काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले दैनिक १८ हजार पीसीआर परीक्षण गर्न सक्ने क्षमतामा सरकारसँग रहेको बताउनुभएको छ । सरकारले परिस्थितिलाई हेर्दै परीक्षणको दायरा बढाउने र त्यसको तयारी स्वरुप दैनिक १८ हजार परीक्षण गर्न सक्ने क्षमताको विकास गरेको मन्त्री ढकालले जानकारी दिनुभयो ।
सरकारले दैनिक १८ हजार जनासम्मको परीक्षण गर्न आवस्यक सबै सामग्रीलाई तयारी अवस्थामा रोखेको उहाँको भनाई छ ।
‘हामीसँग क्षमताको हिसाबले कुरा गर्दा १८ हजार प्लसमा हामी पुगेका छौं र यो १८ हजारको क्षमतामा हामी प्रतिदिन त्यसको रिपोर्ट दिन सक्छौं भन्नुको अर्थ सामग्री पनि त्यही भोलुममा चाहिन्छ भन्ने कुरालाई हामीले हेक्का राखेका छौं’ मन्त्री ढकालले भन्नुभयो ।
६ लाख जनसंख्याको पीसीआर परीक्षण गर्ने तयारी सरकारले गरिरहेको समेत मन्त्री ढकालले बताउनुभयो ।
अहिले सम्म ३ लाख ७० हजार भन्दा बढीको पीसीआर परीक्षण भइसकेको र त्यसलाई ६ लाख पु-याउने तयारी स्वरुप सरकार अगाडि बढेको उहाँको भनाई थियो ।

