काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजले राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार आनन्द शर्माकी आमाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
Advertisement
अध्यक्ष शक्तमान बुढाथोकीको हस्ताक्षरमा २०८३ जेठ २३ गते शनिबार शोकमन्तव्य सार्वजनिक गर्दै अन्तर्राष्ट्रियले श्रद्धाञ्जली व्यक्त गरेको हो ।
शोकवक्तव्यमा भनिएको छ– “राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार आनन्द शर्माकी आमा कौशिला पाध्याको ७८ वर्षको उमेरमा ब्रेन ह्यामरेजबाट आजै निधन भएकोमा श्रद्धाञ्जली व्यक्त गर्दछौँ । शोकको यस घडीमा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दछौँ ।”