नेताहरू रविमोहन ढकाल, नेकपा (मसाल) कास्कीका प्रवक्ता चन्द्रबहादुर केसी र अखिल नेपाल युवक संघका केन्द्रीय अध्यक्ष गणेश अधिकारी लगायतका नेताहरूका साथसाथै विभन्न स्तरका नेता कार्यकर्ताहरूका उपस्थितिमा पोखरामा रक्तिम सांस्कृतिक अभियानले भव्य टिकटसो कार्यक्रम भव्यरुपमा सम्पन्न गरेको छ ।

    Advertisement

    २०८३ जेठ २५ गते निर्धारित समयभन्दा करिब आधा घण्टा ढिलो गरी सुरु भएको कार्यक्रम धौलागिरि–हेमजाको परम्परागत पञ्चेबाजाको आकर्षक प्रस्तुतिबाट आरम्भ गरिएको थियो ।

    खचाखच भरिएको सभाहलमा उपस्थित नेता, कार्यकर्ता तथा सर्वसाधारण दर्शकहरू कार्यक्रमप्रति अत्यन्त उत्साहित र जिज्ञासु देखिन्थे। सबैले गहिरो ध्यानपूर्वक सांस्कृतिक प्रस्तुतिहरूको अवलोकन गरिरहेका थिए।

    रक्तिम सांस्कृतिक परिवारका कलाकारहरूले प्रस्तुत गरेका गीत तथा नृत्यहरूले दर्शकहरूको मन जित्न सफल भए। विशेषगरी “आएन प्रदेशी, फेरि पनि लाग्यो बर्खा” गीत तथा नृत्यले धेरै दर्शकलाई भावुक बनाएको थियो। त्यस्तै “क्रान्ति अझै बाँकी छ” गीतले परिवर्तन र सामाजिक न्यायका पक्षधरहरूमा नयाँ उत्साह तथा आशा जगाएको अनुभव गर्न सकिन्थ्यो ।

    “फेरि पनि हुकुमी शासन चल्दैछ” गीतका केही शब्दहरू प्रारम्भमा असान्दर्भिक लागे तापनि “किनी नसक्नु बजारको मूल्य घटाइदे” जस्ता अभिव्यक्तिहरूले वर्तमान जनजीवनका समस्यालाई प्रत्यक्ष रूपमा सम्बोधन गरेको अनुभूति दिलायो ।

    कार्यक्रममा प्रस्तुत “किन चाहियो संघीयता जनता लडाउन, गणतन्त्र काफी छ देश बनाउन” बोलको गीतले राष्ट्रिय जनमोर्चाको संघीयताप्रतिको वैचारिक दृष्टिकोणलाई कलात्मक ढंगले अभिव्यक्त गरेको थियो।

    लघु गीतिनाटकहरूले नेपाली समाजले विभिन्न कालखण्डमा भोगेका राजनीतिक व्यवस्था र संघर्षका चरणहरूलाई प्रभावकारी ढंगले चित्रण गरेका थिए । रक्तिमका कलाकारहरूको अभिनय, अभिव्यक्ति र प्रस्तुति प्रशंसनीय थियो । विशेषगरी सचित्र केसीको ऊर्जा, समर्पण र मञ्चीय उपस्थिति उल्लेखनीय देखिन्थ्यो ।

    त्यसैगरी हेमराज आश्रमको एकल प्रस्तुति दर्शकहरूको विशेष आकर्षणको केन्द्र बनेको थियो । समग्रमा सबै कलाकारहरूले आफ्‌नो क्षमता र सिर्जनशीलतालाई उत्कृष्ट ढंगले प्रस्तुत गरेका थिए ।

    यस कार्यक्रमले आमूल सामाजिक तथा राजनीतिक परिवर्तनको पक्षमा रहेको शक्ति राष्ट्रिय जनमोर्चा, मसाल र रक्तिम सांस्कृतिक परिवार नै भएको सन्देश प्रवाह गरेको अनुभूति भयो । परिवर्तनको यात्रा लामो हुन सक्छ, तर जनताको अपेक्षाअनुसारको शासन व्यवस्था एक दिन अवश्य स्थापित हुनेछ भन्ने आशा कार्यक्रमभरि झल्किएको थियो ।

    “हतास नबनौं, हतार नगरौं, बाटो नबिराऔं, सत्यको जित एक दिन अवश्य हुनेछ” भन्ने सन्देश कार्यक्रमको मूल भावका रूपमा दर्शकहरूको मनमा अंकित रह्यो  ।

    रक्तिम सांस्कृतिक परिवारका प्रगतिशील पाइला अझ सशक्त रूपमा अगाडि बढून् भन्ने शुभकामना व्यक्त गर्दै कार्यक्रम सम्पन्न भयो ।

    उल्लेखनीय कुरा के छ भने कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेताहरू, पूर्व प्रदेशसभा सदस्य कृष्ण थापा, कृष्ण अधिकारी तथा राष्ट्रिय जनमोर्चाका पूर्व बागलुङ जिल्ला अध्यक्ष एवं हाल गण्डकी प्रदेशसभा सदस्य रहेका लीलाबहादुर थापा मगरको उपस्थितिले कार्यक्रमको गरिमा र उत्साह अझ बढाएको थियो ।

    मङ्गलबार, जेठ २६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.