• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’


  •   बुधबार, जेठ २०, २०८३ मा प्रकाशित
  • खोटाङ, २० जेठ । नेपाल आदिवासी जनजाति चलचित्र महासङ्घ सङ्घीय परिषद्ले कलाकार, निर्देशक तथा छायाँकारसहित आदिवासी जनजातिसँग सम्बन्धित कलाकारिताका क्षेत्रका विभिन्न ११ विद्यामा उत्कृष्टलाई अवार्ड वितरण गरेको छ ।

    Advertisement

    चलचित्र विकास बोर्ड तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानसँगको सहकार्यमा चलचित्र महासङ्घले आयोजना गरेको तीन दिने ‘छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८३’ समापन कार्यक्रममा विभिन्न विद्यामा उत्कृष्टलाई मङ्गलबार अवार्ड वितरण गरिएको हो ।

    महोत्सवमा प्रदर्शन गरिएका चलचित्रमध्येबाट पब्लिक च्वाइस अवार्ड लिम्बू चलचित्र ‘रीत’, उत्कृष्ट चलचित्र अवार्ड गुरुङ चलचित्र ‘ङोल्स्यो रामरानी’, उत्कृष्ट स्क्रिप्ट लखन अवार्ड गुरुङ चलचित्र ‘ङोल्स्यो रामरानी’का लेखक विवेक गुरुङ, उत्कृष्ट निर्देशक अवार्ड लिम्बू चलचित्र ‘रीत’का निर्देशक दिनेश लिङ्देन, उत्कृष्ट अभिनेता अवार्ड मगर चलचित्र ‘दिलसरा’का अभिनेता कल्याण रानामगर तथा उत्कृष्ट अभिनेत्री अवार्ड नेवारी चलचित्र ‘स्वयनगु’की अभिनेतृ भिन्तुना श्रेष्ठले प्रदान गरियो ।

    उत्कृष्ट छायाङ्कन अवार्ड तामाङ चलचित्र ‘ह्याङ तामाङ’ छायाँकार सूर्य लामा, जुरी अवार्ड राजवंशी वृत्तचित्र ‘विराटनगरके प्राचीन राजवंशी’, इन्करेजमेन्ट अवार्ड तामाङ लघु चलचित्र ‘दुखला ग्यम’, उत्कृष्ट लघु चलचित्र मगर लघु चलचित्र ‘लाहुरेनी’ तथा उत्कृष्ट वृत्तचित्र अवार्ड २०८३ मगर वृत्तचित्र ‘आग्रे’लाई प्रदान गरिएको चलचित्र महोत्सव आयोजक समितिका निर्देशक सागर केरुङले जानकारी दिनुभयो ।

    उत्कृष्ट कलाकार तथा चलचित्रकर्मी, चलचित्र, लघुचलचित्र र वृत्तचित्रलाई कार्यक्रमका प्रमुख अतिथि आदिवासि जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका निमित्त प्रमुख राम मादेनले सम्मान प्रदान गर्नुभएको थियो ।

    काठमाडौँको चाबहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा यही जेठ १७ मा सुरु भएको महोत्सव मङ्गलबार साँझ सम्पन्न भएको हो । महोत्सवमा चलचित्र प्रदर्शनसँगै अन्तक्र्रिया, सांस्कृतिक झाँकी प्रदर्शन तथा विभिन्न जातजातिका खानाका स्टल राखिएका थिए ।

    महोत्सवमा लिम्बू, नेवारी, गुरुङ, तामाङ, मगर, भुजेल, माझी तथा राजवंशी समुदायका कथानक चलचित्र, लघुचलचित्र, वृत्तचित्र र एआई जेनेरेड वृत्तचित्रहरू प्रदर्शन गरिएको थियो । महोत्सवले आदिवासी जनजाति चलचित्रकर्मी, अनुसन्धानकर्ता र सांस्कृतिक अभियान्ताबीच नयाँ संवाद, सहकार्य तथा वैकल्पिक सिनेम्याटिक विमर्शका लागि महत्त्वपूर्ण आधार तय गरेको आयोजकले जनाएको छ ।

    महोत्सवमा आदिवासी जनजातिहरूको भाषा, इतिहास, भूमि, पूर्वजहरूको स्मृति र सिङ्गो आदिवासी जनजाति समुदायको जीवित आत्मा बोलेको निर्देशक केरुङले जानकारी दिनुभयो । “आदिवासी चलचित्रलाई कला वा मनोरञ्जनका रूपमा मात्र नभई सभ्यता, अस्तित्व र सांस्कृतिक सार्वभौमिकतासँग जोडेर हेरिनुपर्छ । महोत्सवले नेपाललाई विश्व आदिवासी चलचित्रको एक सशक्त केन्द्रका रूपमा स्थापित गरेको छ”, उहाँले भन्नुभयो, “हाल विश्व मानव सभ्यता गम्भीर ज्ञान सङ्कटको मोडमा उभिएको छ । महोत्सव केवल चलचित्र प्रदर्शनको औपचारिक कार्यक्रम नभएर सांस्कृतिक न्याय, प्रतिनिधित्व, भाषिक पुनःजागरण, ज्ञान–उपनिवेशवादविरुद्धको प्रतिरोध तथा स्वतन्त्रताको अन्तरराष्ट्रिय सिनेम्याटिक आन्दोलन पनि हो ।”

    नेपालमा आदिवासी जनजातिसँग सम्बन्धित करिब डेढ हजारभन्दा बढी चलचित्र, लघुचलचित्र तथा वृत्तचित्रहरू निर्माण गरेर प्रदर्शन भइसकेको जनाइएको छ । यहाँका आदिवासी जनजाति चलचित्रकर्मीहरूले मातृभाषा, भूमि सम्बन्ध, पूर्वजगत, लोक ज्ञान, सांस्कृतिक प्रासङ्गिकता, अनुष्ठानिक संरचना तथा सामुदायिक आवाजलाई केन्द्रमा राख्दै एक पृथक आदिवासी सिनेम्याटिक सौन्दर्य दर्शनको विकास गरेको आयोजक नेपाल आदिवासी जनजाति चलचित्र महासङ्घको दाबी छ ।

    महोत्सव समापन कार्यक्रममा नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष अरुणकुमार प्रधान, नेपाल आदिवासी जनजाति महासङ्घ सङ्घीय परिषद्का उपाध्यक्ष अमृत सुनुवार र चलचित्र पत्रकार सङ्घ नेपालका अध्यक्ष समिर बलामीले नेपालमा आदिवासी जनजाति समुदायका चलचित्रको वर्तमान अवस्था तथा महत्त्वका बारेमा आ–आफ्नो धारणा राख्नुभएको थियो । चलचित्र निर्देशक, पत्रकार एवं नेपाल अफ्रिका अन्तरराष्ट्रिय चलचित्र महोत्सवका निर्देशक डब्बु क्षेत्रीले नेपालमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय चलचित्र महोत्सवको अवस्थाबारे प्रकाश पार्नुभएको थियो ।

    बुधबार, जेठ २०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.